धादिङ : पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिएकाे दुर्इ वर्षीय बालिकालाई धादिङमा प्रहरीले उद्धार गरेको छ। धादिङस्थित पृथ्वीराजमार्ग थाक्रे गाउँपालिका खेस्टेबाट बालिकालाई उद्धार गरिएको प्रहरी सहायक निरीक्षक सिम जिसीले जानकारी दिए। धादिङको धुनीबेसी नगरपालिका धार्केका २७ वर्षीय सन्तोष सापकोटाले बालिकालार्इ बोकेर सडक हिँडिरहेको अवस्थामा स्वाथानियवासीले प्रहरीलाई खबर गरेका थिए। आरोपी सापकोटालाई सोधपुछपछि प्रहरीले पक्राउ गरेको छ भने बालिकाको नातेदारको खोजी गरी जिम्मा लगाइने…
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ। कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का राजेन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका…
जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ। पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ। यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन्। दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमासमेत जोखिम भएको छ। केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ। भत्किएको सडक पुनःनिर्माणका लागि सम्बन्धित निकायले…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन्। नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह तथा प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे। …
चितवन : पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार खैरहनी नगरपालिका– १० शान्ति बजारको भित्री सडक खण्डमा ना ६ ख २३८९ नम्बरको ट्रकले ना२०प ६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो। खैरहनी नगरपालिका–१० का अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु…
वासिङ्टन : साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको अौपचारिक भ्रमणमा जाने भएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले साउदी अरेबियाका नरेश सल्मान अमेरिका भ्रमणमा आउन लागेका जानकारी दिएको हो। साउदी अरेबियाका नरेश सल्मान आगामी सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लागेका ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि जान लागेका बताइएको…
काठमाडौं : व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सरकारकातर्फबाट पूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका व्यवस्थाका बारेमा जानकारी दिए। विधेयकमा पूर्व पदाधिकारीहरुमा पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार नगद र उपराष्ट्रपतिलाई ४० हजार प्रस्ताव गरिएको छ। त्यसैगरी,…
पूर्णप्रसाद मिश्र काठमाडौँ : स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २५ गते व्यवस्थापिका– संसद्को पूर्ण बैठकमा पेश हुने भएको छ। विकास समितिले गठन गरेको उपसमितिले विधेयकमाथि दफावार छलफल गरी बुधबार प्रतिवेदन पेश गरेपछि आजको बैठकमा आगामी आइतबार संसद बैठकमा पेश हुने जानकारी गराइएको हो। उपसमितिले विधेयकका सबै विषयमा सहमति जुटाए पनि स्थानीय तहको महासङ्घ गठन गर्ने सम्बन्धमा…
चितवन : दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेदेखि रातको समयमा पनि खुल्ला गरिने भएको छ। स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बिहीबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ। असार २५ गतेदेखि सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो। मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म…
काठमाडौं : व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सरकारकातर्फबाट पूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका व्यवस्थाका बारेमा जानकारी दिए। विधेयकमा पूर्व पदाधिकारीहरुमा पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार नगद र उपराष्ट्रपतिलाई ४० हजार प्रस्ताव गरिएको छ। त्यसैगरी,…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गर्दा नापतौल तथा गुणस्तर विभागका तीन कर्मचारीलाई पक्राउ गरेको छ। आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो। आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगका…
चितवन : दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेदेखि रातको समयमा पनि खुल्ला गरिने भएको छ। स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बिहीबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ। असार २५ गतेदेखि सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो। मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन्। नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह तथा प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे। …
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए। देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। दुई दिने सम्मेलनमा…
इनरुवा : नेपाली कांग्रेसका वरिष्ठा नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताएका छन्। सुनसरीको इनरुवामा ‘राष्ट्रिय उराँव करम महोत्सव’ को उद्घाटन गर्दै पौडेलले सुशासन कायम गर्न विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए। पौडेलले भने,‘विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ।’ उनले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण…
काठमाडौं : तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले मनोयन दर्ता गराएका छन्। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा…
चीन : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग जोडेर भइरहेको ’सैन्य उन्माद’ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन्। चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुटिनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सबै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए। उनले कुटनीति एक मात्र समाधान रहेको बताए। संयुक्त राष्ट्रसंघमा कडा प्रतिबन्धसहितको नयाँ प्रस्ताव प्रस्तुत गर्ने संयुक्त…
पाकिस्तान : पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा डेङ्गुका कारण जुन १७ गतेदेखि अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका छन्। उनीहरूमध्ये केहीको पाकिस्तानीको पेशावरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ। उपचाररत धेरै जनाको…
शरद शर्मा काठमाडौं : सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोक प्रियता बढ्दै गएको छ। बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो। पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालयमा भनिन्छ। एउटा सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर…
काठमाडौं : उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको ६ दिवसीय औपचारिक भ्रमणमा बेइजिङ प्रस्थान गरेका छन्। उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालका लागि चीनका राजदूत यु होङले बिदाइ गरे। प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख गणेश ढकाल,…