काठमाडौं : विश्वकै सर्वाधिक उचाईमा आयोजना हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७औँ संस्करण यही मे २९ मा हुँदैछ। विश्वकै सर्वोच्च शिखर सगरमाथा पहिलो पटक सफल आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा हरेक वर्ष मे २९ मा एभरेष्ट म्याराथन हादै आएको छ। आयोजक हिमालय एक्सपिडिसनले बिहीवार पत्रकार सम्मेलन गर्दै यस पटक दुई सय धावकले सहभागिता जनाउने जानकारी…
सुर्खेतः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा समेत दिएका छन्। सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए। ‘नेपालको इतिहासमा यो सर्वाधिक बलियो सरकार हो’ उनले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो। हामीसँग पटक-पटक छलफलमा भन्नु भएको…
काठमाडौं : अष्ट्रेलियामा भइरहेको १८औं वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ। च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रीन्समा पुरुष खुलातर्फ नेपालको टिमले पाँचौ स्थान हात पारेको हो। यस विधामा ब्राजिलले पहिलो हुँदा जापान दोस्रो र रुस तेस्रो भएको छ। क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डम समयमा पूरा गर्यो। विश्व र्याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिले सम्मकै…
बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्। राष्ट्रिय भलिबल खेलाडी रहेकी सिन्हालाई सन् २०११ मा केही व्यक्तिहरूले रेलवे ट्रयाकमा धलेकिदिएपछि उनले आफ्नो खुट्टा गुमाएकी थिइन्। उक्त घटनालाई उनले कमजोरी बन्न दिइनन्। सन् २०१२ मा सिन्हाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। यसअघि फिल्ममा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन्। दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन संकटकाल लगाएको ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पको निर्णयपछि अब अमेरिकी कम्पनीहरूले विदेशी…
काठमाडौँ नक्कली रसिदबाट राजस्व सङ्कलन गरी राज्यकोषको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख राजराजेश्वर त्रिवेदीसिहत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोतको रजिस्ट्रेशन शाखाको फाँट नम्बर ३ का अन्य दुई कर्मचारी नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर ठाकुरलाई पनि अख्तियारले विपक्षी बनाएको छ। अनियमितता लुकाउन बदनियतपूर्ण रूपमा लेखा…
दमौलीः नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ। साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो। सात सय ५८ ग्राहकले विद्युत् बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले…
काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट को ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप लामिछानेहसित चार खेलाडी परेका छन्। सन्दीपले गत सिजन नै सेन्ट किट्स एण्ड नेभिस प्याट्रिसबाट सीपीएलमा डेब्यु गरेका थिए। सन्दीप बाहेक राष्ट्रिय टिमका अन्य तीन खेलाडी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल भने पहिलो पटक सीपीएलको ड्राफ्ट लिस्टमा परेका हुन्। सीपीएलको लागि बुधवार सार्वजनिक सूचीमा कूल…
काठमाडौ : कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भएको छ। बुधवार साँझ युवतीलाई उनका श्रीमानले नै एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। एसिड लागि घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्याइएको छ। उनको उपचार जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 'आपसी विवादमा एसिड प्रहार भएको देखियो। हामीले उनलाई नियन्त्रणमा लिएका छौं,' एसएसपी सुवेदीले भने। काभ्रे घर भएका विष्णु भुजेल…
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन्। राजदूत होउ प्रचण्डलाई भेट्न बुधवार दिउँसो प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। भेट वार्ताको क्रममा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको थियो। प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा हालैको राष्ट्रपति विद्या देवी भण्डारीको चीन भ्रमणको विषयमा छलफल भएको थियो। साथै भेटमा राजदूत…
सविन ढकाल र सहयोग रञ्जित - काठमाडौं: उनले झोलाबाट एउटा प्लाष्टिकमा बेरिएको चप्पल निकाले। जुत्ता खोलेर प्लास्टिकको त्यही झोलामा प्याक गरे। उनीसँगै रहेकी छोरी बोकेर ढम्मढम्म पानी पार गरे। श्रीमती उनकै पछि सुरुवाल माथि सारेर पानी पार गर्न कस्सिइन्। तर अचम्मको कुरा जुन ठाउँमा उनी पानी पार गर्दै थिए त्यो कुनै खोला थिएन। तर प्रताव तामाङको परिवारका लागि भने यो…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ। यसअघि जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधक कारणले जेठ ८ देखि २४ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्। टीयू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब…
काठमाडौं : भोग एड एण्ड इभेन्ट प्रालिले नेपाल आईस आन फुटसको उपाधि जितेको छ। सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया बास्केटलाई ४–१ ले पराजित गर्दै भोग च्याम्पियन बनेको हो। भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे। यसैगरी मिडिया बास्केटको लागि उर्गेन शेर्पाले एक गोल फर्काएका थिए। बराह ज्वेलर्सले तेस्रो भएको छ। फाइनल प्रवेशका लागि…
काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजको घुस काण्डमा फसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएका छन्। अदालतको आदेश अनुसार बंगलादेश बैकको ग्यारेन्टीमा ७८ लाख रुपैयाँ बुझाएका हुन्। उनले बैंक ग्यारेन्टी बुझाएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए।…
काठमाडौं : उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई जरिवाना तिर्न आदेश दिएको छ। बुधवार अदालतका न्यायाधीशहरु टेकनारायण कुँबर र मोहम्मद हुसेनको सयुक्त इजलासले कार्यालय प्रमुख विश्व मरासिनीलाई जरिवानको आदेश सुनाएको हो। अदालतले पटकपटक आवश्यक फाइल माग्दा पनि नझिकाएको भन्दै मरासिनीविरुद्ध ५ हजारको जरिवाना सुनाएको छ। अदालतले आवश्यक कागज झिकाउनका लागि ५ पटक पत्र लेखेको जानकारी दिएको छ। अदालतले मोलपोत…
काठमाडौं : प्रहरीले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कका पूर्व कर्मचारी पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काभ्रेपाल्चोक घर भएका १८ वर्षीय सुशान्त ओझा भन्ने नीरज कुइकेललाई नियन्त्रणमा लिएको हो। गत माघदेखि कम्पनीको जागिर छोडेका कुइकेलले विभिन्न परिचयपत्र र मोबाइल नम्बरको दुरुपयोग गरेर ठगी गरेको आरोपमा पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। नीरजले विभिन्न सेवाग्रहीको घरमा भएर इन्टरनेट जोड्ने,…
काठमाडौं : मनाङ मर्स्याङ्दी र भारतको मिनर्वा पञ्जावबीच आज भएको एएफसी कप अन्तर्गत खेल बराबरीमा टुंगिएको छ। मिनर्वाका लागि ३९ औं मिनेटमा तोइवा सिंहले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ८१ औं मिनेटमा मनाङ मर्स्याङ्दीका शाहिद अजिजले गोल फर्काउँदै प्रतियोगितालाई बराबरीमा पुर्याए। त्यसपछि दुवै पक्षले गोल गर्न सकेनन् र खेल बराबरीमा टुंगियो। मिनर्वाका प्रतीक जोशी पहिलो हाफको इन्जुरी टाइममा रेड…
काठमाडौं : कोरियाको ग्वाङ्गजु शहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनोट गरिएको छ। नेपाल पौडी संघले विश्व च्याम्पियनसीपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो। च्याम्पियनसीपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सम्पन्न २१…
काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्गलबार दुईजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेपछि चोरीको अर्को तरिकाको पर्दाफास भएको छ। चोरीको अभियोगमा महाशाखाको टोलीले पाकिस्तानी नागरिक मोहसिन खान र उनकी श्रीमती पूजा मोसिन खानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरीको नयाँ तरिका पत्ता लागेको हो। प्रहरीका अनुसार ती दुई दम्पत्तीले विभिन्न पसलहरुमा जाँदै आफूलाई नेपाली सबैभन्दा ठूलो नोट हेर्ने भन्दै झुक्याएर पैसा लुट्ने गरेको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले यही जेठ ३ गते पार्टी एकताको र मदन भण्डारी तथा जिवराज स्मृति दिवसको अवसरमा एकताको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने भएको छ। 'यसबीच हामीले एकताको बाँकी कामको विषयमा महत्त्वपूर्ण निष्कर्ष निकालेका छौं,' युवा संघ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पार्टीका महासचिव विष्णु पौडेलले जेठ ३ गते विशेष घोषणा हुने बताएका हुन्।…