एएफसी यू १६ अन्तर्गतकाे समूह चरणकाे खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा कमजोर प्रदर्शन गरेको श्रीलंकाले ३ खेल खेल्दै जित निकाल्न सकेको छैन। यता नेपालले पनि ३ खेल खेल्दै १ बराबरी र २ पराजय भोगेको छ। नेपाल अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै सान्त्वना जित निकाल्न चाहन्छ। नेपाल र श्रीलंकाबीचको खेल आज राति ७ः४५ बजे जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा हुनेछ।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु टोली ग्रानडाले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलको सुरुवातमै अग्रता बनाएको ग्रानडाले दोस्रो हाफमा अर्को गोल थपेको थियो। ग्रानडाका लागि खेलको दोस्रो मिनेटमै गोल गर्दै रोमन अजिजले अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा लियोनेल मेस्सी, फाटीलगायतका महत्वपूर्ण खेलाडीहरु उतारेको…
भरतपुरः भरतपुर महानगरपालिका -२९ जुगेडीस्थित नारायणगण-मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना ४ ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई भरतपुर अस्पतालमा राखिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा…
इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वार्टफर्डमाथि फराकिलो अन्तरको जित निकालेको छ। बर्नान्डो सिल्भाको ह्याट्रिकसँगै साविक विजेता सिटीले ८–० को फराकिलो अन्तरको जित हात पार्यो। पहिलो हाफमा ५ गोल गरेको सिटीले दोस्रो हाफमा ३ गोल थप्यो। खेलको पहिलो मिनेटमै सिल्भाले गोल गरेका थिए। त्यस्तै ७ औं मिनेटमै अर्को गोल थप्दै सर्जियो अग्युरोले सिटीको सुरुवात उत्कृष्ट बनाए। फेरि, त्यसको ५ मिनेट भित्रै माह्रेजले…
काठमाडाैं: दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको खेलमा बंगलादेशले श्रीलंका माथि ३–० को जित निकालेको छ। आज हलचोकस्थित शसस्त्र प्रहरीको मैदानमा भएको खेलमा बंगलादेशले विजयी सुरुवात गरेको हो। बंगलादेशले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गर्दै जित सुनिश्चित गरेको हो। बंगलादेशको जितमा मोहम्मद ताबिर हुसैन, फैसल अहमद फहिम र फहिम मोर्सेडले समान १ गोल गरे। खेलको सुरुवातमै…
स्पेनिस ला लिगामा आज राति बार्सिलोनाले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ। बार्सिलोनाको खेल आज राति १२:४५ मा सुरु हुनेछ। जारी सिजन ४ खेल खेलेको बार्सिलोना २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा पराजित हुँदै ७ अंक जोडेको छ। बार्सिलोना अंक तालिकाको ५ औं स्थानमा छ। यस्तै समान ४ खेल खेलेको ग्रानडाको पनि २ जित, १ बराबरी र १ पराजय भोग्दै…
अनुज घिमिरे- 'स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो।' फेसबुकमा यस्ता क्याप्सन भएका धेरै फोटा देखिन थालेका छन्। कुनै फोटामा आमाडब्लम हिमालसहित सगरमाथाको मन नै लोभ्याउने परिदृश्य देखिन्छ भने कुनैमा आकाशभन्दा निलो देखिने तिलिचो तालको र कतै इन्द्रेणी झैँ विविधता झल्किने गुम्बा र प्रार्थना झण्डासहितको हिमाली परिदृश्य। नेपाल भ्रमण वर्ष २०२० को लागि सामाजिक सञ्जालमार्फत् आम नागरिकहरुद्वारा प्रचार वा…
वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट लुसिया ज्युक्समाथि जित निकालेको छ। ग्रस आइस्लेटमा भएको खेलमा बार्बाडोसले ७१ रनको जित निकालेको हो। पहिला ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको ज्युक्स १४.५ ओभरमा अलआउट हुँदै पराजित बन्न पुग्यो। बार्बाडोसको जितमा नेपाली…
एएफसी यू १६ को समूह चरणको गएराति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ। जोर्डनको मोहम्मद प्रिन्स रंगशालामा भएको समूह 'ए' को खेलमा नेपालले ताजकिस्तानसँग लज्जास्पद हार ब्यहोरेको हो। ताजकिस्तानका लागि मोहमदभोरिस सैदअलिबले ह्याट्रिक गरेका थिए। ताजकिस्तानले पहिलाे हाफमा ४ गाेल र दाेस्राे हाफमा ३ गाेल गरेकाे थियाे। यो नेपाल विरुद्ध जित निकाले संगै ताजकिस्तान अंक…
काठमाडौं: आजबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा नेपाल र माल्दिभ्सले बराबरी खेलेका छन्। आज हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका हुन्। खेलको सुरुवातमा अग्रता बनाएको माल्दिभ्सले पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो। खेलको १३ मिनेटमा माल्दिभ्सले गोल गर्दै अग्रता लियो। नेपाली डिफेन्सले माल्दिभ्सका कप्तानलाई…
काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा रहेको बताएका छन्। भट्टराईले पार्टीको प्रदेश नम्बर ३ ले काठमाडौंमा आयोजना गरेको 'संविधान संशोधनको अपरिहार्यता र आवश्यकता' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने 'हामी संविधान संशोधनका निमित्त सरकारमा छौं। भागबण्डा गरेर खान होइन।' भट्टराईले सरकारमै बसिरहने आफूहरुको इच्छा नभएको बताए। समाजवादी पार्टी संविधानलाई संशोधन…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले आफुनो पुरानो नीति सिद्धान्तलाई क्रमश: बाहिर ल्याउन सुरु गरेको बताएका छन्। वरिष्ठ नेता पौडलले कम्युनिस्ट सिद्धान्त बलियो बनाउनका लागि चीनको जस्तो प्रशिक्षण सुरु गर्न लागेको समाचार बाहिर आएको भन्दै यो लोकतन्त्रका लागि खतराजनक भएको बताए। गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा आयोजित बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले कम्युनिस्ट सिद्धान्तलाई लागू गर्नका लागि चिनियाँ…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान बहुलवादमा आधारित समावेशी संविधान भएको बताएका छन्। राष्ट्रिय सभा गृहमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रममा देउवाले संविधान राम्रो भएपनि वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलिएको आरोप लगाए। उनले भने, 'नेतृत्व तहमा महिलाहरुको ३३ प्रतिशत सहभागिता…
काठमाडौं : आज असोज ३ गते शुक्रबार नेपालका सिनेमा हलमा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी', हलिउड फिल्म 'रेम्बो-लास्ट ब्लड' र बलिउड फिल्म 'द जोया फ्याक्टर' गरि तीनवटा फिल्म प्रदर्शन आएको हो। रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी कबड्डी कबड्डी' आजबाट देखि देशभर प्रदर्शनमा आएको छ। फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्शन विक्रम राई, कर्मा, बुद्धि…
काठमाडौँः संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गरेका छन्। ओलीले सम्बोधनका क्रममा सरकारका उपलब्धि पनि सुनाएका छन्। नीति कार्यक्रम र पछिल्लो समयमा भइरहेका नियमित कामकाजलाई प्रधानमन्त्रीले उपलब्धिका रूपमा पेस गरेका हुन्। पाइपलाइनको सुरुवात, हावाहुरी पीडितलाई घर हस्तान्तरण लगायतका विषय सरकारका उपलब्धिमा समेटिएका छन्। वित्तीय सङ्घीयताको व्यवस्थापन उचित रूपमा गरेको प्रधानमन्त्रीको दाबी छ। वित्तीय सङ्घीयताको कार्यान्वयनको उदाहरण बाँकी विश्वका…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नेहरूले विकासका सपना किन देखाएको भने पनि आफूले मुर्छित सपनामा पानी छर्किएको बताएका छन्। संविधान दिवसको अवसरका आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपना साकार पार्नकै लागि पानी छर्किएको बताएका छन्। सम्बोधनमा उनले भनेका छन् ‘भन्नकै लागि त भन्न सकिन्छ नि खै त रेल? खै त पानीजहाज? कहाँ छ सुरुङ खनेको? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको?अझै जोड दिएर…
एएफसी यू १६ छनोटमा नेपाली टोलीले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। खेल आज बेलुकी १०:४५ बजे जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुने छ। ताजकिस्तान नेपाल रहेको समूहको एक बलियो टोली हो। नेपाल रहेको समूह 'ए' मा ताजकिस्तानले २ खेल खेल्दै दुवै खेलमा जित हाँसिल गरेर ६ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ। उसले यसअघि श्रीलंका र कुवेतमाथि जित हात पारेको…
काठमाडौँः दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो। सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२…
गएराति भएको युरोपा लिगको खेलमा आर्सनलले फ्रान्कफर्टमाथि सहज जित निकालेको छ। आर्सनलका लागि खेलको ३८ औं मिनेटमा विललकले गोलको खाता खोलेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको आर्सनल दोस्रो हाफमा २ गोल थप्न सफल रह्यो। खेलको ८५ औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै औबामेयाङले त्यसको २ मिनेटमै अर्को गोल थप्दा खेल आर्सनललले ३–० ले…
अछामः नेत्रविक्रम चन्द विप्लव समूहले गएराति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करिब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ। प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ। नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो…