काठमाडौँः संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। गृह मन्त्रालयका अनुसार ६३४ जनालाई सम्मानित गरिएको छ। यो वर्ष महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ। वरिष्ठ साहित्यकार दीक्षित र पूर्व पर्यटनमन्त्री समेत रहेका अधिकारीलाई मरणोप्रान्त सम्मान गरिएको हो। दीक्षितको यही साउन ३० गने निधन भएको…
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग अर्को साता सम्झौंता हुने भएको छ। आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै सम्झौता गर्न आउन पत्र पठाएको थियो। कम्पनीका प्रतिनिधिहरु बैक ग्यारेण्टी सहित काठमाडौंमा आइसकेकोले आइतबार सम्झौंता गर्न लागिएको छ। आयोजनाले बिहीवार नै बैक ग्यारेण्टी भेरिफिकेशनका लागि पत्र पठाएको सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तले जानकारी…
काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले आफूले एक रुपैयाँ घुस खाएको भेटिए बर्दी खोलेर हिड्ने दावी गरेका छन्। केही साताअघि मात्र परिसर ललितपुरको जिम्मेवारी सम्हालेका एसएसपी राईले बिहिवार पत्रकार साक्षात्कार गर्दै प्रहरी सेवा भएकाले घुस खानु गैरकानुनी भएको बताए। आफूले एक रुपैयाँ घुस खाएको प्रमाणित भए बर्दी खोलेर जाने उनले बताए। 'प्रहरी सेवा हो। दिले गरे मन्दीर,…
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा लमजुङका प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको छ। भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्। त्यस्तै सरकारले नेपाल सरकारको निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका केही अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ। आँखाका चर्चित…
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले संविधान संशोधन अहिलेको आवश्यकता नभएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा आज सिंहदरबारमा उनले पुष्टि भएमामात्र संविधान संशोधान हुने बताए। बास्कोटाले अहिले संविधान कार्यन्वयनलाई प्राथमिकतामा राख्नुपर्ने तर्क गरे। 'जे अघि बढेको छ त्यसरी नै अघि बढ्छ। क्रमश कार्यन्वयनमा जानुपर्छ,' सञ्चारकर्मीले संविधान संशोधनबारे सोधिएको प्रश्नको जवाफमा भने, 'कसले कतिखेर…
काठमाडौं : नेपाली सेनाले भिभिआइपीका लागि खरीद गरेको हेलिकोप्टर अगस्टा काठमाडौं अवतरण गरेको छ। १ अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकोप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ। एडब्लु(अगष्टा वेस्टल्याण्ड)-१३९ मोडलको हेलिकोप्टरको कलसाइन ९ एन-आरएम हो। 'अहिले हेलिकोप्टर आइसकेको छ। हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दर्ता हुनेछ। प्राधिकरणकै नियम अनुसार यसको मेन्टिनेन्स र एयर वर्दिनेसका काम हुनेछ,' नेपाली सेनाका प्रवक्ता…
काठमाडौं : सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्ण गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। बास्कोटाले भने, 'नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष…
काठमाडौं: आँखाका चर्चित डाक्टर सन्दुक रुइतलाई सरकारले प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। पुरस्कार ५ लाख रुपैयाँको हो। त्यसैगरी सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई दुबैलाई प्रदान गर्ने निर्णय गरेको छ। दुवैलाई जनही २ लाख ५० हजार नगद पुरस्कार रहेको मन्त्री…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालमा सबै नागरिकले संविधान दिवस मनाउने अवस्था नरहेको बताएका छन्। उनले राष्ट्रिय पर्वको रुपमा लिइने संविधान दिवस सबैले मनाउन पाउनुपर्ने माग गरे। बिहीवारको संसदमा बोल्दै उनले भने, 'चार वर्ष बितिसक्यो। सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर नै आएन, परिस्थिति नै बन्दैन। के हो यो? आफ्नै हातले आफ्नै पीठ थपथपाउने? बडा…
काठमाडौं : ने क पाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङले अब परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सशस्त्र आन्दोलन गर्नुपर्ने अवस्था यतिबेला देशमा नरहेको बताए। उनले निराश हुनुपर्ने अवस्था नरहेको बताए। प्रतिपक्षी दलले उठाएका कुराहरुमा ध्यानाकर्षण भएको पनि उपनेता नेम्वाङको भनाइ थियो। प्रतिपक्षका रुपमा आफूले भोगेका भोगाई अझै सम्झनामा ताजै रहिरहेको…
