चितवनः चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन्। उक्त बसमा २९ यात्रु सवार रहेका थिए। नेपालगन्जको बसमा…
बनेपाः अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरोले यातायात ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डिएसपी जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो। “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिरोका कारण सडक भत्किएको र भासिएको छ”, उनले भने, “धेरै ठाउँमा…
संखुवासभाः जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा ६ जना बेपत्ता भएका छन्। दुर्घटनामा एकै परिवारका ३ जना परेका छन्। धर्मदेवी नगरपालिका -८ मा पर्ने अक्करको भिरबाट को १ ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो। जिप राति १०ः३० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी मीमबहादुर लामाका अनुसार…
च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। समूह 'एफ' को खेलमा जर्मन क्लब ड्रटमन्ड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका हुन्। खेलको ५७ औं मिनेटमा पाएको पेनाल्टीको अवसर गुमाएपछि ड्रटमन्ड अंक बाँड्न बाध्य भएको हो। हिजो भएको खेलबाट बार्सिलोनाका कप्तान लियोनेल मेस्सी टिममा फर्किएका छन्। पिँडुलामा लागेको चोटका कारण मेस्सी पछिल्लो समय टोलीमा समावेश थिएनन्। चेल्सी पराजित…
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङबाट १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा साेमबार र मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो। सोमबार र मंगलबार भएको छनोटमा ८/८ खेलाडी छनोट भएका हुन्। सोमबार भएको छनोटमा पुरुषमा ५ र महिला ३ खेलाडीको छनोट भएको थियो। त्यस्तै, मंगलबार…
कैलालीः सुदूरपश्चिमा स्क्रब टाइफस र डेंगुको संक्रमण भयावह बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा १०४ जनामा स्क्रब टाईफस र ५० जनामा डेंगु देखिएको छ। पहाडी जिल्ला बाजुराबाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका सबै जिल्लामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। खड्काका अनुसार स्क्रब टाइफसबाट सबैभन्दा बढी…
काठमाडौं : चर्चित गायक राजेशपायल राईको घरमा आगलागी भएको छ। बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि राईको अवार्डहरुसहित प्रमाणपत्रहरु जलेको छ। यतिबेला राई सांगीतिक कार्यक्रमको लागि विदेशमा छन्। सांगीतिक कार्यक्रममा विदेश पुगेका राईले यस्तो दुःखद घडीमा पनि घर आउन नसकेको भन्दै जलेको घरको फोटोसहित फेसबुकमा लामो स्टाटस लेखेका छन्। उनले लेखेका छन्, 'यो…
काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गतको १८ वर्ष मुनिको फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज २३ सदस्यीय टोली घोषणा गरेका हुन्। पोखरामा आठ दिन लामो अभ्यासपछि मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन्। गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ अन्तिम छनोटबाट बाहिरिएका हुन्। साफ यू १८ मा नेपालले असोज ३ गते माल्दिभ्सविरुद्ध खेल्नेछ।…
काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी ३' प्रदर्शनको तयारीमा रहेको छ। कबड्डीको तेस्रो सिरिज प्रदर्शनको तयारीमा रहँदा निर्माण टिमले कबड्डीको चौथो सिक्वेल बन्ने घोषणा गरेको छ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माता एवं निर्देशक रामबाबु गुरुङले चौथो संस्करणमा फिल्म टुंगिने बताए। उनले चौथो सिक्वेल नै कबड्डीको अन्तिम फिल्म हुने घोषणा गरेका हुन्। ‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाका चार जना शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आजको बैठक बिहान ८ बजे सुरु भएको हो। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्।…
इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप आइसिसीले आयोजना गरेकाे इभन्टमध्ये सर्वाधिक हेरिएको इभेन्ट भएको आइसिसीले जनाएको छ। आइसिसीको रिपोर्ट अनुसार यो विश्वकपलाई १ अर्ब ६० कराेड मानिसहरुले लाइभ हेरेका थिए। यो प्रतियोगितामा सन् २०१५ को विश्वकपको तुलनामा ३८ प्रतिशत बढी मानिसहरुले प्रत्यक्ष हेरेका थिए। सन् २०१५ मा १ अर्ब १६ कराेड मानिसहरुले विश्वकपको प्रत्यक्ष प्रसारण हेरेका थिए। उक्त प्रतियोगितामा भारत र पाकिस्तानको म्याच विश्वभरि सर्वाधिक…
काठमाडौं : केआर खम्बू ‘छायाँको लस्कर’ आत्मकथा विमोचनको तयारीमा छन्। उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले आफ्ना कथाहरुसँगै झापा आन्दोलनताकाको राजनीतिक र सामाजिक परिवेशको चित्रण आत्मकथामा गरेको बताएका छन्। झापा आन्दोलनमा प्रधानमन्त्री केपी ओली र उनका समकालीन कम्युनिस्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका खम्बूको किताब ऐतिहासिक दस्तावेज बन्ने प्रकाशक नेपालयले जनाएको छ। पुस्तकबारे लेखेको छ- ‘खम्बूको कथाले…
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडमा रहेको पार्टी कार्यालयमा प्रहरीले छापा मारेको छ। बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको कार्यालयमा सोमबार राति छापा मारेको हो। त्यस्तै प्रहरीले विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन्। विशेष सूचनाको आधारमा…
लुक्लाबाट काठमाडौं उडान गरेका १० मध्ये ८ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका छन्। मौसम खराबीका कारण भिजिबिलिटी कम भएपछि सिम्रिकका दुई वटा, मनाङ, कैलाश, श्री, अल्टिच्युड र एयर डाइनेस्टीको एउटा हेलिकप्टर सुरक्षित अवतरण गरेको हेलिकप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलले बताए। उनका अनुसार १३ नटिकल माइल अन्तर्गत सिम्रिक, मनाङ र कैलाशको हेलिकप्टर पाँचखालमा अवतरण गरेको हो भने…
काठमाडौं: संसदीय समितिमा दलका शीर्ष नेता हत्तपत्त जाँदैनन्। विषयवस्तु हेरेर कतिपय बैठकहरुमा शीर्ष नेताको उपस्थिति रहन्छ। पछिल्लो समय सूचना प्रविधि विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा विकास तथा प्रविधि समिति पुगे। अन्य बैठकमा देउवाको उपस्थिति शून्य नै थियो। तर, प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा निकै गम्भीर मानिएको नागरिकता ऐन संशोधन विधेयकको छलफलमा शीर्ष नेता पुगेनन्। साउन र…
काठमाडौंः सरकारी सहयोग नपाएपछि अन्ततः नाइजेरियाको कम्पनी एलिको डाङ्गोटे बाहिरिने भएको छ। ६ वर्षअघि लगानी स्वीकृत गराए पनि सरकारले सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा खानी नदिँदा अन्ततः डाङ्गोटे बाहिरिने भएको हो। एलिकोको नाइजेरियाली कम्पनी डाङ्गोटे ग्रुपले नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि ५५ करोड अमेरिकी डलर लगानी भित्र्याउने अनुमति १५ कात्तिक ०७० मा नै पाएको थियो। निरन्तर पहल गर्दासमेत खानी विभागदेखि लगानी बोर्डसम्मको…
जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको गएराति भएको खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ। पहिलो खेलमा घरेलु टिम जोर्डनसँग फराकिलो अन्तरको पराजय भोगेको नेपालले दोस्रो खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा १–१ को बराबरी खेलेको हो। जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपालले खेलको ७४ औं मिनेटमा अग्रता लिएको थियो। नेपालका लागि दिपेश राईले गोल गरेका थिए। यता कुवेतले भने खेलको…
काठमाडौंः पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपदमा परी सो संख्यामा मृत्यु भएको हो। यस्तै, ६४६ जना घाइते भएका छन् भने ७६७ जना विस्थापित भएका छन्। घटनामा परी १ हजार ६३ चौपाया मरेका छन्। ४ हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।…
कञ्चनपुरः मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन्। प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन्। ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई/दुई बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल…
काठमाडौँः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ। रेग्मीकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए। केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो। स्व रेग्मीका तीन छोरा र चार छोरी छन्। रेग्मीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रासस