चितवनः हालै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम चितवनमा प्रभावकारी देखिएको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकाअनुसार गाउँगाउँका सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन्। रत्ननगर नगरपालिका–१५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी टीका चापागार्इका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउँछिन्। रत्ननगर– १५ का एक हजार २०० मध्ये २०० जनाको बीमा गरिसकेको उनले बताइन्। उनी जस्तै जिल्लामा १३५ जना सहयोगी बीमा कार्यक्रमका लागि…
बङ्गलादेश : पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या दुई लाख नाघेको छ। संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या साढे दुई लाख पुगेको छ। म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण उनीहरु देश छोडेर भागेका हुन्। म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाका कारण शरणार्थीको रुपमा रोहिङ्गा मुस्लिम बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले…
काठमाडौं : भाषा आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवालाई संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको हो। प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषाको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको…
विष्णु नेपाल काठमाडौँ : सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी समायोजन भएपछि तीनवटा छुट्टाछुट्टै ऐन ल्याउने भएको छ। समायोजनमा गएका कर्मचारीको वृत्ति विकासलाई प्रतिकूल असर नपर्नेगरी संघीय निजामती ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको हो। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा सैद्धान्तिक छलफलमा रहेको समायोजन विधेयक समायोजन प्रक्रिया समाप्त भएपछि स्वतः निष्क्रिय हुने हुनाले मन्त्रालयले तीन विधेयक ल्याउन…
रमेश लम्साल काठमाडौँ : मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ। मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले भने,‘नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५…
सियरालियोनः सियरा लियोनमा अगस्ट महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार बालबालिकाको बिचल्ली भएको छ। उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर राखिएको छ। राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण हजारौँ व्यक्ति घरबारबिहीन भएको सूचना तथा सञ्चार उपमन्त्री कर्नेलिउस डेभेक्सले जानकारी दिए। …
पाल्पा : बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन्। वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको हो। बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन्। वर्षभरि खाने अन्नबाली नष्ट…
लण्डन : बेलायतका राजकुमार जर्ज विद्यालय भर्ना भएका छन्। उनी चार वर्ष पुगेसँगै बिहीबारदेखि विद्यालयकाे यात्रा सुरु भएको हाे। बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए। प्रारम्भिक तहको विद्यालय दक्षिणपश्चिमी लण्डनमा छ। राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उनलाई विद्यालय पुर्याउन भने गइनन्। राजकुमारी क्याथेरिनको तेस्रो बच्चा जन्माउने बेला भएकाले आराम गरिरहेकी केन्सीङटन दरबारले जनाएको छ। स्थानीय…
रमेश लम्साल काठमाडौं : मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ। मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले भने,‘नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५…
काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज बिहान चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा उनीहरु बीच दुई देशका जनताको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले सून्य सहनशीलताको नीति अपनाउने बताएका छन्। प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे। निर्वाचनमा हुनसक्ने आर्थिक…
काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र राज्यमन्त्री तप्तबहादुर विष्टको कार्यकक्षमा पुगी महासंघका अध्यक्षा गोविन्द आचार्यको टाेलीले मिडिया सञ्चालक, महासंघ र सञ्चार मन्त्रालय एकजुट भई भई श्रमजीवी ऐन लागू गर्नुपर्नेमा जोड दिएको हो। श्रमजीवी ऐनले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइनमा नियुक्ति लिएर समाचार सम्बन्धी कार्य…
काठमाडौँः सांसदहरुले एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्ने बताएका छन्। उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज बसेको बैठकमा सांसदहरुले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन्। बैठकमा उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले नेपाली बुलेट सञ्चालनमा ढिलाइ भएकाले यस विषयमा वाणिज्य, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई संयुक्त…
मेक्सिको सिटीः मेक्सिकोमा बिहीबार अबेरराति आएको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएसं) ले भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ। भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात जनाको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन्। त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। मेक्सिकोको…
वासिङ्टनः क्यारिबियन क्षेत्रमा आएको इर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ। १४ को मृत्यु भएको र आँधी प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन्। तटीय क्षेत्र फ्लोरिडा र छिमेकमा पर्ने जर्जियामा दर्जनौँ बर्षपछि आएको भीषण आँधीले ठूलो विनास गरेको जनाकारी अमेरिकी संघीय सङ्कटकालीन व्यवस्थापन निकायले दिएको छ। यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको…
त्रिशूली(नुवाकोट) : विदुर–५ देवीघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नपा–२ का २० वर्षीय टीकाराम तामाङ आज बेपत्ता भएका छन्। गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा गएका थिए। तामाङसहित पाँच जना त्रिशूलीमा नुहाउन गएकामा चार जना भने सकुशल रछन्। बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
इटाली : क्रिश्चियन धर्म गुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा गएका छन्। उनको भ्रमणले कोलम्बियाको शान्ति पूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ। कोलम्बियामा हजारौँ मानिसको ज्यान जाने गरी झण्डै ५० वर्षसम्म चलेको आन्तरिक द्वन्द्वको अन्त्य गर्नेगरी हालै मात्रै शान्ति प्रक्रिया अगाडि बढेको छ। उनको भ्रमण हुने भएपछि कोलम्बियाको सरकार र सबैभन्दा…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गर्दा नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारीलाई पक्राउ गरेको छ। आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो। आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगका…
प्योङ्याङ् : उत्तर कोरियाले गत आइतबार गरेको शक्तिशाली आणविक परीक्षण सफलको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाएको छ। परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै उत्सव मनाएको बताइएको छ। उत्तर कोरियाको राजधानीमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ। उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षण सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन…
तेह्रथुम : तेह्रथुमका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ। आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले अभाव भएको हो। स्थानीय तह आफैले औषधि खरिद गर्नु पर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि नपठाएको हाे। कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङ्नामले बताए।…