PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैनः प्रधानमन्त्री ओली

    आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैनः प्रधानमन्त्री ओली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले  आज ललितपुरको सानेपामा आयोजना गरेको  तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशकअघि  सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारभित्रै पार्किङ बेथिति: हेर्नुस फोटोमा, प्रहरी भन्छन्-सिंहदरबारका साँढेहरुसँग सकिन्न

    सिंहदरबारभित्रै पार्किङ बेथिति: हेर्नुस फोटोमा, प्रहरी भन्छन्-सिंहदरबारका साँढेहरुसँग सकिन्न

    लक्ष्मण न्यौपाने काठमाडौं: चैत ४ गते दिउँसो साढे १ बजे सानो कामले सिंहदरबार पुगेको थिएँ। कामले भन्दापनि मेरो ध्यान त्यहाँको सवारी साधन पार्किङले तान्यो। नीति नियम सिकाउने देशकै प्रमुख प्रशासनिक केन्द्र, ठुलाठुला कार्यालय, ठुलै नेता र ठुला कर्मचारीको कार्य स्थलमा सवारी पार्किङ जथाभावी तरिकाले गरिएको थियो।    मन्त्रालय अगाडिका फुटपाथ र जेब्रा क्रसिङमै सचिव र मन्त्रीका सवारी साधन पार्किङ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

    एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

    काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न ललितपुर उच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ। भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले बिहीवार सो निर्णय गरेको हो। दुबै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट बञ्चित गरेको भन्दै उजुरी दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माणको ७७ प्रतिशत काम पूरा

    रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माणको ७७ प्रतिशत काम पूरा

    रसुवाः उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ। हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ। खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक एवं ३०० मजदूरले काम गरिरहेका छन्। सन् २०१४ देखि भूमिगत…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा एक वर्षमा पुगे पाँच प्रजिअ

    हुम्लामा एक वर्षमा पुगे पाँच प्रजिअ

    हुम्लाः यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म कार्यरत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आएका थिए। विसं २०७४…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयनबाटै दलितका अधिकार स्थापित हुन्छनः प्रम ओली

    संविधान कार्यान्वयनबाटै दलितका अधिकार स्थापित हुन्छनः प्रम ओली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन्। ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद् रहेको बताएका छन्। ‘सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउँने आधार तय गर्ने छ’ प्रधानमन्त्री ओलीको…

    विस्तृतमा पढ्नुस्

  • छुरा प्रहार गरी थापागाउँमा एक व्यक्तिको हत्या, घटनामा संलग्न तीनजना प्रहरी नियन्त्रणमा 

    छुरा प्रहार गरी थापागाउँमा एक व्यक्तिको हत्या, घटनामा संलग्न तीनजना प्रहरी नियन्त्रणमा 

    काठमाडौँः काठमाडौँको थापागाउँमा एक व्यक्तिको हत्या भएको छ। सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षिय पुरुषोत्तम सेढाइको हत्या भएको हो।  महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार सेढाइको गएराति करिव २–३ बजेको चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु भएको हो।  सन्जीव राई, अशोक लिम्वु र रोहित चौधरी समेत तीनजना मिलेर घरमा तरकारी काट्ने छुरा प्रहार गरी सेढाइको हत्या गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल हुँदै

    प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल हुँदै

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आज छलफल हुँदैछ। मुख्यमन्त्रीहरुले कर्मचारी व्यवस्थापन र कानुन अभावका कारण प्रदेश सरकार व्यवस्थापनमा कठिनाइ भएको बताएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि मुख्यमन्त्रीलाई बोलाएका हुन्। बिहान ११ बजे छलफलको समय तय भएको छ। छलफलमा प्रदेश सरकार सञ्चालनमा एकरुपता ल्याउने, आर्थिक तथा कानुनी संरचनाको निर्धारण गर्ने लगायतका विषय समेटिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • युएस बंगला विमान दुर्घटनाः छानविन समितिले सक्यो घाइतेसँगको बयान

    युएस बंगला विमान दुर्घटनाः छानविन समितिले सक्यो घाइतेसँगको बयान

    काठमाडौं: यूएस बांगला एयरलाइन्सको विमान दुर्घटनाबारे गठित छानविन समितिले तीन साताभित्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने भएको छ। विमान दुर्घटना भएको भोलिपल्ट देखि नै काम सुरु गरेको समितिले पहिलो चरणमा घाइतेसँग बयान लिइसकेको छ। समिति अध्यक्ष यज्ञप्रसाद गौतमले घाइतेसँगको बयना सकिएको जनाकारी दिए। अस्पतालमा उपचाररत घाइतेहरुले विमान ल्यान्ड गर्ने क्रममा पिचमा टच गर्दासम्म आफूलाई थाहा भएको त्यसपछि भने कुनै पनि जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी मेसमा खाना खाएपछि गृहमन्त्रीले भने: रासन विभेद हटाउन पहल गर्छु

    प्रहरी मेसमा खाना खाएपछि गृहमन्त्रीले भने: रासन विभेद हटाउन पहल गर्छु

    काठमाडौं: गृहमन्त्री रामबहादुर थापा आज बिहानै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगे। मन्त्री थापा प्रहरी वृत्त निरिक्षणको लागि  पुगेका थिए। मन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरे। त्यसपछि उनी लागे प्रहरी मेस तिर। जहाँ प्रहरीहरु लाइनमा बसेर खाना खाइरहेका थिए। मन्त्री थापालाई देख्ने वितिकै प्रहरी जवानहरु उठे। त्यसपछि उनले सबैलाई बस्न आग्रह गरे।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा, समीक्षा बैठक स्याफ्रुबेंसीमा

    कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा, समीक्षा बैठक स्याफ्रुबेंसीमा

    नुवाकोट: नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुदैछ।  सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले बताए। “सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ,” पुडासैनीले भने।  “पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको यो सम्मेलनले पार्टीलाई थप सुदृढ र बलियो बनाउन सहयोग पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • रोबोट 'सोफिया' भन्छिन्: भ्रष्टाचार नियन्त्रणको उपाय टेक्नोलोजी

    रोबोट 'सोफिया' भन्छिन्: भ्रष्टाचार नियन्त्रणको उपाय टेक्नोलोजी

    काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियाले टेक्नोलोजीबाट भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताएकी छन्। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)द्वारा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियाले प्रविधिको प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताइन्। दिगो विकासको लक्ष्य पुरा गर्न प्रविधि महत्वपूर्ण हुने बताउँदै सोफियाले भनिन्, ‘प्रविधिको प्रयोगबाट शिक्षा, स्वास्थ्यमा सहयोग हुन सक्छ। सीमान्तकृत समुदायलाई पनि सहयोग हुन सक्छ। रगत…

    विस्तृतमा पढ्नुस्

  • सुन व्यापारीको हत्या गरी फरार रहेका 'सार्प सुटर' पासवान पक्राउ

    सुन व्यापारीको हत्या गरी फरार रहेका 'सार्प सुटर' पासवान पक्राउ

    सर्लाहीः गोली प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  सर्लाही  ४५ वर्षीय उमेश पासवानलाई सर्लाही प्रहरीले मंगलबार लालबन्दी नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी महसुद आलम खानले बताए। प्रहरीको खोजी सुचीमा रहेका पासवानलाई डिएसपी राजेश थापा, प्रहरी निरिक्षक अनिल ठकुरी र सई राजेश यादवको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीकाअनुसार पासवान 'सार्प सुटर'…

    विस्तृतमा पढ्नुस्

  • सातै मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन: असफल हुने छुट कसैलाई छैन

    सातै मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन: असफल हुने छुट कसैलाई छैन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अबको जाडोमा प्रदेश २ मा कोही पनि मर्न नपर्ने दाबी गरेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बुधबार सिंहदरबारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्। ‘अब प्रदेश २ मा, जाडोले कोही मर्नु हुँदैन्, तराईमा शितलहरका कारण जनताहरु मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि अहिले देखि नै योजना बनाएर काम थाल्नुस, जाडो यामसम्म आइपुग्दा परिणाम…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाटै आयो म्यानमारका राष्ट्रपति हतिनको राजिनामा

    फेसबुकबाटै आयो म्यानमारका राष्ट्रपति हतिनको राजिनामा

    म्यानमारः म्यानमारका राष्ट्रपति हतिन क्यावले पदबाट राजिनामा दिएका छन्। बुधबार विहान उनले फेसबुकबाट राजिनामा सम्बन्धि जानकारी सर्वाजनिक गरेका हुन्। राष्ट्रपति कार्यालयले आज सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै राष्ट्रपति क्यावले २१ मार्च देखि लागु हुने जानकारी गराएको हो।  सूचनामा राष्ट्रपतिले राजनीतिक कामबाट आराम चाहेको बताइएको दी गार्जियनले जनाएको छ।  राष्ट्रपति कार्यालयले सात दिन पछि नै नयाँ राष्ट्रपति चयनका लागि चुनाव…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार

    दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार

    काठमाडौं : दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार नुवाकोटस्थित कोल्पुटार, बेलकोटगढी-५ मा हुँदैछ। 'जे गरौं गज्जबले गरौं' भन्ने नाराका साथ  हुन लागेको उक्त रेसमा १३.४ किलोमिटरको महिला/ पुरुष दौड र ४.५ किलोमिटरको रन फर फन रेस हुनेछ। मुख्य विधाको रेस कोल्फुटार, बेलिनि, राजोदार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ। यस रेसको विजेताले १५ हजार, दोस्रो हुनेले १० तथा तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु? 

    बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु? 

    राधेश्याम दाहाल- नेपालले क्रिकेटमा एकदिवसीय खेल्ने अवसर ओडिआई(वान डे इन्टरनेसनल स्टाटस) पाएपछि सामाजिक सञ्जाल लगायत विधिन्न स्थानमा नेपाली टोलीको प्रशंसा हुन थाल्यो। धेरैले अब नेपालले ठूला टिमलाई हराएको हेर्ने चाहना व्यक्त गरे भने केहीले खेलेको हेर्न चाहे। केहीले भारतलाई नै हराएको हेर्ने चाहना व्यक्त गरे। वान डे स्टाटस पाउने बित्तिकै सबै कुरा एकैपटक भइहाल्ने होइन। एक दुई पटक हामीले जित…

    विस्तृतमा पढ्नुस्

  • अपाङ्ग किशोरी बलात्कार अभियोगमा समातिए ५ जना

    अपाङ्ग किशोरी बलात्कार अभियोगमा समातिए ५ जना

    काठमाडौं : अपाङ्ग किशोरी बलात्कारको अभियोगमा पाँच जनालाई प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईँ छन्।  गत फागुन १७ गते साँझ बल्खु चोकबाट बा ४ ख ३८५१ नम्बरको बस चढेकी उनलाई बसुन्धरास्थित एक ग्यारेजमा पुर्‍याएर सामुहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अभियुक्त घिमिरेले ललितपुर हरिसिद्धीस्थित कोठामा ६ दिनसम्म बन्धक…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सीलाई मोदीको ‘फोन कल’

    बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन्।  सी शनिबार चीनको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। मंगलबार साँझ भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरी बधाई दिएको सिन्ह्वाले जनाएको छ।  ‘मोदीले सीलाई पुनः चीनको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिए,’ समाचारमा भनिएको छ, ‘मोदीले अगाडि भनेका छन्, भारत र चीन दुबै विश्वलाई प्रभाव…

    विस्तृतमा पढ्नुस्

  • याक एन्ड यतिमा सोफिया हेर्न आउनेको भिड: समस्या आएकोले भेट्न नसक्ने युएनडिपीको भनाई

    याक एन्ड यतिमा सोफिया हेर्न आउनेको भिड: समस्या आएकोले भेट्न नसक्ने युएनडिपीको भनाई

    काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबोट 'सोफिया'सँग भेट्नका लागि २ बजेको समय तोकिएको थियो। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले काठमाडौंको याक एन्ड यति होटलमा ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियालाई ल्याएको थियो। उनै सोफियासँग भेट्न सर्वसाधारण होटलमा आइपुगे। तर, सोफिया सार्वजनिक भइनन्। भेट हुने भनी तोकिएको साढे एक घन्टापछि युएनडीपीले आफ्नो ट्विटरमार्फत प्राविधिक समस्या आएकाले भेट्न नसकिने जनाउँदै माफी मागेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell