बलिउड हिरोइन तथा निर्देशक पूजा भट्टले आफ्नो दोस्रो पुस्तकका लागि काम थालेकी छिन्। पूजाको दोस्रो किताब उनकै बाबु महेश भट्टमाथि हुनेछ। विवादित, निडर र रोचक फिल्म निर्देशकको छवि बनाएका महेश भट्टमाथि किताब लेख्न लागेको पूजाले स्वीकार्दै भनिन्, 'मैले मेरो दोस्रो किताबका लागि काम थालेको छु। यो मेरो बुबामाथिको हुनेछ।' पूजासामु चर्चित निर्देशक भट्टका जीवनका पाटो खोतल्न कुनै वाधा छैन।…
काठमाडौं : तरलता अभावसँग जुधिरहेका बैंकहरुमा एक सातामा १६ अर्ब रुपैयाँ निक्षेप बढेको छ। राष्ट्र बैंकले यसलाई सकारात्मक भन्दै आगामी दिनमा निक्षेप बढेर जाने संकेतहरु भेटिन थालेको उल्लेख गरेको छ। निक्षेप बढ्नुको कारण राष्ट्र बैंकले ब्यवस्थापन गरिरहेको कतिपय सरकारी संस्थाको खातापाता अब बाणिज्य बैंकहरुले सञ्चालन गर्न थालेका छन्। यही कारण निक्षेपमा सुधार भएको राष्ट्र बैंकका अधिकारीले बताए। गत फागुन…
बंगलादेश, नेपाल र श्रीलंकाका 'म्युजिक आर्टिस्ट'हरुले युएस बंगला एयरलाइन्स दुर्घटनामा जीवन गुमाएका प्रति श्रद्धाञ्जली गीत तयार पारेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। 'फायर अस्बेना' टाइटलमा तयार भएको म्युजिक भिडियो भोलि रिलिज हुने बंगला डेलीलाई उदृत गर्दै डेलीस्टारले जनाएको छ। बंगलादेशका गीतकार साहन कोबोन्धले लेखेको गीतलाई नेपालीमा प्रशद बाँस्कोटाले अनुवाद गरेका छन्। गीत कम्पोज…
काठमाडौं : प्रदेशका मुख्य मन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका लागि कानुन, नीति तथा बजेट अभाव भएको भन्दै प्रधान मन्त्रीको ध्यानाकर्षण गराएका छन्। बुधबार सिंहदरबारमा प्रधान मन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्य मन्त्री तथा उच्च पदस्थ अधिकारीहरु बीचको छलफलमा मुख्य मन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका लागि समस्या परेको बताएका हुन्। ‘प्रदेश सरकार त बन्यो, तर आवश्यकता अनुसार कर्मचारी भएनन्, कर्मचारीबाट समेत…
धुलिखेल: नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन्। स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताए। उनले…
काठमाडौं: युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसन(इयुइअोएम)ले सार्वजनिक गरेको प्रतिवेदनप्रति सरकारले गम्भीर आपत्ति जनाएको छ। इयुको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा सरकारलाई खस आर्य समुदाय माथि दिइएको आरक्षण हटाउन सुझाव दिएको थियो। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनका 'केही सुझाव र प्रतिक्रिया' प्रति…
काठमाडौं: सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित…
नुवाकोट: नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो। कांग्रेस जिल्लाका कोषहरूलाई पारदर्शी, सुदृढ र जवाफदेही बनाउन आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने शीर्ष नेताहरूले पार्टी कमजोर हुनुका कारण खोजेर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कायम रहेका तिक्तता तथा एक–आपसको बैमनश्यता बिर्सिएर अघि बढ्नुको विकल्प नभएकाले त्यसमा छलफल…
काठमाडौँः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) केन्द्रबीचको एकीकरणका लागि विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको समय सकिएको छ। अन्तरिम विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको थपिएको दश दिनको समय आइतबार सकिएको हो। समय सकिए पनि कार्यदलले प्रतिवेदन तयार पार्न सकेनन्। कार्यदलका अधिकांश सदस्यहरु मन्त्री बनेपछि पछिल्लो समय काम नै प्रभावित बनेको छ। थपिएको दश दिनको समयमा…
नुवाकोटः बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ। ग्रामीण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि रु आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए। “नगरपालिका हुँदै कालोपत्रे भएका पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक…
काठमाडौँः काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ। कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए। उनका…
