PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सौन्दर्य प्रतियोगिताको नाममा यौन अपराध : मानव बेचबिखनमा म्याद थप गर्ने तयारी, पाण्डेले अरुलाई पनि यौन शोषण गरेको खुल्दै



पहिलोपोस्ट

सौन्दर्य प्रतियोगिताको नाममा यौन अपराध : मानव बेचबिखनमा म्याद थप गर्ने तयारी, पाण्डेले अरुलाई पनि यौन शोषण गरेको खुल्दै

काठमाडौं : १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे विरुद्ध मानव बेचबिखन तथा ‌ओसारपसार ऐन, २०६४ अन्तर्गत प्रहरीले म्याद लिने भएको छ।

कानुनविद्हरुको परामर्श अनुसार भोलि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने भएको हो। त्यसपछि हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान हुने महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले बताए। 'आजसम्मको कुरा अनुसार भोलि मानव बेचबिखनमा म्याद लिने तयारी भएको छ,' ती अधिकृतले भने।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले किशोरीको बलात्कार गरेको आरोप लागेको छ। उनलाई शनिवार काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्रेको थियो। गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

आठ वर्ष पुरानो घटना भएका जबर्जस्तिकरणीमा हदम्याद लाग्ने भएपछि प्रहरीले मानवबेचबिखनमा केस अगाडि बढाएको हो। ऐनको दफा ४ उपदफा २ (ख) मा मानव बेचबिखन तथा ओसारपसार गरेको मानिने भनि परिभाषित गरिएको छ।

आइतवार आफूलाई पनि यौन शोषण गरेको भन्दै एक युवती पाण्डेविरुद्ध उजुरी दिन प्रहरी कहाँ पुगेकी छिन्। त्यस्तै, अर्की एक युवती पनि उनैबाट पीडित भएको भन्दै प्रहरीको सम्पर्कमा आएकी छिन्।

किशोरावस्थामै सुन्दरी प्रतियोगितामा लागेर शोषित भएकी युवतीको यही हिम्मतका कारण हुनुपर्छ, आइतवार सामाजिक सञ्जालमा फेरि अर्को 'डरलाग्दो' घटना बाहिरिएको छ। सोसल मिडियाबाटै एक युवतीले सात वर्ष अघि विद्यालयका प्रिन्सिपलले गरेको अपराधको खुलासा गरेकी छिन्। प्रिन्सिपलबाटै बलात्कार, त्यसको फोटो र भिडियो देखाएर 'ब्ल्याकमेलिङ' भएको उनको दावी छ। र, यसरी अभिव्यक्ति दिने युवतीले प्रिन्सिपलको फोटो सहित घटनाको सविस्तार व्याख्या गरेकी छिन्।

उनको पोस्टलाई आधार मान्ने हो भने घटना २०७२/७३ मा भएको हो। होस्टेलमा बसेर कक्षा नौ मा पढ्दा उनी प्रिन्सिपलबाटै बलात्कृत भएको दावी गरिएको छ। यतिसम्म कि विरामी पर्दा स्कुलका प्रिन्सिपलले होटेलमा पुर्‍याएर बलात्कार गरेको उनको दावीले सोसल मिडियालाई तरङ्गित बनाएको छ फेरि। उनले पनि आफूमाथि भएको घटना कसैले नपत्याएको पीडा पोखेकी छिन्।

यी सबै घटनाले एकैसाथ उजुरीका लागि निर्धारित हद म्यादको व्यवस्थालाई चुनौती दिएको छ भने यस्ता विषय खुलासा गर्नुपर्छ भन्ने चेतना पनि अभिवृद्धि गराएको छ।

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell