काठमाडौं: सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज प्रकाउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सोमवार उपत्यका इन्चार्ज नवीन विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। विश्वकर्मालाई ललितपुरको नख्खुस्थित एनसेन कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गत फागुन १० गते एनसेल कार्यालयमा भएको बम विस्फोटमा परि एक जनाको मृत्यु भएको…
काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा आज माल्दिभ्स र भुटान प्रतिस्पर्धा गर्दै छन्। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने खेलले नेपालको समेत सेमिफाइनल यात्रा निर्धारण गर्ने छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन तथा घरेलु टोली नेपालमाथि सहज जित निकालेको भुटान सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अर्कोतर्फ पहिलो खेलमा नेपालसँग बराबरी खेलेको माल्दिभ्स आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छ। समूह ए…
काठमाडौं: अनियन्त्रित भएको राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। आज बिहान न्यूरोड, कालिमाटी लगायत क्षेत्रमा मानिसलाई हान्दै हिँडेपछि नियन्त्रणमा लिन गोली चलाइएको छ। 'मानिसलाई घाइते बनाउँदै हिँडेपछि धनजनको क्षति नहोस् भनेर गोली प्रहार गरेको हो,' महानगरीय प्रहरी जनसेवा वृत्तका डिएसपी वासुदेव खतिवडाले भने। राँगाको आक्रमणबाट तीन जना मानिस घाइते भएका छन्। उनीहरुको हातमुख लगायत शरीरका विभिन्न भागमा चोट लागेको…
फिफाले पुरुषतर्फको टिम अफ दी इयर घोषणा गरेको छ। टिममा अघिल्लो सिजन प्रिमियर लिग खेलेका ३ खेलाडी परेका छन्। यद्यपि च्याम्पियन म्यानचेस्टर सिटीबाट भने कुनै खेलाडी परेका छैनन्। तीन खेलाडीमा एलिसन्, भान डाइक समावेश छन्। त्यस्तै इडन हजार्ड पनि टोलीमा समावेश छन्। फिफाले जारी गरेको टिममा लिभरपुलका २ खेलाडी, बार्सिलोनाका २ खेलाडी, रियल मड्रिडका ४ खेलाडी र युभेन्टसका २ खेलाडी तथा …
वीरगंजः वीरगंज पथलैया औधोगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा मजदुर फेरि धर्नामा बसेका छन्। पाँच महिनादेखि सञ्चालनमा आएको ब्रिटानिया नेपालको व्यवस्थापन पक्ष र मजदुरबीच कामदार राख्ने विषयमा विवाद हुँदा आठ दिनदेखि मजदुर धर्नामा बसेका छन्। वीरगंज महानगरपालिका २१ लिपनीविर्तामा उद्योगले निर्माण हुने बेलामा ३४० जना मजदुरलाई रोजगारी दिने घोषणा गरे पनि घोषणा अनुसारको मजदुर नराखी ठेक्कामा राखेपछि धर्नामा…
अर्जेन्टिना एवम् वार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा वर्ष द वेस्ट खेलाडी अवार्ड जितेका छन्। उनले लिभरपुलका डच डिफेन्डर भर्जिल भ्यान डाइक र युभेन्टसका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोलाई पछि पारेका हुन्। मेस्सीको यो उपाधि करियरको छैटौँ पटक हो। यसअघि उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए। ३२ वर्षीय मेस्सीले बार्सिलोनालाई ला लिगा जिताउन र च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म…
सप्तरीः कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्। उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेश अनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ। जिल्ला अदालतले गत जेठ ६…
कावासोतीः पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा २० घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ।…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिनियाँ शैलीको समाजवादबाट नेपालले सिक्नुपर्ने बताएका छन्। आज राजधानीको याक एन्ड यति होटलमा सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले अघि सारेको चिनियाँ…
काठमाडौं : नेपालकै पहिलो सुरुङमार्ग आगामी ४२ महिनामा तयार हुने भएको छ। पहिलो पटक नौविसे-नागढुङंगा सडक खण्डमा दुईवटा फ्लाई ओभरसहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो। सोमवार सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानिज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनबीच सुरुङमार्गको निर्माण सम्झौता भएको छ। सम्झौतामा नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका तर्फबाट हिरोसेकले हस्ताक्षर गरेका छन्। सम्झौता…
टेलिभिजन क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एम्मी अवार्डस् २०१९’ सम्पन्न भएको छ। लस एन्जेलसको माइक्रोसफ्ट थिएटरमा आयोजित अवार्ड समारोहमा 'गेम अफ थ्रोन्स' आउटस्ट्यान्डिङ ड्रामा सिरिज घोषित भयो। त्यस्तै 'गेम अफ थ्रोन्स'मा टीरियन लेनिस्टरको भूमिका निर्वाह गर्ने पिटर डिंक्लेजले आउटस्ट्यान्डिङ सपोर्टिङ एक्टर इन ड्रामा सिरिजको अवार्ड पाए। टेलिभिजन ड्रामा सेरिजमा सबैभन्दा धेरै मन पराइएको 'गेम अफ थ्रोन्स'ले दुई वटा मात्रै अवार्ड जितेको हो। …
