काठमाडौः राजश्व संकलन केन्द्रकी इन्चार्जलाई आगो लगाएको आशंकामा चितवन प्रहरीले दुईजना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले रेष्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई नियन्त्रणमा लिएको छ। गत शुक्रबार बिहान करिब साढे १० बजेतिर व्यापारीको समुहले भरतपुर नगरपालिकाको १० नम्बर वडामा पर्ने गोद्राङ्बाट कर संकलन केन्द्र हटाउन ढाटमा आगो लगाएको थियो। ढाट जलाउने क्रममा छर्किएको पेट्रोल सडक दस्तुर संकलनकी इन्चार्ज असई कल्पना पौडेलको जिउमा…
काठमाडौँः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो। महासङ्घले सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन अनुसार कम्पनी दर्ता गर्न आग्रह गरेको हो। महासङ्घका…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा पार्टी एकीकरणपछि तय हुन बाँकी रहेका विभिन्न आयोग तथा विभागको नेतृत्व चयनबारे छलफल हुनेछ। एकीकरणको एक वर्षसम्म ने क पाले जिल्ला तहसम्मको नेतृत्व चयन गरिसकेको छ। यस्तै, पोलिटव्यूरो, जनवर्गीय सङ्गठनको नेतृत्व पनि तय भइसकेको छ। तीन महिनामा एकीकरणका सम्पूर्ण काम सक्ने लक्ष्य राखिए पनि…
काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्चमा (क्लाफ) नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न साधरणसभाले राजुप्रसाद चापागाईँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। मञ्चको महासचिवमा अनन्तराज लुइँटेल चयन भएका छन्। यस्तै कार्यसमिति उपाध्यक्षमा रोशनी पौडेल, कोषाध्यक्षमा रोशनकुमार पोखरेल चयन भएका छन्। सचिवमा निर्णय हुन सकेको छैन। कार्यसमिति सदस्यहरूमा डा. रुद्र शर्मा, हर्क रावल, सरोजकृष्ण घिमिरे, लीलाधर उपाध्याय र पवनकुमार जैसवाल चयन भएका…
काठमाडौँः त्रिशूली बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगको छ। इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुंगेलका अनुसार अहिलेसम्म सबै मृतकको सनाखत भएको छैन। आज बिहान झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको आदमघाटमा दुर्घटनामा परेको थियो। चार जनाको शव नदीबाट निकालिएको छ। एकको शव बसले किचेको अवस्थामा नदीमा रहेको छ। राससका अनुसार मृतक तीन जनाको सनाखत भएको छ। मृत्यु…
काठमाडौँः झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाटमा दुर्घटनामा परेको हो। बस त्रिशूलीमा खसेको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले…
महोत्तरीः महोत्तरीको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। शव परीक्षणका लागि गएराति…
काठमाडौं : १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो? यसबारे घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्। २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए – तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना। उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ। तत्कालीन…
काठमाडौँः नेपालगञ्जको नरैनापुरमा मध्यरात हवाई फायर भएको छ। भारतीय नागरिकले इलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो। 'स्थिति तनावग्रस्त भएपछि नियन्त्रणको लागि हवाई फायर गरेका हौँ,' इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले भने। प्रहरीले भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देवीदिन विश्वकर्मालाई पाँच केजी चरेस सहित पक्राउ गरेको थियो। उनीहरूले पक्राउ परेका भारतीय नागरिकलाई छोड्न…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउका छन्। किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताए। ‘नेपालीहरुले यस विविधतालाई एकताको प्रमुख सुत्रका रुपमा स्वीकारेका छन्। जुन, विश्वका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन्। २५६३ औं बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरे। 'संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक…
राजु आचार्य- कालिकोट जिल्लाको सन्नीघाट क्षेत्रमा च्याखुरा पालिएको देखेपछि संरक्षणकर्मी सोम जिसी छक्क परे। कारण थियो, प्राय: उच्च पहाडी तथा हिमाली भेगतिर मात्र देखिने यो प्रजाति यो ठाउँमा देखिनु उनको लागि नौलो थियो l समुन्द्र सतहबाट आठ सय पचास मिटरको उचाइमा रहेको स्थानमा यो चरा पाइनु जिसीका लागि अचम्मको कुरो थियो। खोज्दैजाँदा त्यहाँका स्थानीयले ठूलो संख्यामा च्याखुरा पालेको देखियो। स्थानीयहरु भन्छन्, 'यो च्याखुरा त जति पनि छन् हाम्रो…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातबाट लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैयाँ घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर पर्छ। निगमले हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखेको जनाएको छ। निगमले…
लामो विवाद र राजनीति तानातानबीच सन् २०२२ को विश्वकप आयोजना गर्ने प्रतिवद्धतामा खाडी मुलुक कतार प्रतिवद्ध छ। यतिखेर नाकाबन्दीको प्रभाव झेलिरहेको कतारले साढे तीन वर्षपछि विश्वकप फुटबल प्रतियोगिता हुने एउटा महत्वपूर्ण स्टेडियम पूरा गरेर औपचारिक उद्घाटन नै गरेको छ। विश्व फुटबल राजनीतिको हिसाबले चुनौतीपूर्ण विवादित भएकाले पनि कतारको वर्ल्ड कपका हरेक गतिविधिमा विश्वको ध्यान खिचिएको हुन्छ। रंगशालासँगै भव्य संरचनाहरु बनाएर…
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा अवैध तरिकाले बनाउन लागिएको कंक्रिटको प्रवेश द्वारमाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मनाङ समाज नामक संस्थाले भगवानपाउस्थित पूर्वी क्षेत्रमा रहेको भर्याङमा अगाडि कंक्रिट प्रयोग गर्दै प्रवेशद्वार निर्माण गर्न लागेपछि स्थानीयले विरोध गरेका थिए। स्थानीयले विरोध गरे पनि स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिको स्वीकृति रहेको भन्दै समाजले प्रवेशद्वार निर्माण गरेपछि अभियन्ताहरुले पुरातत्व विभाग,…
'म जन्मिदा भावी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीत शुक्रबार भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी छिन्। गीतको भिडियोमा मण्डला नाटकघरका कलाकार मिलन कार्कीको अभिनय रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका…
गत मंसीरमा घोषणा गरिएको फिल्म 'घर'को पोस्टर रिलिज भएको छ। फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फस्ट लुकसँगै रिलिज डेट सार्वजनिक गरेको हो। साउन तीन गते रिलिज टार्गेट गरेको फिल्मको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त फिचर्ड छिन्। उनलाई भयानक रुपमा प्रस्तुत गरिएको छ। यो हरर जनरमा अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। निर्देशक दीपेन्द्र के खनाल…
काठमाडौः त्रिशुली ३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ। स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि गरेको अवरोध हटेपछि शुक्रबारबाट निर्माण कार्य सु्रु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका ५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम स्थानीयले नियतबस रोकेका थिए। त्रिशुली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४ का केही स्थानीयले अवरोध गरेका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको…
ट्विटडेकबाट ट्विटर चलाउने प्रयोगकर्ताहरुले अब ट्विटडेकमा पनि पोल, इमोजी र जिआइएफसहित ट्विट गर्न पाउने भएका छन्। ट्विटरले हिजोबाट ट्विटडेकमा यी सुविधा थपेको हो। यसअघि ट्विटडेकबाट ट्विटर चलाउँदा पोलको सुविधा थिएन। ट्विटडेकमा पोल, इमोजी र जिआइएफ देखिएपनि ट्विटरको एप र डेस्कटप भर्सनमा मात्र यो सुविधा उपलब्ध थियो। ट्विटडेकबाट ट्विट गर्दा इमोजीको प्रयोग गर्नुपरे डेस्कटपबाट कपी गरेर ल्याउनु पर्ने वाध्यता थियो। Guess…
काठमाडौं : मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले आज प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा आफ्ना पेशागत पहिचान झल्कने वस्तुहरुसहित वानेश्वरमा प्रदर्शन गरिएको हो। प्रेस काउन्सिलको व्यवस्थालाई विस्थापित गर्नेगरी सरकारले तयार पारेको मिडिया काउन्सिल विधेयकका प्रावधानहरु संविधानले प्रदत्त गरेका अधिकार कुण्ठित पार्नेगरी तथा व्यवसायिक पत्रकारितालाई असर पार्नेगरी ल्याइएको भन्दै पत्रकारहरुले कालोपट्टी लगाएर विरोध जनाएका हुन्। पत्रकारहरुको प्रदर्शनमा…