PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

उद्घाटन गर्न नपाइ मेलम्ची बगरमा मिसियो लक्ष्मणको रिसोर्ट : २० वर्षको कमाई, त्यसमाथि ऋण…



नेत्र तामाङ

उद्घाटन गर्न नपाइ मेलम्ची बगरमा मिसियो लक्ष्मणको रिसोर्ट : २० वर्षको कमाई, त्यसमाथि ऋण…

मेलम्ची : बुधवार मेचम्चीटारमा मानिसहरुको घुइँचो लागेको थियो। हुलमा मेलम्ची बाढीको बहाव परिवर्तन चाख पूर्वक हेर्नेको संख्या धेरै देखिन्थ्यो। त्यही बीचका एकजना भने पारी शिखरपुरतिर रहेको निलो जस्तापाताले छाएको घरतिर हेर्दै टोलाइरहेका थिए। सेतो सर्टधारी उनको ज्यान पसिनाले निथ्रुक्क भिजेको थियो।

शिखरपुर मेलम्चीबजारको पारीपट्टीको बस्ती हो। पछिल्लोसमय मेलम्चीबजारसँगै पारीपट्टी पनि विकासको क्रम बढेको थियो। पारीपट्टी नदी किनारामा सिटी पार्क बनेको थियो। त्यसको माथि खेतको फाँट थियो। खेतको फाँटमाथि बाटो नजिकै हालै रहेछ उक्त निलो जस्तावाला घर।

'अब डाइनिङ हलमात्र देखियो, अरु त सबै बगरभित्र पसे,' त्यतै देखाउँदै भने लक्ष्मण गौतमले।

इन्द्रावती गाउँपालिका बाँडेगाउँका गौतम मेलम्ची झरेको २० वर्ष भएछ। मेलम्ची बजारमा होटल खोलेछन्। २० वर्षको कमाईपछि व्यवस्थित रुपमा रिसोर्ट सञ्चालनको योजनामा रहेछन् उनी।

'मेलम्ची बजारमा पनि होटल थियो। आफै खटेर काम गरे। श्रीमान श्रीमती दुबै जना। अब काम गर्ने मान्छे राखेर रिसोर्ट चलाउने भनेर सबै तयारी भइसकेको थियो,' ४२ वर्षे गौतमले भने।


गौतमको रिसोर्ट अहिले उक्त रिसोर्टको माथिल्लो तल्लामात्र देखिन्छ।


१० वटा एसी जडित कोठा तयार थियो। गत वैशाख १ गते खोल्ने तयारी गरेका रहेछन् उनले। तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाले उनको तयारी पुरा भएन।


निर्माणाधीन मेलम्ची भ्यु रिसोर्ट। डाइनिङ हलभन्दा तल्लो गरामा।


'२० वर्षको कमाई, त्यसमाथि ऋण लिएको छु। एक कप चिया पनि बेच्न पाएनौं,' लक्ष्मणको गला अवरुद्ध सुनिए।

उनले रिसोर्टको नाम राखेका थिए : द मेलम्चीभ्यु रिसोर्ट। उनका अनुसार कमाई र ऋण गरी एक करोडमाथि लगानी परेको छ।

बाढी रिसोर्ट पस्दा लक्ष्मण चौतारा पुगेका रहेछन्। केही सामान पनि निकाल्न पाएनन् उनले।

'म राति चौतारामा थिए, सबै सम्पर्कबिहीन भए,' उनले भने, 'एसीदेखि सबै सामान फिट गरेको धेरै भएको छैन। नेपाल बैंकबाट ऋण लिएको छु। अरु व्यक्तिगत ऋणको के कुरा। आफ्नो कमाई कता गयो?'

बुवाआमासहित सात जनाको परिवार छ उनको। हेर्दाहेर्दै आफ्नो रिसोर्ट बगरभित्र पुरिएपछि उनी भन्दै थिए, 'यस्तो हुन्छ भन्ठानिनँ। चिटिक्क परेको रिसोर्टको राम्रोसँग फोटो पनि खिचेर राख्न पाइनँ।'

सम्बन्धित समाचारहरु

साथी खोज्न हिँडेका सितलाल जब फसे मेलम्चीको बगरमा

घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

जब मेलम्ची र याङ्ग्री दोभानमा मिसिए, अनि सुरु भयो वितण्डा

साथीको फोन कलले जोगियो मेलम्ची किनाराका मछिन्द्रको परिवार

झरीमा रुझेरै हेरिरहेछन् मानिस बगर बन्दै गरेका आफ्ना खेतहरू...

बाढीमा फसेकालाई डोरीमा झुन्ड्याउँदै यसरी सेनाले गर्दैछ 'एयरलिफ्ट'

अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

मेलम्ची बाढीले आधा दर्जन बढी पुल बगाएको आशंका, बिहानको अवस्था यस्तो

मेलम्ची बजारमा उद्धारको गुहार : स्वास्थ्यमन्त्री भन्छन्, '५० औं जना बेपत्ता'

मेलम्चीमा बाढीको बितण्डा : बाढी पस्दा बजारको अवस्था यस्तो

मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell