PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • ३५ वर्षपछि जिम्बावे वर्ल्डकपमा छनोट हुन असफल

    ३५ वर्षपछि जिम्बावे वर्ल्डकपमा छनोट हुन असफल

    काठमाडौं : सन् १९८३ देखि निरन्तर क्रिकेट वर्ल्डकप खेलिरहेको जिम्बावे ३५ वर्षपछि वर्ल्डकपमा छनोट हुन असफल भएको छ। घरेलु भूमिमा भइरहेको क्वालिफायर अन्तर्ग सुपर सिक्सको 'मस्ट विन गेम'मा युएईसँग ३ रनले पराजित भएपछि लगातार दशौँ पटक वर्ल्डकप खेल्ने जिम्बावेको चाहना अधुरो रह्यो। आइसीसीको १२ फुल मेम्बर राष्ट्रमध्ये वर्ल्डकपमा छनोट नहुने जिम्बावे सबैभन्दा ठूलो टिम समेत बनेको छ। हरारेमा टस हारेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    वीरगंजः वीरगंज-पथलैया सडकखण्डको सिमरामा आज बिहान ना ७ ख २३३९ नम्बरको ट्रिपरले ना १९ प ३८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर मनहरीका लक्ष्मण लामा रहेका छन्। लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान करिव साढे ९ बजे दुर्घटना भएको हो। ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली भ्रष्टाचारको आरोपमा पक्राउ

    दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली भ्रष्टाचारको आरोपमा पक्राउ

    सोलः दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश जारी गरेसँगै बिहीबार उनलार्इ प्रहरीले पक्राउ गरेको छ।  सोलस्थित एक जिल्ला अदालतले उनलार्इ भ्रष्टाचारको अभियोगमा पक्राउ गरी अनुसन्धान थाल्न आदेश दिएको थियो।  उनी सन् २०१३ सम्म राष्ट्रपति भएका थिए। उनले भ्रष्टाचार आरोपहरू आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।  लीलाई लागेका आरोपमध्ये केहीमा…

    विस्तृतमा पढ्नुस्

  • एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने

    एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने

    काठमाडौँः माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुर हुँदैछ। परीक्षामा चार लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन्।  नयाँ संविधान र शिक्षा ऐन अनुसार प्रदेशस्तरको क्लष्टर हुनेगरि परीक्षा सञ्चालन गर्नु पर्ने व्यवस्था भए पनि तयारी अभाव भन्दै केन्द्रीकृत रुपमा नै परीक्षा सञ्चालन गरिएको हो। यो पटक प्रदेशको सट्टा जिल्लालाई क्लष्टरका रुपमा विभाजित गरिएको छ। परीक्षा बोर्डले नतिजा भने गत वर्ष नै…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा जिप दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

    रुकुममा जिप दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

    रुकुमः रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु १ ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतककी श्रीमती २७…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा राहदानी बनाउनेको संख्या घट्यो

    पर्सामा राहदानी बनाउनेको संख्या घट्यो

    पर्साः पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो। आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा चालू आवको सोही अवधिमा कार्यालयबाट चार हजार ४५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ। गत आवको…

    विस्तृतमा पढ्नुस्

  • कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्यो, परीक्षा जेठ २६ र २७ गते

    कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्यो, परीक्षा जेठ २६ र २७ गते

    काठमाडौँः कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ।  १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई…

    विस्तृतमा पढ्नुस्

  • बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँः काठमाडौँको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  गएराति सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।  मृत्यु हुनेमा नुवाकोट बेलकोट नगरपालिका ३ घर भएका २१ वर्षीय सुनील पुडासैनी रहेका छन्। गम्भीर घाइते भएका पुडासैनीको शिक्षण अस्पताल महराजगंज मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई भने 'भ्रष्टाचारी सम्मानित भएको इतिहास छैन'

    प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई भने 'भ्रष्टाचारी सम्मानित भएको इतिहास छैन'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्तासँग छलफल गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको ६ घन्टा लामो छलफलमा ओलीले मुख्यमन्त्रीलाई केन्द्र र प्रदेश सरकारको अबको लक्ष्य आर्थिक विकास र समृद्धि भएको बताए। प्रधानमन्त्रीले सो अवसरमा सरकारका प्राथमिकता र आवश्यकताका १९ बुँदे निर्देशन पनि मुख्यमन्त्रीलाई सुनाए। प्रधानमन्त्रीले मात्र हैन ६ घन्टा लामो बैठकमा प्रदेशका सरकार…

    विस्तृतमा पढ्नुस्

  • एसईई परीक्षा केन्द्र निरीक्षणमा शिक्षामन्त्री पोखरेल, हेर्नुस् फोटोमा

    एसईई परीक्षा केन्द्र निरीक्षणमा शिक्षामन्त्री पोखरेल, हेर्नुस् फोटोमा

    काठमाडौँः माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु भएको हो। योपटक झण्डै पाँच लाख विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।  बिहीबारदेखि सुरु भएको परीक्षाको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका छन्। मन्त्री पोखरेलले पुरानो बानेश्वरस्थित रत्नराज्य मावि परीक्षा केन्द्रमा पुगेर परीक्षा अनुगमन गरेका हुन्।  एसईईका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्रयाक निरीक्षणमा रक्षामन्त्री पोखरेल

    फास्ट ट्रयाक निरीक्षणमा रक्षामन्त्री पोखरेल

    काठमाडौंः रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौँ निजगढ फास्ट ट्रयाक निर्माणको प्रगतिबारे जानकारी लिन स्थगलत अवलोकनमा पुगेका छन्। मन्त्रालयका सचिव,  सेनाका उच्च अधिकारीसहित  मन्त्री पोखरेल अनुगमनमा निस्किएको उनका सचिवालय सदस्य आरसी लामिछानेले बताए। उनी बिहान ८ बजे निरीक्षणका लागि निस्किएका हुन्। काठमाडौँ तराई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा हेरिएको फास्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। विवादबीच सेनाले उक्त आयोजना निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • वेष्ट इन्डिज वर्ल्डकपमा छनोट, स्कटल्याण्ड अभागी

    वेष्ट इन्डिज वर्ल्डकपमा छनोट, स्कटल्याण्ड अभागी

    सन् २०१९ मा इंग्ल्याण्डमा हुने वान डे क्रिकेट वर्ल्डकपका लागि वेष्टइन्डिज छनोट भएको छ। जिम्बावेमा भइरहेको क्वालिफायर अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई डिएल मेथडमा ५ रनले पराजित गरेपछि वेष्ट इन्डिजले फाइनल प्रवेश गर्दै वर्ल्डकपमा छनोट भएको हो। हरारे स्पोर्ट्स क्लबमा वर्षाका कारण खेल रोकिएपछि वेष्ट इन्डिजले वर्ल्डकपमा स्थान पक्का गर्दा स्कटल्याण्ड अभागी बन्यो। १९९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • जातीय विभेदविरुद्ध रक्तदान

    जातीय विभेदविरुद्ध रक्तदान

    काठमाडौं: जातीय विभेद विरुद्ध साझा अभियान-नेपाल काठमाडौंले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस-२०१८ मार्च २१ को अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।  उक्त रक्तदान कार्यक्रमका ३० भन्दा बढीले रगतदान गरेका थिए। नेपाली समाजमा बिद्यामान रहेको जातीय विभेद अन्त्य गर्न युवाहरु एक भएर सामाजिक बिकृति र छुवाछूतबिरुद्ध एक भएर अगाडि बढ्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • लियोनल मेसीको 'मेसीआर्ट' बनाएर नेपालका सनिल बने विश्वकै उत्कृष्ट

    लियोनल मेसीको 'मेसीआर्ट' बनाएर नेपालका सनिल बने विश्वकै उत्कृष्ट

    काठमाडौं : नेपालका सनिल चित्रकारले बनाएको लियोनल मेसीको प्रोट्रेट 'मेसीआर्ट' विश्वमै उत्कृष्ट घोषित भएको छ। बार्सिलोना पाड्रिएट्रिक क्यान्सर सेन्टरको नयाँ भवन बनाउनको मेसीको प्रोट्रेट बनाउने क्याम्पियन लन्च गरिएको थियो। त्यसैका लागि नेपालका सनिलले बनाएको लियोनल मेसीको पोट्रेट विश्वमै उत्कृषट ठहरियो। मेसीले आफ्नै अफिसियल फेसब्क पेज मार्फत सनिल उत्कृष्ट भएको घोषणा गरेका हुन्। ३५ वर्षीय सनिलले बनाएको उक्त पोट्रेटमा विश्वभरका २५…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापतिमा पोखरेल चयन

    प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापतिमा पोखरेल चयन

    काठमाडौं: प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सभापतिमा कृष्णभक्त पोखरेल चयन भएका छन्।  बिहीबार समितिको बैठकबाट सर्वसम्मतिले एमालेका पोखरेललाई सभापति चयन गरेको समितिका सदस्य बृजेश गुप्ताले पहिलोपोस्टलाई बताए। फागुन १२ गते प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको थियो। समिति १३ सदस्यीय समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी,…

    विस्तृतमा पढ्नुस्

  • जेलमा रहेका बालकृष्ण ढुंगेलको एल्बम पार्टी प्यालेसमा विमोचन 

    जेलमा रहेका बालकृष्ण ढुंगेलको एल्बम पार्टी प्यालेसमा विमोचन 

    काठमाडौं: जनयुद्धकालिन मुद्दामा दोषी ठकर भई जेल परेका माओवादी नेता बालकृष्ण ढुङ्गेलको गीति एल्बम विमोचन भएको छ। बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका छन्। ‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका छन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र…

    विस्तृतमा पढ्नुस्

  • अोमानमा अलपत्र ८ नेपालीको उद्धार

    अोमानमा अलपत्र ८ नेपालीको उद्धार

    काठमाडौं : ओमानमा अलपत्र ८ नेपालीलाई नेपाल फिर्ता पठाइएको छ। त्यहाँको सोहारस्थित मुवार्दा बाढी हवी मोर्डन ट्रेडमा काम गर्न अनेष्टि ओभरसीजबाट ओमान पुगेका नेपालीलाई उद्दार गरी नेपाल फिर्ता पठाइएको थियो।  त्यहाँ काम गर्न १९ नेपाली पुगेका थिए। जसमध्ये ११ जना नेपालीलाई यसअघि नै नेपाल फिर्ता पठाइएको थियो।  कम्पनीले करार सम्झौता बमोजिम सुविधा नदिएर अलपत्र परेका उनीहरूलाई मस्कटस्थित नेपाली दूतावासले उद्धार गरी…

    विस्तृतमा पढ्नुस्

  • कपनको कागज कारखानामा आगलागी

    कपनको कागज कारखानामा आगलागी

    काठमाडौं: बुढानिकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीमा आगलागी भएको छ। 'नेपाली कागज कारखानामा आगलागी भएको हो,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक तेजबहादुर कुवँरले जानकारी भने।  नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कुचुक्क कोठामा कोचेको कारण 'श्रीदेवी' नामको भालुको मृत्यु

    कुचुक्क कोठामा कोचेको कारण 'श्रीदेवी' नामको भालुको मृत्यु

    काठमाडौं : फोहोर र साँघुरो ठाउँमा राखेका कारण श्रीदेवी नामको एक भालुको मृत्यु भएको छ। राम्रो नाच्ने भालुको रूपमा चिनिने 'श्रीदेवी'को सदर चिडियाखाना जाउलाखेलमा कुचुक्क परेको ठाउँमा राखिएको कारण मृत्यु भएको पशु अधिकारवादीले जनाएका छन्। मनोरञ्जनमा प्रयोग गरिरहेको अवस्थामा गत वर्षको डिसेम्बरमा तराईबाट उद्धार गरिएको दुई भालुमध्ये एकको मृत्यु भएको हो। १९ वर्षको भाले भालु रंगिला र १७ वर्षको पोथी…

    विस्तृतमा पढ्नुस्

  • नेपालले अप्रिल १ मा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले अप्रिल १ मा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग खेल्न लागेको हो। त्यसअघि नेपालले मार्च २७ मा एएफसी एसियन कप क्वालिफायर अन्तर्गत यमन विरुद्धको दोस्रो लेगको खेल खेल्दैछ। नेपाली टोली मार्च २५ मा कतार प्रस्थान गर्नेछ। यमनसऊको खेलमा लागि मुख्य प्रशिक्षक कोजीले २० सदस्यीय टोली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell