काठमाडौं : सिंगापुरमा आयोजना हुने टी २० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। यसपटक टिममा पहिलाभन्दा धेरै परिवर्तन गरिएको छ। यसपटक खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी जस्ता नियमित खेलाडीहरु टिममा छैनन्। त्यस्तै, नेपाली टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहने छन्। बन्द प्रशिक्षणपछि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले रियाल मड्रिडमाथि सहज जित निकालेको छ। स्टार खेलाडीहरु किलियन एम्बापे, नेइमारलगायतका खेलाडीबिनै उत्रेको पिएसजीले बलियो प्रतिद्वन्दी रियाल मड्रिडमाथि जित निकालेको हो। एञ्जेलो डि मारियाको २ गोलमा पिएसजीले स्पेनिस क्लब रियालमाथि ३–० को सहज जित हात पार्यो। खेलको १४ औं मिनेटमै डि मारियाले खेलमा अग्रता बनाए। त्यस्तै, ३३ औं मिनेटमा…
केदार मगर- खोटाङः लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएका छन्। राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मंगलवार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो। मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार…
स्याङ्जाः एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका -२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ। न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए। आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी…
काठमाडौँः संघीय संसद्को चालु बजेट अधिवेशन आज अन्त्य हुँदैछ। चालु अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो। बजेट अधिवेशनको अन्त्यपछि दशैं, तिहार तथा छठलगायतका पर्वपछि हिउँदे अधिवेशन आह्वान हुनेछ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको जानकारी पत्र संसदलाई पठाउने प्रचलन छ। उक्त पत्र प्राप्त भएपछि अधिवेशन अन्त्य गरिन्छ। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो। यस्तै,…
नुवाकोटः एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका -७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त भएका छन्। रिक्त महानिर्देशक पदमा नवनियुक्त खतिवडाले आजै पदबहाली गरेका छन्। महानिर्देशक खतिवडा नेपाल सरकारका सेवा निवृत्त सचिव हुन्। खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरिसकेका छन्। पदवहाली पश्चात महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा उच्च पार्ने बताए। उनले महासंघका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्। आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकाले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुँदैन। यसले स्वायत्त ढंगले…
नेपालको जस्तै लाग्ने यो दृष्य भने चीनको हो। चीनको दक्षिण पश्चिममा रहेको ग्वाङ्जाउ प्रान्तमा पर्ने रोङजिङ काउन्टीमा ग्रामिण किसानहरु धानबाली भित्र्याउँदै छन्। नेपालमा पनि कतिपय ठाउँमा धानबाली भित्र्याइँदैछ भने कतै धान पाकिसकेको छैन। यी फोटोहरु चाहिँ चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको हो।
काठमाडौं : सगरमाथा र अन्य विभिन्न हिमशिखरबाट आरोहीहरुलाई आपत्कालीन हवाई उद्धार गर्न वर्षौंदेखि हेलिकप्टर उडाइरहेका पाइलटहरुले चराकोझैं विहंगम दृष्टिबाट हिमालयको अवलोकन गरिरहेका छन्। जलवायु परिवर्तनले हिमालयका हिमनदीहरुमा कस्तो पारिरहेको छ त? जलवायु परिवर्तनले हिमालय शृंखलाका हिमनदीहरुमा पारेका असरबारे कतारी समाचार एजेन्सी अल–जजीराले मंगलबार ‘अ रेस्क्यू पाइलट्स पर्सपेक्टिभ अन एभरेस्ट्स मेल्टिङ ग्लेसियर्स’ शीर्षकमा एलेक्जेडर लेर्चेको एउटा फोटो समाचार प्रकाशित गरेको छ। ‘धेरै…
काठमाडौं: मासिक सांगीतिक प्रस्तुति ‘पलेँटी शृङ्खला’मा यस पटक फरक प्रयोग हुने भएको छ। सांगीतिक माहोलबीच तीनवटा पुस्तक सार्वजनिक हुँदैछ। साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीती यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने भएका हुन्। योपटक पलेँटी शृङ्खलामा लेखकद्वय तीर्थ श्रेष्ठ, कालीप्रसाद रिजाल र मञ्जुलले रचना गरेका गीतहरू गुञ्जने छन्। असोज १० गते…
काठमाडौं : महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘ प्रवक्ता कोइरालाले भने। सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरको हो। थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको…
काठमाडाैं: असोज ३ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा नेपाली टोलीको कप्तानी जय गुरुङले गर्ने भएका छन्। त्यस्तै नेपाली टिमको उपकप्तान नितिन थापा रहने नेपाली टोलीका प्रतिक्षक चेत बहादुर श्रेष्ठले जनाएका छन्। खेलाडीहरुका लागि एन्फाले आज मोटिभेसनल सेसन राखेको थियो। जसमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, महासविच इन्द्रमान तुलाधर लगायतले मन्तव्य राखेका थिए। प्रतियोगिताका…
काठमाडौं : कपनमा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन्। कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीय कमला कार्की मृत अवस्थामा फेला परेकी हुन्। कोठाभित्र हात र मुख सलले बाँधिएर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए। ‘मृत्यु शंकास्पद देखिएको छ। अनुसन्धानमा बाँकी केही खुल्दै जान्छ,‘…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बाँके घटनाको विषयमा सरकारको जवाफ माग गरेपछि कानुनमन्त्री भानुभक्त ढकालले दोषी उम्कन नपाउने जवाफ दिएका छन्। सरकारले चित्त बुझ्दो जवाफ नदिए सदन अवरुद्ध गर्ने तयारीमा रहेको कांग्रेसले कानुनमन्त्रीको जवाफपछि सदनमा अवरोध गरेन। कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडुले बाँके घटनाको दोषीलाई कारबाहीका लागि सरकारबाट प्रतिबद्धता आउनुपर्ने माग गरेका थिए। त्यसपछि कानुनमन्त्री ढकालले सरकारका तर्फबाट…
काठमाडौं: प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई संसदहरुले डेंगु रोगबारे प्रश्न सोधेका छन्। आजको संसदमा सार्वजनिक महत्वको विषयमा मन्त्री यादवले आफ्नो धारणा राखेपछि सांसदहरुले प्रश्न सोधेका हुन्। प्रश्नको क्रममा संसद रामबहादुर विष्टले यस रोग नियन्त्रण गर्ने रोगै नभएको भनी मन्त्रीले दिएको अभिव्यक्ति अचम्म लाग्दो भएको बताए। विष्टले भने, 'डेंगु डरलाग्दो सरुवा रोग रहेछ भन्ने कुरा थाह पाइयो। मन्त्रीले भन्नुभयो…
काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यस वर्ष नेपालमा ५ हजार ९५ जनालाई डेंगु संक्रमण देखिएको बताएका छन्। आजको संसदमा सार्वजनिक महत्वको विषयमा आफ्नो भनाई राख्दै उक्त जानकारी दिएका हुन्। सदनमा मन्त्री यादवले भने, '२०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको छ। साउन १ देखि भदौ २३ सम्मको उपलब्ध जानकारी अनुसार हालसम्म विभिन्न जिल्लामा ६ जनाको…
काठमाडौं: नेपाली कांग्रेसले बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता सरकारले नगरे आज पनि सदन अवरुद्ध गर्ने जनाएको छ। आज १ बजेका लागि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुरु भएको छ। अहिले संसदको बैठकको तयारी चलिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताए। आजको सदनमा कांग्रेसले सरकारको जवाफ माग्ने र बाँके घटनाको दोषीलाई कारबाही नगरे सदन अवरुद्ध गर्ने…
सान्फ्रान्सिस्को : ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जिएनपिएन) ले नेपाली पेशाकर्मी र विज्ञहरुको सम्मेलन गर्ने भएको छ। जिएपिनएन अमेरिकामा रहेका नेपाली पेशाककर्मीहरुको साझा संस्था हो। यहाँ हासिल गरेको उपलब्धीलाई नेपालको विकासमा योगदान पुर्याउन यो सम्मेलन सहयोगी हुने विश्वास आयोजकहरुको छ। 'हामी यसलाई साझा मञ्चका रुपमा विकास गर्दै नेटवर्क बनाएर अघि बढ्न चाहान्छौं,' जिएनपिएन सम्मेलन २०१९ का अध्यक्ष रुपेश सिम्खडाले भने। आगामी…
काठमाडौं : नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ५ घर भएकी ७० वर्षीया पदमकुमारी गुरुङको हत्यामा संलग्न एक जनालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलवार नुवाकोट ककनी घर भएका ५८ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको हो। २०५९ माघ २० गते पदमकुमारी बेपत्ता भइन्। स्थानीय लालबहादुर तामाङको छोराको छेवरमा गएकी उनी घर नफर्किएपछि परिवारले खोजी गरे। भोलिपल्ट बिहान…