PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • साउदी जेलमा रहेका भुसालको ‘ब्लडमनी’ तिर्न सहयोग कोष स्थापना

    काठमाडौँ :  वैदेशिक रोजगारीको क्रममा साउदी अरबको जेलमा परी आजीवन कारावासको सजाय सुनाइएका नवलपरासीको मध्यविन्दु नगरपालिका–४ का स्थानेश्वर भुसालले ‘ब्लडमनी’ बापत तिर्नुपर्ने रकमका लागि आर्थिक सहयोग कोष स्थापना गरिएको छ।  भुसाल २०६७ साल असोजमा साउदी अरब गएका थिए। साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उनको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा एकै परिवारका चार जनाको हत्या

    फ्रान्समा एकै परिवारका चार जनाको हत्या

    पेरिसः फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ।  आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको फ्रान्सेली पत्रिका ले पेरिसियनले जनाएको छ । घटनाबारे…

    विस्तृतमा पढ्नुस्

  • इर्मा आँधीबाट फ्लोरिडामा दुई जनाको मृत्यु, विद्युत सेवा बन्द

    इर्मा आँधीबाट फ्लोरिडामा दुई जनाको मृत्यु, विद्युत सेवा बन्द

    फ्लोरिडाः क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ। इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन्।  फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ।  फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ। …

    विस्तृतमा पढ्नुस्

  • आफू परिवर्तन नहुनेले अरुलाई पाठ सिकाउनु बेकारः प्रधानन्यायाधीश

    आफू परिवर्तन नहुनेले अरुलाई पाठ सिकाउनु बेकारः प्रधानन्यायाधीश

    काठमाडौं : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ सिकाउने अधिकार नभएको बताएका छन्।  मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।  प्रधानन्यायाधीश पराजुलीले शिक्षाको माध्यमबाटै समाजको विभेद् हटाउन सकिने भएकाले सामाजिक रुपान्तरण र लैङगिक समानताका विषय समेटिएका चेतनामूलक…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको ठाना भञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ घाइते

    नुवाकोटको ठाना भञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ घाइते

    नुवाकोट :  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्ज्याङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।  काठमाडौंबाट नुवाकोटको खरानीटार गइरहेको बा १ ख ६३४९ नम्बरको बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्ज्याङमा दुर्घटना हुँदा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौं पठाइएको छ। …

    विस्तृतमा पढ्नुस्

  • किन हुन्छ प्राधिकरणका आयोजनाको काममा ढिलाई ?

    किन हुन्छ प्राधिकरणका आयोजनाको काममा ढिलाई ?

    रमेश लम्साल  काठमाडौं :  सरकारले विद्युत् संकट समाधान गर्ने भन्दै पाँच वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको छ।  प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मात्रै आर्थिक र भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि रहे पनि अन्य नौँ वटा आयोजना कछुवा गतिमा मात्रै अगाडि बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • बिपीको प्रजातान्त्रिक समाजवादलाई आत्मसाथ गर्नुपर्छः सञ्चारमन्त्री

    बिपीको प्रजातान्त्रिक समाजवादलाई आत्मसाथ गर्नुपर्छः सञ्चारमन्त्री

    नवलपरासी : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताएका छन्।  बिपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरीब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने बताए।  उनले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागि परेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा अक्टोबर १७ मा  राष्ट्रपतीय निर्वाचन हुने

    केन्यामा अक्टोबर १७ मा  राष्ट्रपतीय निर्वाचन हुने

    नैरोबी:  केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने भएको छ। यसअघि भएको निर्वाचनलाई अदालतले मान्यता नदिएपछि केन्यामा फेरि निर्वाचन हुन लागेको हो। यसअघि गत अगस्त ८ मा भएको निर्वाचनमा त्रुटि भएको र अवैधानिक प्रक्रिया अपनाइएको भन्दै अदालतले पुनः निर्वाचन गर्न आदेश दिएको थियो।  केन्याको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष वाफुला चुबुकाटीले निर्वाचनका लागि आवश्यक क्रियाकलापहरु अगाडि बढाइएको जानकारी दिए। उनले मतदाताहरुको नामावली दर्ता,…

    विस्तृतमा पढ्नुस्

  • यसरी फष्टाउँदै छ राजधानीको रात्रिकालीन व्यवसाय

    यसरी फष्टाउँदै छ राजधानीको रात्रिकालीन व्यवसाय

    सिवी अधिकारी  काठमाडौं : बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ। सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन। त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ। स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो।  विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर…

    विस्तृतमा पढ्नुस्

  • सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

    पाल्पा :  व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर पाल्पाका एक किसानले वार्षीक पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन्।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर यो रकम  आम्दानी गर्न सफल भएका हुन्।  बीस रोपनी जग्गामा फैलिएको कोइरालको निजी बगैंचाबाट वार्षिक ४० देखि ६० हजारसम्म सुन्तलाका बिरुवा विभिन्न जिल्ला निकासी गर्दै आएको छन्। अम्लाबाँसमा हुर्काइएका सुन्तलाका…