काठमाडौं : समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधनको विकल्प नरहेको दाबी गर्दै नभए ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। बजेट अधिवेशनको अन्त्यमा आज संघीय संसदलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उक्त चेतावनी दिएका हुन्। संविधान राम्रो भए पनि यसमा त्रुटि रहेको उनको दाबी थियो। 'नेपाली जनताले आफैले संविधान बनाउनु राम्रो हो। विस्तृत विवरण अरु देशमा भन्दा…
काठमाडौं : लागु औषध नियन्त्रण ब्युरोको टोलीले ठूलो परिमाणको लागुऔषधसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई ब्युरोले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा भारतको बिहारस्थित ग्रिन पेलेस डुमरवाना वडा नम्बर २० बैरगनिया सितामढी बस्ने ३७ वर्षीय राजा कुणाल, सोही स्थान बस्ने ३२ वर्षीय राजेशकुमार जयसवाल र ३७ वर्षीय अभिषेक कुमार जयसवाल रहेका छन्। उनीहरुको साथबाट प्रहरीले…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नहरु वर्षाएका छन्। बजेट अधिवशेनको अन्त्यमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले बाँके घटनालाई जोड्दै- 'तपाईको राजमा को सुरक्षित छ?' भनी प्रश्न सोधे। कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको विषयमा देउवाले भने, 'जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ। फिफाले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा उक्लिएको छ। नेपालको ९ सय ९९ अंक रहेको छ। यसअघि नेपालको ९ सय ५५ अंक रहेको थियो। फिफा वरीयतामा नेपालको औसत वरियता १ सय ६५ हो। नेपालको सबैभन्दा माथिको वरीयता १ सय २४ हो। सन् १९९३…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीवार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने र सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले शुक्रवार संविधान दिवसका दिनमा नै सम्बोधन गर्ने बताए। प्रेस सल्लाहकार अर्यालले भने, 'प्रधानमन्त्रीले आज बोल्ने कार्यक्रम छैन। भोलि संविधान दिवसकै दिन बोल्नुहुन्छ।' संविधान दिवसको अवसरमा…
काठमाडौं : केही समयअघि नेपालमा नै आयोजना गरिने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडमी अवार्ड (आइफा) चर्को विरोधपश्चात् भारतमा आयोजना गरिएको छ। आइफाको २० औं संस्करण बुधवार राति भारतमा सम्पन्न भएको छ। यो वर्षको आइफा अवार्डमा फिल्म 'राजी' बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने रणवीर सिंहले पनि फिल्म 'पदमावत' बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। सह-अभिनेताको अवार्ड विकी…
नयाँ दिल्ली : बिहीवार भारत सरकारले विद्युतीय चुरोट (इ-सिगरेट)को उत्पादन, आयात, निर्यात, बिक्री तथा ओसारपसारमा नियन्त्रण लगाएको छ। साथै यसको विज्ञापनमा पनि निषेध लगाएको छ। नयाँ नियम पालन नगर्नेले पहिलो पटक एक वर्षसम्मको कैद वा १ लाख रुपैयाँ या दुवै बेहोर्नपर्ने गरी कानुनी व्यवस्था लागू गरेको हो। दोहर्याएर यस्तो गल्ती गरेमा ३ वर्षसम्मको जेल र ५ लाख रुपैयाँसम्मको जरिवाना तय…
पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले तीन फर्माटकै क्रिकेटमा औषत् ५० भन्दा माथि पुर्याएकोमा महान खेलाडी भएको बताएका छन्। Congratulations @imVkohli You are a great player indeed, wish you continued success, keep entertaining cricket fans all around the world. https://t.co/OoDmlEECcu — Shahid Afridi (@SAfridiOfficial) September 18, 2019 विराट कोहलीले मोहलीमा भएको दक्षिण अफ्रिका विरुद्धको…
काठमाडौं : साढे दुई घण्टा उडान अवतरण अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बल्ल खुलेको छ। भिजिविलिटी हेर्ने मेसिन बिग्रिएपछि सम्पूर्ण उडान अवतरण बन्द गरिएको थियो। बिहान १० बजेदेखि साढे १२ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। बन्दका कारण अन्तर्राष्ट्रिय उडानहरु कतिपय होल्ड भएका थिए भने कतिपय अर्कै गन्तब्यमा 'डाइभर्ट' भएका थिए। 'डोमेस्टिक' उडानहरु पनि बन्द भएका थिए। 'बिहान मेसिनमा समस्या आएकाले…
काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ। राष्ट्रिय सभाबाट गरिएको संशोधन सहित यी दुई विधेयक बिहीवारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत भएको हो। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा…