काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार दोस्रो पटक क्यारेबियन प्रिमियर लिग सीपीएल को लागि छनोट भएका छन्। आज भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौ चरणमा आफ्नो टिममा लिएको हो। यस चरणमा छनोट हुने खेलाडीले ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३औँ चरणमा लिएको थियो। बार्बाडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो…
काठमाडौं : सरकारले तीन वर्षपछि कर्मचारीको तलब बढाएको छ। निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक र प्राध्यापकहरुमध्ये राजपत्र अनंकितको सुरु तलबमा आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक २० प्रतिशत बढेको छ भने राजपत्र अंकितको तलब १८ प्रतिशत बढेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन्। पोहोर सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ। पञ्जावको लुधियानास्थित गुरु नानक स्टेडियममा बुधवार भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई पराजित गरेको हो। पहिलो हाफमा एक गोलले पछि परेपनि सेथुले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो। सेथुलाई…
१२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकप २०१९ सुरु हुन अब एक साता मात्र बाँकी छ। टिमहरु इंग्ल्याण्ड पुग्ने तयारीमा छन् भने अन्तिम टोली घोषणा भइरहेको छ। यसैबीच भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस पटकको विश्वकप एकदमै चुनौतीपूर्ण विश्वकप हुने बताएका छन्। प्रतियोगिताको फर्म्याट र भारतको सुरुवाती अपोनेन्टको कारण विश्वकप चुनौतीपूर्ण हुने उनको बुझाई छ। ५० ओभरको प्रतियोगिताको उपाधि आफ्नो पक्षमा…
नेपालबाट पहिलोपटक अभिनेत्री प्रियंका कार्कीले विश्व चर्चित कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागीता जनाएकी छिन्। कान्सको रेड कार्पेटमा हलिउडदेखि बलिउडसम्मका अभिनेत्रीहरु सहभागी भएका छन्। प्रियंका कार्की भने डिजाइनर सिवांगी प्रधानको साथमा फ्रान्स पुगेकी हुन्। कान्समा प्रियंका कार्की बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसअप देखि प्रभावित भएको अड्कल गर्न सकिन्छ। प्रियंका कार्कीले लगाएको पहिरन प्रियंका चोपडासँग मिल्दो छ। अझ फोटोको लागि दिएको…
बलिउड अभिनेता वरुण धवण र नतासा दलालको विवाहको चर्चा सुरु भएको छ। उनीहरु लामो समयदेखि एकअर्कालाई डेट गर्दै आएका छन्। वरुण र तासाको प्रेम मिडियाको लागि पटकपटक गसिपको विषय बन्यो। फिल्म इन्डस्ट्रीको हरेक पार्टी तथा इभेन्टसहरुमा एकसाथ देखिने यो जोडी बारे योपटक भने विवाहको चर्चा छ। लाइभ हिन्दुस्तानले उल्लेख गरे अनुसार उनीहरु आउँदो डिसेम्बरमा विवाह गर्ने योजनामा छन्। यो कपलले…
पेरिसमा भइरहेको ७२ औं कान्स फिल्म फेस्टिभलमा निर्माणाधीन नेपाली फिल्म द इयर अफ कोल्ड 'चिसो वर्ष' पुरस्कृत भएको छ। विश्वभरका ५२ फिल्मकर्मीले पेस गरेका परियोजनामध्ये ६ फिल्मले नर्वेजियन सरफन्ड प्राप्त गरे। तीमध्ये एक निर्देशक मीनबहादुर भामको परियोजना रह्यो। फिल्म निर्माणका लागि उनले ६० हजार अमेरिकी डलर प्राप्त गरे। २०७४ सालमै घोषणा भएको फिल्म चिसो वर्षको यो पहिलो अन्तर्राष्ट्रिय पुरस्कार भने होइन। फिल्मले…
विश्व क्रिकेटको प्रतिक्षित र सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुँदैछ। विश्वकप सुरु हुनएक साता मात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडी देखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ। १२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक सिंगल राउण्ड रोविन मा सहभागि सबै टोलीले…
काठमाडौँ: प्रहरीको गोली लागि घाइते भएका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ। मङ्गलवार गोली लागेर घाइते भएका तीर्थराज घिमिरेको मृत्यु भएको हो नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए। मङ्गलवार दिउँसो भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले तीर्थराज घिमिरेलाई गोली प्रहार गरेको थियो। प्रहरीले घिमिरेको खुट्टामा गोली लागेको प्रहरीको…
काठमाडौँः वीर अस्पतालबाट एक थुनुवा फरार भएका छन्। महानगरीय प्रहरी वृत्त महाजगञ्जमा रहेका थुनुवा उपचारको लागि अस्पताल लगेको समयमा मङ्गलवार फरार भएका हुन्। ' मेडिकल गर्नको लागि अस्पताल लग्दा फरार भए।' महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरी निरीक्षक रविराज थपलियाले भने। प्रहरीले जवर्जस्ति करणी अभियोगमा थुनामा लिएका पदम श्रेष्ठ फरार भएका हुन्।
यही वर्ष हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ। २३ सदस्यीय टोलीमा मेसीसँगै फरवार्ड पाउलो डिबला र सर्जियो अगुएरो पनि समावेश छन्। तर अर्का फरवार्ड माउरो इकार्डी अनी गोलकिपर सर्जियो रोमेरो भने टिममा छैनन्। मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले प्रारम्भिक चरणमा छानिएका ४० खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेका हुन्। सन् २०१६ को कोपा अमेरिका…
काठमाडौंः पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो। हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय…
काठमाडौं : अजय सुमार्गीको नेपाल सेटलाइट टेलिकम प्रालिले आन्तरिक राजश्व कार्यालयले मुद्दालाई प्रभावित पार्न खोजेको आरोप सहित विज्ञप्ति जारी गरेको छ। विभागले नेपाल स्याटेलाइट बिक्रीमा ४ अर्ब ३२ करोड रुपैयाँ पूँजीगत लाभकर निर्धारण गर्दै पत्र काटेको थियो। पत्रका बिरुद्धमा सुमार्गीले विज्ञप्ति जारी गर्दै मुद्दा प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्। आन्तरिक राजस्व कार्यालय बानेश्वरले आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल…
यही मे ३० देखि घरेलु मैदान र वेल्समा हुने विश्वकपका लागि आयोजक इंग्ल्याण्डले १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। यसअघि घोषित टोलीमा तीन खेलाडी परिवर्तन हुँदा अलराउण्डर जोफ्रा आर्चरले पनि टिममा स्थान बनाएका छन्। इयान मोर्गनको कप्तानीमा रहेको इंग्ल्स टिममा बर्चरसँगै जेम्स भिन्स र लियान डसनले स्थान बनाउँदा एलेक्स हल्स, जोए डेनली र डेविड विली भने बाहिरिएका छन्। यसअघि…
काठमाडौँ : मिस टिन २००६ तथा चर्चित मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहरिएकी छिन्। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर्याएको हो। न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गर्दै बाउन्स रकम तिर्न फैसला सुनाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका…
काठमाडौँ : अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौँ समाजको सहआयोजनामा अन्नपूर्ण म्याराथन प्रतियोगिता हुने भएको छ। अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा जुन ३ मा दोस्रो पटक अन्नपूर्ण म्याराथन आयोजना हुन लागेको हो। पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर प्रत्येक वर्ष जुन ३ मा म्याराथन गर्ने आयोजकले जनाएको छ। गत वर्ष भएको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका…
काठमाडौं : प्रधानमन्त्री (पीएम) कप महिला क्रिकेटको चौथो संस्करण यही जेठ २८ गतेदेखि कञ्चनपुरमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ। विभागीय टोलीमा एपीएफले खेल्नेछ। राखेपका सदस्य सचिव केशुव कुमार विष्टले क्यान निलम्वनमा रहेका बेला क्रिकेटको जिम्मेवारी…
काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आगामी दुई वर्षभित्र रुवेला नियन्त्रण गर्ने लक्ष्यमा अगाडि बढेको बताएका छन्। विश्व स्वास्थ्य संगठनको ७२ औँ सभामा बोल्दै उनले यस्तो बताएका हुन्। 'युनिभर्सल हेल्थ कभरेज: लिभिङ नो वान ब्लाइन्ड' भन्ने नाराकासाथ सुरु भएको सम्मेलनमा उप्रधानमन्त्री यादवले अघिल्लो वर्ष मात्र नेपालले ट्रकोमा उन्मुलन गरेको बताए। उनले नेपाल दिगो विकास लक्ष्यका स्वास्थ्यसँग सम्न्धित लक्ष्य हासिल…
काठमाडौं: पाँचथरको मिक्लाजुङ्मा भएको घटना भएको नजिकै एक जना युवकको शव फेला परेको छ। झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। 'घटना नजिकै युवक झुन्डिएको अवस्थामा फेला परेको छ। थप अनुसन्धान भइरहेको छ,' डिआइजी पोखरेलले भने। मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा गए राति दुई परिवारका नौजनाको हत्या भएको थियो। बजार क्षेत्रबाट दुईसय मिटर मात्र टाढा…
काठमाडौं: पाँचथरको मिक्लाजुङ्मा भएको घटनामा एक जनाको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।हत्याकाण्डको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले अहिलेसम्म एक जनाको सलग्नता खुलेको बताए। 'सामुहिक भन्ने देखिँदैन। एक जनाले नै गरेको स्थानीयको बयान र अन्य जानकारीबाट खुलेको छ। थप अनुसन्धान गरिरहेका छौै,' डिएसपी कुँवरले भने। इलाका प्रहरी कार्यालय रविका प्रहरी…