काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन्। देयवाले गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन्। तस्बिर: रोशन सापकोटा, रासस
पाल्पा : पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११:३० बजे एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।
राजविराज : डा. सिके राउतको गाउँ महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज कसैले मतदान गरेनन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए। उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन…
रसुवा : विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोेदेखि बन्द भएको छ। बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ। विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर…
जाजरकोट : चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्। जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताए। माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर…
चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताएका छन्। जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताए। उनले दुई पार्टी मिल्दा दुई चार हजार मतले…
भद्रपुर : नेपाली कांग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली कांग्रेस पार्टीको तुलना हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने राणा, राजा र तत्कालीन राजा ज्ञानेन्द्र…
काठमाडौँ : काठमाडौँ निर्वाचन क्षेत्र नं ९ संयुक्त वाम गठबन्धनले निर्वाचनको सशक्त प्रचार तथा मतदान शिक्षा अभियानअन्तर्गत आज करिब पाँच किलोमिटर पदयात्रा सम्पन्न गरेको छ। काठमाडौँको लगन टोलबाट शुरु भएको उक्त यात्रा ९ नं क्षेत्रका जैशीदेवल, नयाँ सडक, प्युखा, ब्रह्मटोललगायत सम्पूर्ण भित्री शहरको जनतासँग भेटघाट तथा मतदातालाई चुनावमा मतदान गर्नेबारे जानकारी गराइएको थियो। सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले)…
पाल्पा : नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ। तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन्। घर्तीसहित माओवादी कार्यकर्ता भने सकुशल रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए। एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते भएका छन्। घाइते श्रेष्ठको…
काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ। प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्प्रेषण भएको पाइएको हो। “पत्रपत्रिका, रेडियो, टिभी र…
गौशाला : नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ। एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो। एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला…
रमेश गिरी भक्तपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउँछन्। तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छैनन्। कुन रंगको मतपत्र कसका लागि…
काठमाडौं : रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताएका छन्। चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तरक्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भने 'सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको…
काठमाडौं : उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो। प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो…
नारायण अधिकारी चितवन : त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ। दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ। दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन। घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ। बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ। पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको…
बाजुरा : जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका-४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्। सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको…
जाजरकोट : मतपेटिकाको सुरक्षाका लागि जाजरकोटमा तीनवटा सुरक्षा निकाय र दलका प्रतिनिधि खटिने भएका छन्। समानुमातिक र प्रत्यक्षतर्फका मतपेटिकालाई छुट्टाछुट्टै स्थानमा राखेर सुरक्षा दिइने भएको छ। समानुपातिकतर्फको मतपेटिका वृद्धाश्रममा राखिने र त्यहाँ दलका प्रतिनिधि र सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए। त्यस्तै प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतपेटिका माथिल्लो थाप्लेस्थित…
राजविराज : सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्। यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले…
पोखरा : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ। मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान…
चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन्। पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने 'अब देशमा संमृद्धि आउँछ। चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्याउन चाहन्छु।' शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने 'शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न। उहाँको संकल्प…