लन्डन : नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द भएको छ। बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी कम्पनी टमस कुक बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक विदेशमा अलपत्र परेका छन्। बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ। उनले काठमाडौंमा खोलेको होटल रोयललाई नै नेपालको पहिलो होटल मानिन्छ। उनले अहिले निर्वाचन आयोग रहेको भवनमा होटल सञ्चालन गरेका थिए। उनका…
काठमाडौं : सामाजिक सञ्जालको प्रयोग तथा अनलाइनका सामग्रीलाई निषेध गराउनसक्ने व्यवस्थासहित प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता, २०७३ को पहिलो संशोधन २०७६ जारी गरेको छ। आज जारी संशोधित आचारसंहित अनुसार अबदेखि पत्रकारले कुनै पनि सामाजिक सञ्जालका सामग्री सेयर वा रिट्विट गर्दा पुष्टि गरेरमात्र सेयर वा रिट्विट गर्नुपर्ने छ। 'पत्रकार तथा सञ्चार माध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने समाचार, विचार र सूचना…
काठमाडौं : सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिने मेडिकल कलेजले एक महिनाभित्र रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ। सोमबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गृहमन्त्रालयमा बसेको बैठकले बढी शुल्क लिने मेडिकललाई एक महिनाभित्र रकम फिर्ता गर्न लगाउने निर्णय गरेको हो। बैठकले सरकारको निर्णयको बेवास्ता गर्दै रकम फिर्ता नगरे कारबाही गर्ने समेतको निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणी पोख्रेललगायत अन्य…
काठमाडाैं: दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको खेलमा भारत र बंगलादेश गोलरहित बराबरीमा रोकिएका छन्। जारी प्रतियोगितामा भारतको यो पहिलो खेल हो भने बंगलादेशले यसअघि नै श्रीलंकामाथि जित निकाल्दै ३ अंक जोडिसकेको थियो। आजको खेलमा भारतसँग बराबरी खेल्दै बंगलादेशको ४ अंक भएको छ। हलचाेकस्थित शसस्त्र प्रहरीकाे मैदानमा भएकाे खेलमा बलियाे मानिएकाे भारतसँग अंक खाेस्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हाे।…
प्युठान : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन्। दोस्रो जागरण अभियान अन्तर्गत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सबै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए। पौडेलले भने, ‘हरेक संवैधानिक निकायलाई नियन्त्रण…
काठमाडौंः पोखरा प्रिमियर लिग पिपिएल टी २० को दोस्रो संस्करण कात्तिकमा हुने भएको छ। पिपिएल कार्तिक २६ देखि मंशीर ७ गतेसम्म आयोजना हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पिपिएलमा ६ वटा टोलीको संलग्नता रहने छ। जसमा विराटनगर टाइटन्स्, चितवन राइनोज, काठमाडौं रोयल्स, धनगडी ब्लुज र बुटवल ब्लास्टर रहेका छन्। गएको संस्करणको पिपिएलमा पोखरा पल्टनले उपाधि हात…
काठमाडौं : बस टिकट काउन्टरमा यतिबेला लामो दूरीका बसको टिकट बुकिङ गर्ने यात्रुको भीड लागेको छ। दशैंलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा अग्रिम टिकट बुकिङ खुलेसँगै टिकट काउन्टरमा यात्रुको भीड लागेको हो। नयाँ बसपार्क, गौशाला, चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारालगायतका स्थानमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको छ। ती स्थानहरुमा अग्रिम टिकट खुल्ने अघिल्लो दिन मध्यरातदेखि नै यात्रुको…
सामाजिक अभियान्ता एवं पत्रकार अमृता लम्सालको पुस्तक ‘हजुरआमाका कथा’ सार्वजनिक भयो। उनले सार्वजनिक गरिसकेका कथामा नयाँ थप कथाहरु समेटेर पुस्तकाकार दिएकी हुन्। पुस्तकमा २३ जना हजुरआमाका कथा छन्। कथाका पात्रहरु सबै उमेरले ८० वर्ष माथिका छन्। कुल २६ कथा समेटिएको पुस्तकमा तीनवटा नातिनीहरुको अनुभव छ। लम्सालले आफ्नै हजुरआमा कृष्णकुमारी घिमिरेको ९६ औं जन्मदिनको उपलक्ष्यमा शनिबार पुस्तक लोकार्पण गरेकी हुन्। 'हजुरआमका कथा'…
काठमाडौं : ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतवार साँझ नयाँबानेश्वरको थापागाउँबाट ४६ वर्षीया विमला थापालाई नियन्त्रणा लिएको हो। सरिताकुमारी सापकोटाको जाहेरीले वैदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४ असार २६ गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। थापालाई सोमवार जिल्ला अदालत काठमाडौंको आदेश अनुसार…