नुवाकोटः भूकम्पले आवासमा क्षति र त्यसपछिको सुख्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी-१ उर्लेनी काल्चेका पीडितहरू सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको दुई लाख रुपैयाँको लगानीमा तादी-३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितमध्ये २२ परिवारले एकीकृत बस्तीको जग बसालेका छन्। विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका सुख्खा पहिरोबाट विस्थापित जीवन बिताउँदै आएकाहरुलाई पुनःस्थापना…
काठमाडौं: काठमाडौं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले न्याय माग्दै अदालतको ढोका पुग्ने पीडित थरर हुने अवस्था अन्त्य हुने बताएका छन्। तामाङ सञ्चार समूहको पाँचौ अधिवेशन उद्घाटन गर्दै मन्त्री तामाङले पीडक चाहि खुसी भएर निस्कने र पीडित चाहि निराश भएर फर्कने अवस्था बन्द अब बन्द हुने बताएका हुन्। काठमाडौंको अनामनगरस्थित तमु बौद्ध समाजको भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…
काठमाडौंः रक्षामन्त्री ईश्वर पोखरेलले सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं. २ ले गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। ‘पार्टीको छाता ओढेर सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको छ,’ उनले भने, ‘सार्वजनिक सम्पतिको संरक्षणका लागि अब स्थानीय लाग्नुपर्छ, स्थानीय तहले सार्वजनिक सम्पतीको अतिक्रमण रोक्न नेतृत्व गर्नुपर्छ।’ उनले शान्ति सुरक्षाको लागि…
काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले प्रदेशका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। पपाँच ओटा प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गरेको छ। आज पार्टी अध्यक्ष पुषकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको हेडक्वटरका बैठकले प्रदेश १, २, ४, ५ र कर्णाली प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो। सरकार बिस्तारपछि प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि पार्टीले प्रदेश इञ्र्चाजहरुको जिम्मेवारी परिवर्तन गर्ने निर्णय…
काठमाडौँः नक्कली परिक्षार्थी बनेर नेपाली सेनाको परीक्षा दिइरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। सेनाले पदपूर्तिको लागि शनिवार लिएको परीक्षामा विभिन्न परिक्षाकेन्द्रवाट नक्कली विद्यार्थी पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ पर्नेहरुमा ८ महिला ३ पुरुष रहेका छन्।
नयाँ दिल्लीः भारतको विशेष अदालतले विहारका मुख्यमन्त्री लालु यादवलार्इ १४ वर्षको जेल सजाय सुनाएको छ। चारा घोटाला प्रकरणमा उनलार्इ अदालतले १४ वर्षको जेल सजाय सुनाएको हो। योसँगै उनलार्इ ६० लाख रुपैयाँ समेत जरिवाना लगाइएको छ। चारा घोटाला केसमा जोडिएको दुमका ट्रेजरी केसमा सीबीअार्इको विशेष अदालतले उनलार्इ १४ वर्ष जेल सजायसहित ६० लाखको जरिवाना समेत सुनाएको हो। अदालतका वकिलका अनुसार उनलाई…
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजे बस्नेगरी स्थगित भएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले धारणा प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हारको समीक्षका लागि शनिबारबाट शुरु भएको केन्द्रीय समितिको पहिलो दिन पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला…
ज्लाटन इब्राहिमोभिचले प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेको घोषणा गरेका छन्। सन् २०१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट म्यानचेष्टर पुगेका इब्राहिमोभिचले दुई वर्ष युनाइटेडका लागि खेल्दै ५३ खेलमा २९ गोल गरेका थिए। २०१७ को अप्रिलमा लिगामेन्टको शल्यक्रिया गरेप५ ३६ वर्षीय इब्राहिमोभिचले ७ खेल मात्र खेलेका थिए। सामाजिक सञ्जाल इन्टाग्राममा युनाइटेड छाड्नेबारे इब्राहिमोभिचले लेखेका छन्। दुई सिजन युनाइटेडमा बिताएपछि अब…
नयाँ दिल्लीः चीन र भारत सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहमति भएका छन्। भारत चीन सीमा मामिलामा बनेको द्विपक्षीय परामर्श समितिको ११ अाैँ बैठकमा दुर्इ देशबिच यस्तो सहमति भएको हो। दुर्इ देशबिच सीमा सुरक्षा बलको सम्बन्ध सुदृढ गर्नका लागि निरन्तर सम्बाद र भ्रमणको अादानप्रदान गर्ने सहमति भएको बताइएको छ।
नयाँ दिल्लीः भारतका भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारे पुनः रामलिला मैदानमा सत्याग्रह सुरु भएका छन्। उनले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै अन्नाले सत्याग्रह सुरु गर्न लागेका हुन्। उनले सत्याग्रह सुरु गर्नुपूर्व महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर महात्मा गान्धी प्रति श्रद्धाञ्जली अर्पण गरे। यसअघि सन् २०११ मा रामलिला मैदानमा अनसन बसेका हजारेको यसपटकको सत्याग्रह भने फरक हुने छ। यस पटक मञ्चमा…
नुवाकोटः दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ। अदालतले विभिन्न मुद्दाको कैद लगत ३७ वर्ष तोके पनि लामाले अधिकतम तोकिएको कैद भुक्तान गरे पुग्छ। जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको…
काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत यमन विरुद्ध खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली यही आइतवार कतारको दोहा प्रस्थान गर्दैछ। टोलीलाई शुक्रवार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मंगलवार यमनसँग दोस्रो लेगको खेल दोहाको सुहइम बिन स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। यसअघि काठमाडौंमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको…
काठमाडौं : हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रोक्सन हाउस महसञ्चारले दशक लामो अन्तरालमा बनाएको फिल्म शत्रु गते आज रिलिज भएको छ। 'शत्रु गते'ले मल्टिप्लेक्समा सबैभन्दा धेरै सो पाएको छ। पाएको सोअनुसार फिल्म केही दिनमात्रै टिक्ने हो भने बक्स अफिसमा यसले उल्लेख्य उपलब्धी हासिल गर्न सक्छ। हास्य विधाको फिल्मको रुपै मोहनी... गीत चर्चित भइसकेको छ। किरण केसी निर्माता रहेको फिल्मको निर्देशन…
काठमाडौं : पर्याप्त यात्रु नपाएर उडान रोकेको वुद्ध एयरले काठमाडौंबाट सुर्खेत सोझो उडान सुरु गर्ने भएको छ। मुगुको रारामा पर्यटकीय गतिविधि बढ्ने क्रम सुरु भएसँगै बुद्धले थाल्ने उडानले पर्यटकले सुविधा पाउने छन्। यसअघि नेपालगञ्जबाटमात्र उडान गर्दै आएका थिए। मध्य पश्चिमका पहाडी जिल्लाबाट अधिकांश विमान सुर्खेत विमानस्थल झर्ने भएकाले बुद्धको सोझो उडानले यात्रुलाई सुविधा पुग्नेछ। कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई…
काठमाडौं : भूमि सुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल मोही नामसारीका लागि १० हजार रुपैयाँ घुस लिँदै गर्दा समातिएका छन्। कार्यालयको ट्वाइलेट अगाडिबाट घुसको रकम बुझ्दैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भुजेललाई समातेको हो।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा हारको समीक्षा जारी छ। आज बसेको बैठकमा सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफ्नो सुझाव पेश गरे। २४ बुँदे सुझावमा सिंहले कांग्रेसको हारमा एउटा पक्षलाई मात्र दोष लगाउन नहुने भन्दै आफूले भने पार्टी सभापति शेरबहादुर देउवातिर हारको दोष थोपरेका छन्। यस्ता छन् देउवामाथि प्रकाशमानका निशाना १. प्रचण्डपुत्रीलाई मेयर सुम्पिनु सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा हाम्रा…
काठमाडौं : सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडिबाट चोरिएको मोटरसाइकल प्रहरीले जफत गरेको छ। साथै चोरीमा संलग्न दुई जनालाई पक्रेको छ। पार्किङमा राखेको बा १ ब ९९१३ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल चैत १ गते चोरी भएको थियो। पक्राउ पर्नेहरुमा त्यही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ ३० वर्षीय…
काठमाडौं: नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका परकम्प जाने गरेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा परकम्प जाने गरेको हो। गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार परकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन्। केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा,…
काठमाडौं: काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। आमा ह्योल्मो समितिको बा २ ख ४३२५ नम्बरको बस बाहुनेपाटी नजिकै तामाखानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये एक जना मेलम्ची नगरपालिका–१० का ४४ वर्षीय चन्द्रबहादुर देउजा रहेको र बाँकीको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहन पोखरेलले…
काठमाडौं: सिरहाको लहान नगरपालिकामा रहेको सुनचाँदी पसलमा विस्फोट हुँदा सात वर्षीय बालकसहित ८ जना घाइते भएका छन्। दुर्गा मन्दिर नजिकैको विकास ट्रेडर्समा एक बजेतिर विस्फोट भएको हो। विस्फोटमा पसलका सञ्चालक विकास शारडा र उनका भाइ राहुल शरडासमेत घाइते भएका छन्। पसलमा काम गर्ने अस्मिता चौधरी र बबिता चौधरी घाइते भएको प्रहरीले जनाएको छ। पसलमा सुन किन्न आएका कासिन्द्र यादवका छोरा…