PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

नेपालीलाई लिन हुवेइ उड्यो विमान, १८५ जनाको उद्धारको तयारी पूरा : ३७ डिग्रीभन्दा कम तापक्रम भएकामात्र आउन पाउने



विधुर ढकाल

नेपालीलाई लिन हुवेइ उड्यो विमान, १८५ जनाको उद्धारको तयारी पूरा : ३७ डिग्रीभन्दा कम तापक्रम भएकामात्र आउन पाउने

काठमाडौं : हुवेइमा रहेका नेपालीहरुलाई उद्धार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हुवेइमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धारको तयारी अन्तिम चरणमा पुगेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

वुहानबाट मात्र ५९ जना ल्याइँदै छ। त्यस्तै जिङ्च्वबाट ५०, सियानबाट २८, अनसीबाट २९, जिङ्मनबाट ९ र यीचाङबाट ५ नेपाली नेपाल फर्किने छन्।

नेपालीलाई लिन नेपालबाट नेपाल वायु सेवा निगमको वाइडबडी जहाज शनिवार दिउँसो ४ बजे वुहानका लागि उडेको छ। हुवेइका पाँच शहरमा रहेका नेपालीहरु अहिले वुहानतर्फ लागेका छन्।

नेपाली लिनका लागि नेपाल एयरलाइन्सका १२ जना क्रु मेम्बर छन् भने ४ जना नेपाली सेनाबाट उद्धारका लागि चीन गएका छन्।

'अहिले हुवेइका विभिन्न शहरमा रहेका नेपालीहरु वुहानतर्फ प्रस्थान गरिसक्नु भएको छ,' बेइजिङमा रहेका लम्सालले पहिलोपोस्टसँग भने, 'उहाँहरुलाई बीचबीचमा स्वास्थ्य परीक्षण भएको छ। विमानस्थलमा पुगेपछि पनि एक एक गरी सबैको स्वास्थ्य परीक्षण हुनेछ।'

नेपालीलाई उद्धारको तयारी पूरा भए पनि बेइजिङबाट नेपाली अधिकारीहरु उपस्थित हुने छैनन्। 'हामीहरु बेइजिङमा नै छौं। स्थानीय अधिकारीहरुसँग हामी निरन्तर सम्पर्कमा छौं। आवश्यक सहयोगका लागि चिनियाँ अधिकारीहरु खटिनुभएको छ,' उनले भने।

उनका अनुसार ज्वरो आएका मानिसहरुलाई भने नेपाल फर्कन दिइने छैन। 'टेम्प्रेचर परीक्षण हुनेछ। ज्वरो आएकाहरुलाई नेपाल पठाइने छैन,' उनले भने, 'शरीरको नर्मल तापक्रम भन्दा बढी भए उहाँहरुलाई यही नै राखेर उपचार हुनेछ।'

शरीरको तापक्रम ३७ डिग्री सेल्सियस भन्दा बढी भए उनीहरु नेपाल फर्किन पाउने छैनन्।

उनीहरु सबैलाई वुहानस्थित थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण हुने छ। स्वास्थ्य परीक्षणका सबै काम सम्पन्न भएसँगै उनीहरु नेपाल फर्किन पाउने छन्।

नेपाली बोकेको विमान त्यहाँबाट स्थानीय समय अनुसार आजै राति ११ बजे नेपालका लागि उडान भर्ने छ। त्यहाँबाट उडेको विमान काठमाडौंमा भोलि बिहान २:१५ बजे अवतरण हुनेछ।

नेपाली लिनका लागि एक जना पाइलट एक जना को पाइलटसहित चिकित्सकहरुको टोली यहाँबाट वुहान उडने छ।

नेपाल आइसकेपछि नेपाल एयरलाइन्सको विमानलाई अर्को ४८ घण्टासम्म कुनै पनि उडान गर्ने छैन।

सम्बन्धित समाचार

नोवेल कोरोना भाइरस 'आउटब्रेक इपिसेन्टर'बाट को को फर्किँदै छन् नेपाल?

पाँच वर्ष अघि इबोला फैलिँदा अफ्रिकाबाट फर्किएकालाई राखिएको थियो टोखामा, चीनबाट फर्कनेलाई चाहिँ कुन ठाउँ?

वुहानमा रहेका नेपालीलाई तीन दिन भित्र उद्धार गरिने, बेइजिङस्थित दूतावासले थाल्यो तयारी

चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell