२६ वर्षअघि आजकै दिन। अर्थात् ३ जेठ, २०५०। समय अपराह्न साढे पाँच बजे। सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिँदै थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ त्यसमा सवार थिए। पृथ्वी राजमार्ग छाडेर जिप मुग्लिङ हुँदै भरतपुरतिर लाग्यो। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल नदीमा खस्यो। …
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्घाटन गरेका छन्। खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदि सँग सम्बन्धित भएको बताए। प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने बताएका थिए। 'यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो,' प्रधानमन्त्री…
काठमाडौं : आज दिउँसो २ बजेर ८ मिनेटमा भूकम्प महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भूकम्पको केन्द्र भने धादिङको कुम्पुर रहेको बताइएको छ। यसअघि गत वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्र गरी भूकम्प भएको थियो। वैशाख ११ गते धादिङ नै केन्द्र बनाई ५.२ र ४.३ म्याग्नेच्युड क्षमताको भूकम्प भएको थियो। गत वैशाख…
बलिउड अभिनेता विक्की कौशल भारतका सर्वाधिक रुचाइएका पुरुष घोषित भए। वर्ष २०१८ का लागि गरेको 'द टाइम्स'ले गरेको भोटिङ प्रक्रियामार्फत् उनी चुनिएका हुन्। ५० जनाको सूचीमा उनी पहिलो नम्बरमा परे। कामबाट छुट्टिमा रहेका उनी हाल अमेरिकामा छन्। त्यहीबाट उनले खुशी साटे। सामाजिक सञ्जालमा सबैलाई धन्यवाद व्यक्त गर्दै पत्रिकामा प्रकाशित अंकको फोटो सेयर गरेका हुन्। लेखेका छन्,'यो सबै हुन्छ भनेर कहिले पनि सोचेको…
काठमाडौः नौ दिनसम्म बाटो बन्द गरेर स्थानियबासी आन्दोलनमा उत्रिएपछि सोनाकोठी चापागाउँ सडक बन्ने भएको छ। बिहिवार दिउँसो भएको बहुपक्षिय भेलाबाट हाल कायम रहेको सडकमा कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयहरुले आन्दोलन फिर्ता लिएका छन्। सुनाकोठी, ठेचो, चापागाउँका स्थानीयहरुले पाँच वर्षअघि सडक विस्तारको गर्ने भन्दै सडक भत्काएको तर बनाउन आकाकानी गरेको भन्दै एक सातादेखि सडक ठप्प पारेका थिए। ‘ स्थानीय र जनप्रतिनिधिहरु बिचको…
काठमाडौं : विद्यार्थीको उज्वल भविष्य निर्माण गर्ने शिक्षकले नै नैतिकता बिर्सिए भने के होला? ती शिक्षकले पढाउने विद्यार्थीको भविष्य कस्तो होला? अनि कस्तो नैतिक शिक्षा पाउलान्? सिन्धुपाल्चोकको मेलम्चीमा एउटा यस्तै घटना भएको छ। मेलम्चीको एक विद्यालयकी प्रधानाध्यापक नै चोरी गर्दागर्दै प्रहरीको फन्दामा परेकी छिन्। मेलम्ची नगरपालिका ११ खानीगाँउस्थित भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीलाई प्रहरीले पक्राउ गरेको छ। ‘चोरी गरेको…
काठमाडौं : सुन्धारामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। शुक्रवार बिहान बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको महानगरीय ट्राफीक प्रहरी महाशाखा एसपी जयराम सापकोटाले जानकारी दिए। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ। पानी ट्याक्कर चालक भने फरार रहेका…
काठमाडौँः पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरेका छन्। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान फारुकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका फारुकको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको हो। नेशनल मेडिकल कलेजमा उपचार नभएपछि काठमाडौँ ल्याउन लागिएको थियो। काठमाडौं ल्याउँदै गर्दा उनको…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा दुई तिहाइ हासिल गर्ने बताएका छन्। अहिले दुई तिहाइबाट थोरै पछि भएको बताउँदै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनबाट एकल दुई तिहाइ पुर्याउने बताएका छन्। मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने ‘हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन। अहिले हामीसँग अलिकति दुई तिहाइ छैन। नपचेर के गर्नु अर्को पटक…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा राष्ट्रपतिको सम्बोधनको विषयमा बुद्धिजीवीले स्याल हुँइया चलाएको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नपाएपछि सम्बोधनको विषयलाई उचालिएको प्रधानमन्त्रीको भनाई छ। मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले राष्ट्रपतिको नभई गणतन्त्रात्मक प्रणालीकै विरोध गरेको आरोप लगाए। यस्ता विषय बुझेर लोकतान्त्रिक प्रणाली र परिपाटीका पक्षमा उभिन प्रधानमन्त्रीले कार्यकर्तालाई निर्देशन…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीहरूलाई एकीकृत हुन नदिने षडयन्त्र अझै पनि भइरहेको बताएका छन्। ने क पा एकीकरण दिवस तथा २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्टलाई गैर लोकतान्त्रिक शक्तिका रूपमा चित्रण गर्ने काम अहिले पनि भइरहेको बताएका छन्। उनले षडयन्त्रलाई चिर्दै एकीकरणको कार्य पूरा गरेकोमा कार्यकर्तालाई धन्यवाद…
काठमाडौँः एकता घोषणाको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का जनवर्गीय सङ्गठनको आज नेतृत्व घोषणा गरिएको छ। जिल्ला नेतृत्वको तयपछि जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति भएको हो। सचिवालय र जिल्ला नेतृत्वको अनुपात अनुसार पूर्व एमाले र माओवादीबाट जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति भएको हो। पार्टी एकीकरण तथा २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा नाम घोषणा गरिएको हो। बिहीबार बसेको ने…
काठमाडौं : नागरिकता सम्बन्धी प्रशासनिक परिपत्र कानुनी चक्रमा गिजोलिएको छ। सुनुवाइका लागि यसअघि पूर्ण इजलासमा पेश भएको विवाद पुनः सयुक्त इजलासमा पठाइएको छ। बिहीवार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको हो। यसअघि पनि न्यायाधीशद्वय खतिवडा र माथेमाले नै रिट पूर्ण इजलासमा पेश गर्न आदेश दिएका थिए। एकपटक हेरिसकेको मुद्दामा दोहोर्याउने प्रचलन नभए…
काठमाडौँ : भारतीय हतियारधारी समूह र प्रहरीबीच रुपन्देहीको शकरापुर नाकामा बिहीवार दिउँसो गोली हानाहान भएको छ। हतियारसहित नेपाल छिरेका एक युवकलाई सादा पोसाकमा रहेका प्रहरी नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण भएको थियो। प्रहरीले भारतीय झिनक धोबीलाई नियन्त्रणमा लिएको हो। हतियारसहित नेपाल आएका धोबीलाई नियन्त्रणमा लिएपछि उनी चिच्याएर कराएका थिए। त्यसपछि भारतबाट आएका २० देखि २५ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दावी छ।…
काठमाडौं : एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लब गल्फमा चार दिन सम्म चलेको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन समेत रहेका प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गरे। उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बने। उनले २०१८ डिसेम्वरमा सूर्य नेपाल इस्टर्नको…
काठमाडौँ : घरेलु टोली नेपालले प्रथम ह्विलचियर एसिया कप टी २० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। यस हारपछि शीर्ष दुईमा पुग्दै फाइनल पुग्ने नेपालको अभियानमा धक्का लागेको छ। चार राष्ट्र सम्मिलित प्रतियोगितामा बिहीवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पारजित भएको हो। पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। उता भारतले भने लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवारै…
काठमाडौं: एइइ परिक्षा दिएर बसेकाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘एसइइ मोडल हन्ट २०१९’को अडिसन सम्पन्न भएको छ। विभिन्न चरण पार गरेर २६ जना प्रतियोगिताको अन्तिम चरणका लागि छानिएका छन्। डिएम इन्टरटेनमेन्ट आयोजना भएको प्रतियोगिताका लागि छनोट भएका सबै प्रशिक्षणमा छन्। ११ किशोर र १५ किशोरी रहेका प्रतियोगिताको फिनाले जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ। महिला तथा पुरुष समूहबाट…
जनकपुरधामः गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ। प्रदेश नम्वर २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो ।बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ। प्रहरीमा पनि विभागीय नीतिको अनुसरण नगरी…
काठमाडौं: लोकपप सांगीतिक ब्यान्ड नेपथ्यको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। ‘नासै छ्याँबा' बोलको गीत युट्युब रिलिज भएको हो। गुरुङ भाषामा 'नासै छ्याँबा मनो ह्योल’ भनेको ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’ हो। नेपथ्यका लीड भोकलिस्ट अमृत गुरुङ सन् २००४ मा ट्रेकिङका क्रममा मनाङ पुगेका थिए। त्यही उनले उक्त गीत लेखेका हुन्। सन् २००८ मा ‘ऐनाझ्याल’ एल्बममा समावेश गीतको भिडियो…
युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै समिफाइनलसम्म पुगेको अयाक्सले ५ वर्षपछि नेदरल्याण्ड्सको लिग फुटबलको उपाधि जितेको छ। डच लिग एरेडिभिजअन्तर्गत गएराती भएको सिजनको अन्तिम खेलमा डे ग्राफचापलाई ४-१ ले पराजित गर्दै अयाक्स २०१४ यता पहिलो पटक लिग च्याम्पियन बनेको हो। आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गरे भने लासे स्काने र निकोलस ट्याग्लियाफिकोले १-१ गोल गरे। पराजित टोलीका युसेफले एक…