काठमाडौँः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नयाँ दिल्ली पुगेका छन्। सोमबार दिउँसो नयाँ दिल्ली पुगेका यादवले भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुसँग भेटवार्ता गरेका छन्। दुई दिने विश्व व्यापार संगठनका ५० वटा देशको अनौपचारिक बैठक (मिनी मिनिस्टेरियल मिटिङ)मा सहभागी हुन नयाँ दिल्ली पुगेका मन्त्री यादवले भारतीय उद्योगमन्त्री प्रभुसँगको भेटमा दुई देशबीच व्यापार साझेदारीका विषयमा छलफल गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।…
सुरेन्द्र भण्डारी सुरुङ्गाः कसका बुबा आमाले सोचेको हुन्छन छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै। दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन्।…
काठमाडौंः प्रधानमन्त्रि केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौ बोलाएका छन्। आइतबार संघीय सरकारका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका सचिवहरुलाई प्रदेश सरकार सञ्चालनका विषयमा निर्देशन दिनका लागि काठमाडाैँ बाेलाएका हुन्। प्रदेश सरकार सञ्चालनमा अन्यौलता रहेका बेला प्रदेश सरकार सञ्चालनका लागि सहजिकरण गर्न मुख्यमन्त्री सहित उच्च अधिकारीहरुलाई छलफलका लागि…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले कारागरहरूलार्इ सुधार गृहको रूपमा विकास गर्ने बताएका छन्। मंगलबार बिहान सेन्ट्रल जेल सुन्धारा र डिल्लिबजार कारागारको निरिक्षण गरेपछि उनले यस्तो बताएका हुन्। गृहमन्त्री थापाले कारागारको भौतिक संरचना निकै कमजोर रहेको, बासस्थानको राम्रो व्यवस्था नभएको प्रति दुःख व्यक्त गरे। गृहमन्त्री थापाले कारागार यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक…
काठमाडौं: एपेक्स बैंकको आर्थिक घोटलामा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार कृवेन्द्र श्रेष्ठ, प्रमोद भट्टराई र सजल बज्राचार्यलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई बनेपा, भट्टराईलाई बालुवाटार र बज्राचार्यालाई बागबजारबाट पक्राउ गरेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जनकारी दिए। शनिवार मात्र प्रहरीले काठमाडौंको बानेश्वरबाट तत्कालीन बैंकका संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको थियो। एक अर्ब ५० करोड रुपैयाँ…
नयाँ दिल्लीः इराकमा वेपत्ता ३९ भारतीयको मृत्यु भइसकेको भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पुष्टि गरेकी छन्। मंगलबार विहान भारतको राज्यसभामा विशेष सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले इराकमा वेपत्ता भएका ३९ भारतीय नागरिकहरुको मृत्यु भइसकेको जानकारी दिएकी हुन्। अघिल्लो राज्यसभा बैठकमा भारतीय काँग्रेसका राज्यसभा सदस्य प्रताप सिंह वाजवाले हराइरहेका नागरिकहरुको विस्कृत विवरण हरजीत मासीसँग रहेको दाबी गरेका थिए। विदेशमन्त्री स्वराजले आफूले मासीसँग…
काठमाडौं: प्रतिनिधि सभामा रहेका पाँचवटा राष्ट्रिय दल मध्ये चारवटाको संसदीय दलको निर्वाचन भइसकेको छ। दलको नेतासमेत चुनिएका छन्। तर, संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको निर्वाचन हुन सकेको छैन। अहिलेसम्म राजपाको संसदीय दलको बैठक बस्न सकेको छैन। राजपाका सांसदहरुबीच राष्ट्रपतिको निर्वाचनका दिन अनौपचारिक छलफल मात्र भएको थियो। संसदीय दलको निर्वाचनबारे राजपाका सांसद अकवाल मियाले पहिलोपोस्टसँग…
सुरुङ्गाः कसका बुबा आमाले सोचेको हुन्छन छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै। दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन्। बुद्धशान्ति गाउँपालिकाको…
ढाकाः बंगलादेशको उच्च अदालतले थुनामा रहेकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियाले गरेको अपिललार्इ अस्वीकार गरिदिएको छ। उनले जमानतमा रिहा हुन अदालतसमक्ष अपिल गरेकी थिइन्। उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ। अदालतको यो निर्णयसँगै बंगलादेशको राजनीतिक संकट झनै गहिरिएको छ। आगामी डिसेम्बरमा हुन लागेको आमनिर्वाचन अघि नै उनलाई जमानतमा रिहा गरिएमा निर्वाचनको समयमा सहजता हुने…