    विस्तृतमा पढ्नुस्

  • आयोगले भन्यो–समानुपातिकमा लिने भए भदौ २७ गतेसम्म निवेदन दिनुस्

    आयोगले भन्यो–समानुपातिकमा लिने भए भदौ २७ गतेसम्म निवेदन दिनुस्

    काठमाडौं :  निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने दललाई भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचीत गरेको छ।  निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न अनुरोध गर्ने सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निवेदन पेश गर्दा प्रतिनिधि सभा, प्रदेश सभा वा दुवैतर्फ भाग लिने हो…

    विस्तृतमा पढ्नुस्

  • शशांकले भने– प्रतिनिधि र प्रदेश सभा निर्वाचनामा बहुमत दिलाउन लाग्नुस्

    शशांकले भने– प्रतिनिधि र प्रदेश सभा निर्वाचनामा बहुमत दिलाउन लाग्नुस्

    पोखरा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपीको विचारलाई आत्मसात् गर्दै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्न कार्यकर्ता अग्रसर हुनुपर्ने बताए।  एक सय ३ औं बिपी जयन्तीका अवसरमा कांग्रेस पोखरा–लेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजना गरेको कार्यक्रममा कोइरालाले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्री कालदेखि नै…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग रेलमार्ग जोड्ने नेपाली जनताको तीव्र चाहनाः परराष्ट्रमन्त्री

    चीनसँग रेलमार्ग जोड्ने नेपाली जनताको तीव्र चाहनाः परराष्ट्रमन्त्री

    काठमाडौं :  उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गरेका छन्।  परराष्ट्रमन्त्री महराले विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै महराले एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौं रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताए।  उनले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको…

    विस्तृतमा पढ्नुस्

  • संविधानबारे जनतालाई बुझाउन नारायणकाजीको आग्रह

    संविधानबारे जनतालाई बुझाउन नारायणकाजीको आग्रह

    बर्दिबास :  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताएका छन्।  प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आएका नेता श्रेष्ठले भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गरे। रासस   

    विस्तृतमा पढ्नुस्

  • इर्मा आँधीको आतंकः फ्लोरिडावासीलाई घर छोड्न तयार रहन गभर्नरको आग्रह

    इर्मा आँधीको आतंकः फ्लोरिडावासीलाई घर छोड्न तयार रहन गभर्नरको आग्रह

    फ्लोरिडा :  संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने यहाँका गभर्नरले चेतावनी दिएका छन्।  फ्लोरिडाका गभर्नर रिक स्कटले र राज्यका सम्पूर्ण जनतालाई आँधीबारे सचेत बनाउँदै इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकाले घरहरू खाली गर्न तयार रहन आग्रह गरे। उनले भने,‘ घर तथा वस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ। यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईको घर…

    विस्तृतमा पढ्नुस्

  • खाडी समस्या समाधान गर्न कतारी राजाको आह्वान

    खाडी समस्या समाधान गर्न कतारी राजाको आह्वान

    दोहाः कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गरेका छन्।  देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने उनको भनाइ रहेको कतारी सरकारी समाचार संस्थाले जनाएको छ।  कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा खाडी समस्याको पछिल्लो अवस्थाका बारेमा छलफल भएको जनाइएको छ।  उनीहरु दुवै जनाले क्षेत्रीय…

    विस्तृतमा पढ्नुस्

  • रसुवाका विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु

    रसुवाका विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु

    रसुवा :  पढाइ र सिकाइलार्इ सरल बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको छ।  गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको हो। सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ सुरु गर्न आग्रह गरिएको छ।  विद्यालयको पढाइ डिजिटल प्रविधिमा लान स्थानीय तहबाट बजेट विनियोजन गरिएको उल्लेख गर्दै तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका २२४ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा

    सप्तरीका २२४ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा

    सुरेश झा  सप्तरी :  असोज २ गते प्रदेश नंम्बर २ मा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार दलहरुले सप्तरीमा तीव्र बनाएका छन्।  निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि सुरु गरेका छन्। पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित सहर तथा ग्रामीण भेगका गाउँ, टोल र घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता…

    विस्तृतमा पढ्नुस्

  • किन जाँदैनन् कैलालीका तीन प्रतिशतभन्दा बढी विद्यालयमा ?

    किन जाँदैनन् कैलालीका तीन प्रतिशतभन्दा बढी विद्यालयमा ?

    धनगढी :  कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन्।  खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ। तर, आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • चीनमा मन्दारिन भाषा बोल्नेकाे संख्या ७३ प्रतिशत पुग्यो

    चीनमा मन्दारिन भाषा बोल्नेकाे संख्या ७३ प्रतिशत पुग्यो

    बेइजिङ :  चीनमा मन्दारिन भाषा बोल्नेहरूको संख्या बढेर झण्डै ७३ प्रतिशत पुगेको छ।  सन् २००० मा ५३ प्रतिशत रहेकोमा अहिले बढेर ७३ प्रतिशत पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।  शिक्षा मन्त्रालयअन्तर्गतको भाषा प्रकाशन र सूचना व्यवस्थापन विभागका प्रमुख ताइन लिक्षिनले साक्षरमध्ये ९५ प्रतिशत जनताले स्तरीय चिनियाँ अक्षरहरू प्रयोग गर्न सक्ने बताए।  अन्तर्राष्ट्रिय भाषाको रूपमा चिनियाँ भाषाको महत्व बढ्दै गइरहेको र विश्वमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell