सञ्जय मिश्रा- रौतहट : दुई दशकपछि भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ। बिहीबार राति फेरि एकजनाको हत्या भएको छ। यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुगेको छ। मौलापुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको हो। मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुर नपा–१० बाल्चनपुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको…
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ । आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७४ को उपलक्ष्यमा ४५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन्। राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि,…
नवलपरासीः प्रतिनिधि सभा (संघीय सभा) को निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नम्वर १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला २०६४ र २०७० सालको निर्वाचनमा निर्वाचित सासंद हुन्। डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए।
कलैया : गत असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् । यादवले १० हजार ९०३ र उनका निकट प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत…
काभ्रेः काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नम्वरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । एसपी श्रेष्ठका अनुसार गाडीमा १७…
चरीकोटः करेन्ट लागेर दोलखाको गौरीशङ्कर गाउँपालिका १ जुँगुमा ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ । गत असोज १ गते नेपाल विद्युत् प्राधिकरण दोलखाले राखेको टान्सफर्मर पड्केर जलेपछि आज अर्काे टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । करेन्टका कारण अन्य पाँच जना घाइते भएका छन् । घटनाको विस्तृत…
सिवी अधिकारी- काठमाडौं : पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन्। कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन्। सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन्। यो मौसममा हिमाल र प्राकृतिक सौन्दर्यको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ। दशैंमा बिदा मनाउन…
भक्तपुर : सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ : नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ । सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश…
मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। आफ्नै नाताभित्रको एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए। विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।…
काठमाडौँ : केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानूनमा भएको तीन प्रतिशत थ्रेसहोल्डको प्रावधान संविधानविपरीत भएको ठहर गरी सो व्यवस्थालाई खारेज गर्न माग गरिएको छ। प्रतिनिधिसभा सदस्य…
वासिङ्गटन (डिसी) : अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर करिब ५० अर्ब रुपैयाँ बराबरको सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्नेछन्। यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारको १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड…
मेक्सिको : मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म मृत्यु हुनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यका छन्। भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रीत गरिएको…
अफगानिस्तान : अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए। अफगान सेनाका २०९ औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी…
जाजरकोट : जाजरकोटको दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सुरु भएको छ। जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो। साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका, तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन्। स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा…
म्याग्दी : अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ। नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो। मर्मत अभावमा वर्षौंदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माणाधीन नयाँ आयोजनाका कारण संकटमा परेको छ। नारच्याङको मिस्त्री, घलेम्दी…
काठमाडौं : दशैँमा लामो रुटका यात्रुका लागि भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकबाट सहमति जुटेको हो। बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडकलार्इ मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राख्नुभएको बलायरकाे प्रेस संयोजक रमेश जोशीले जानकारी…
प्यालेस्टिेनी : प्यालेष्टिनी इश्लामवादी आन्दोलनका हमासका नेता इश्माइल हानिया इजिप्ट भ्रमणमा गएका छन्। हानिया हमास आन्दोलनका प्रमुख नेता भएपछि पहिलो पटक इजिप्ट भ्रमणका गएका हमासले जनाएको छ। हमासले प्यालेष्टिेनीहरूको गाजा क्षेत्रमा नियन्त्रण राख्दै आएको छ। पछिल्लो समय आफ्नो छिमेकी राष्ट्र इजिप्टसँगको सम्बन्धमा सुधार गरी कायरोको गाजा क्षेत्रसँगको सीमानालाई खुला गर्न चाहेको छ। गाजासँग इजरायली भूमिबाहेक अन्य मुलुकसँग पुग्न इजिप्ट मात्रै एउटा…
अमेरिकाः हजारौँ एसियाली मुलका अमेरिकी नागरिकसहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले आग्रह गरेका छन्। आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउन सक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान आग्रह गरेका हुन्। अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई सचेत गर्दै भनेका छन्, ‘आँधीले…