PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • यी हुन् काठमाडौं गोल्डेन्सबाट डीपीएल खेल्ने दुई विदेशी खेलाडी

    यी हुन् काठमाडौं गोल्डेन्सबाट डीपीएल खेल्ने दुई विदेशी खेलाडी

    काठमाडौं : यही चैत १७ गतेदेखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि काठमाडौं गोल्डेन्सले दुई विदेशी खेलाडीको नाम टुङ्गो लगाएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शनिवार विज्ञप्ती जारी गर्दै गोल्डेन्सले भारतबाट दुई खेलाडी ल्याउने जनाएको हो। डीसीएका अनुसार गोल्डनगेट एजुकेशन नेटवर्कको स्वामित्तमा रहेको काठमाडौं गोल्डन्सले भारतका जयकिसन कोल्सावाला र सन्नी पटेललाई टोलीमा अनुबन्ध गरेको…

    विस्तृतमा पढ्नुस्

  • बन्दुकमाथि नियन्त्रणको माग गर्दै अमेरिकामा लाखौँको प्रदर्शन

    बन्दुकमाथि नियन्त्रणको माग गर्दै अमेरिकामा लाखौँको प्रदर्शन

    वासिङ्टनः ४० दिन अगाडि फ्लोरिडामा एक स्कुलमा त्यहाँका पूर्व विद्यार्थीले गोली चलाउँदा १७ विद्यार्थीको मृत्यु भएको घटना पछि सुरु भएको प्रदर्शन शनिवार सम्म अाइपुग्दा एेतिहासिक मार्चमा बदलिएको छ। शनिवार 'गन कल्चर' विरुद्ध वासिङ्टनसहित अमेरिकाका ७०० भन्दा बढी सहरमा प्रदर्शन भएका छन्।  यी वासिङ्टनमा भएको प्रदर्शनमा पाँच लाख भन्दा बढीको सभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  अमेरिकामा भएको प्रदर्शनको समर्थनमा…

    विस्तृतमा पढ्नुस्

  • व्यापारी दम्पती हत्यामा संलग्न 'सुटर' भारतमा पक्राउ

    व्यापारी दम्पती हत्यामा संलग्न 'सुटर' भारतमा पक्राउ

    काठमाडौँ: आठ वर्षअघि बुटवलमा व्यापारी दम्पतीको हत्या गरी फरार भएका एक जना सुटरलाई प्रहरीले पक्राउ गरेको छ।  व्यापारी दम्पती रमेश भण्डारी र आस्था भण्डारीको हत्या गरी भारतमा लुकी बसेका अर्जुन गौतमलाई रुपन्देही प्रहरीले भारतबाट पक्राउ गरेको हो। पक्राउ परेका गौतमलाई नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेलले जानकारी दिए।  नेपाल प्रहरीको इन्टरपोल शाखाको रेडर्कनर नोटिसमा समेत रहेका गौतमलाई…

    विस्तृतमा पढ्नुस्

  • वाम एकताः विधान मस्यौदाको प्रतिवेदन अन्तिम चरणमा, यस्तो बन्दैछ पार्टीको संरचना

    वाम एकताः विधान मस्यौदाको प्रतिवेदन अन्तिम चरणमा, यस्तो बन्दैछ पार्टीको संरचना

    काठमाडौँः वाम एकताका लागि गठन भएको विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेका छ। फागुन ७ गते १५ दिनको म्यादसहित गठन भएको कार्यदलले प्रतिवेदनलाई टुंग्याउने गरी काम अगाडि बढाएको कार्यदलका सदस्य एवं एमाले नेता बेदुराम भुसालले जानकारी दिए। ‘सैद्धान्तिक विषयहरुमा मोटामोटी सहमति भएको छ, सैद्धान्तिक विषयहरुसँगै संगठनात्मक संरचनाको विषयमा छलफल चलिरहको छ,’ भुसालले पहिलोपोस्टसँग भने, ‘हामी छिट्टै प्रतिवेदन बुझाउँछौँ।’…

    विस्तृतमा पढ्नुस्

  • भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा ८ नेपाली खेलाडी

    भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा ८ नेपाली खेलाडी

    काठमाडौं : मार्च २७ तारिखदेखि भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष र ८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।   च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्दैछन्। प्रतियोगितामा पुरुषतर्फ गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेत तथा महिलामा विश्वरुपा बुढा, रेशु बस्नेत, सानुमाया कार्की…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने अब गायक पनि: यस्तो छ गीतको ट्रेलर

    सन्दीप लामिछाने अब गायक पनि: यस्तो छ गीतको ट्रेलर

    काठमाडौं : विपक्षी खेलाडीको विकेट लिदै क्रिकेट मैदान शनसनी मच्चाउने युवा क्रिकेटर सन्दीप लामिछाने अब गायक बन्ने भएका छन्। इन्डियन प्रिमियर लिग (आइपीएल) मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू गायक बन्न लागेको सार्वजनिक गरेका हुन्।   Singing has always been my second hobby. Here is my sincere attempt to explore my hobby through a song.…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियन खेलाडीले स्वीकार गरे 'बल टेम्परिङ', सरकारले भन्यो : स्मिथलाई कप्तानबाट हटाउ

    अष्ट्रेलियन खेलाडीले स्वीकार गरे 'बल टेम्परिङ', सरकारले भन्यो : स्मिथलाई कप्तानबाट हटाउ

    अष्ट्रेलियन क्रिकेट खेलाडी क्यामरन बेनक्रफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको तेस्रो दिन ‘बल टेम्परीङ’ गरेको स्वीकार गरेका छन्। बेनक्राफ्टले बल चम्काउनु अघि आफ्नो पकेटबाट केहि निकाल्दै गरेको टेलिभिजन स्क्रिनमा देखिएको थियो। बेनक्राफ्टले सो चिज पहेँलो टेप भएको स्वीकार गरेका छन्। यसका लागि आफूहरुले लन्च ब्रेकमा सल्लाह गरेको समेत उनले खुलासा गरेका छन्। बेनक्रफ्टले पकेटबाट उक्त टेप निकालेको र त्यसपछि प्यान्ट भित्र…

    विस्तृतमा पढ्नुस्

  • मन परेकीले 'दाइ' भन्दा चिन्ता? हेर्नुस् भिडियो

    मन परेकीले 'दाइ' भन्दा चिन्ता? हेर्नुस् भिडियो

    काठमाडौं : गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको स्वरमा नयाँ गीत 'दाइ नभन्नू ल'को भिडियो सार्वजनिक भएको छ।  'क्रिष्टल क्लज डान्स क्रू'ले 'दाइ नभन्नु ल'को भिडियो निर्माण गरेको हो। गीतमा एकतारेको शब्द रहेको छ। त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ। गीतमा मन परेकी युवतीले 'दाइ' भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको 'पीडा' समेटिएको छ। सन्देश…

    विस्तृतमा पढ्नुस्

  • फोरमका नेताहरु चीनतिर

    काठमाडौं : सरकारमा सहभागिताका विषयमा छलफल जारी रहेकै बेला संघीय समाजवादी फोरम नेपालका नेताहरु चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा फोरमकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको हो। फोरमको टोली आजै राती ११ बजे उड्दैछ। यादवसहित चार जना प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदीप यादव, डा.सुरेन्द्र यादव तथा राष्ट्रिय सभा सदस्य रामपृत यादव टोलीमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • स्मिथ र वार्नर कप्तान र उपकप्तानबाट हटे

    स्मिथ र वार्नर कप्तान र उपकप्तानबाट हटे

    अष्ट्रेलियन टेष्ट क्रिकेट टिमका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई उनीहरुको पदबाट हटाइएको छ। दक्षिण अफ्रिका विरुद्ध केपटाउनमा जारी तेस्रो टेष्टका क्रममा बल टेम्परिङ गरेको स्वीकार गरेपछि दुवैलाई पदबाट हटाइएको हो। अब विकेटकिपर टिम पेनले टेष्टको बाँकी दुई दिन अष्ट्रेलियाको नेतृत्व गर्नेछन्। स्मिथ र वार्नरसँगको छलफलपछि उनीहरु टेष्टको बाँकी सयका लागि आफ्नो पदबाट हट्न सहमत भएङ्का हुन्। क्रिकेट अष्ट्रेलियाका…

    विस्तृतमा पढ्नुस्

  • सुपर डान्सर २ को उपाधी शर्मालाई, नेपालीमै भोट मागे पनि फिनालेमा असफल भए थापा

    सुपर डान्सर २ को उपाधी शर्मालाई, नेपालीमै भोट मागे पनि फिनालेमा असफल भए थापा

    सोनी टेलिभिजनको 'सुपर डान्सर २' मा नेपालीमै भोटका लागि आग्रह गरे पनि आकाश थापा विजेता बन्न असफल रहे। बालबालिकाको डान्स रियालिटी सोको फिनालेमा देहरादुनका थापाले नेपालीमै 'मलाई भोट गर्नुहोला' भन्दै नेपालीभाषीबीच अपिल गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्दै आएका थापा शीर्ष ४ प्रतिस्पर्धी थिए। उत्कृष्ट नृत्य देखाए पनि थापा भोटिङमा पछि परे। सुपर डान्स टूको फिनाले आकाशका समर्थकहरु लवेदा सुरुवाल र…

    विस्तृतमा पढ्नुस्

  • बिहे गर्दै सोनम कपुर, कोसँग र कहाँ हुँदैछ बिवाह समारोह?

    बिहे गर्दै सोनम कपुर, कोसँग र कहाँ हुँदैछ बिवाह समारोह?

    बलिउड हिरोइन सोनम कपुरले बिहे गर्ने निश्चित भएको छ। बलिउडहंगामाले सोनम कपुरको बिहे निश्चित भन्दै दिएको समाचारमा लन्डनमा आधारित रहेर व्यवसाय गर्दै आएका आनन्द अहुजासँग सोनमको बिहे हुने उल्लेख छ। आनन्दसँगको प्रेम सम्बन्धनलाई बिहेमा रुपान्तरणको तयारीमा सोनम पुगेकी हुन्।  बिहे जेनेभामा हुने बताइएको छ। बलिउडमा विराट कोहली र अनुष्का शर्माको बिहेपछि सोनम – आनन्दको बिहेमा धेरैको ध्यान तानिने निश्चित छ।…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरका ६५ होटलमा छापा, १२ युवतीसहित २६ समातिए

    कोटेश्वरका ६५ होटलमा छापा, १२ युवतीसहित २६ समातिए

    काठमाडौं: काठमाडौंको कोटेश्वरमा रहेका विभिन्न होटलबाट शंकास्पद गतिविधिमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वर क्षेत्रमा रहेका ६५ वटा होटलमा विशेष सूचनाको आधारमा छापा मार्दा शंकास्पद व्यक्तिहरु पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।  एसएसपी पोखरेलले भने, 'शंकास्पद गतिविधि भइरहेको जानकारी पाएका थियौं। त्यसै आधारमा अप्रेसन गर्दा केही मानिस पक्राउ परेका हुन्।'  पक्राउ पर्नेहरुमा १२…

    विस्तृतमा पढ्नुस्

  • एन्फा निर्वाचन स्थगित

    एन्फा निर्वाचन स्थगित

    काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।  उच्च अदालत, पाटनले जारी गरेको अन्तरिम आदेशको सम्मान गर्दै एन्फाको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ। निर्वाचन समितिद्वारा जारी सूचनामा लेखिएको छ, ‘कार्यसमितिको निर्वाचन रोकी पाऊँ भनी भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिषराज पाण्डे

    क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिषराज पाण्डे

    काठमाडौं: क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) को अध्यक्षमा पूर्व क्रिकेट खेलाडी डा मनिषराज पाण्डे निर्वाचित भएका छन्। सिप्यानको आइतबार सम्पन्न तेस्रो साधारणसभाले अध्यक्ष पाण्डेसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। पाण्डे यसअघि उपाध्यक्ष थिए। पवन अग्रवाल यसअघि अध्यक्ष थिए। पूर्व कप्तानर राजु खड्का र राष्ट्रिय महिला टिमकी सदस्य सीता रानामगर उपाध्यक्षमा चुनिएका छन्। रानामगर यसअघि पनि उपाध्यक्ष नै थिए। राष्ट्रिय पुरुष…

    विस्तृतमा पढ्नुस्

  • रसिद खानले तोडे मिचेल स्टार्कको रेकर्ड

    रसिद खानले तोडे मिचेल स्टार्कको रेकर्ड

    अफगानिस्तानका युवा स्पीनर रसिद खान वान डे इन्टरनेशनल क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बनेका छन्। उनले जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्ड क्वालिफायरको फाइनलमा वेष्ट इन्टिज विरुद्ध १ विकेट लिदै ४४ खेलमै १०० विकेट लिने खेलाडी बनेका हुन्। यसका लागि उनले अष्ट्रेलियन मिचेल स्टार्कको रेकर्ड तोडेका हुन्। रसिदले वेष्ट इन्डिजका साई होपलाई एलबिडब्लु आउट गरेका हुन्। स्टार्कले ५२ खेलमा उक्त…

    विस्तृतमा पढ्नुस्

  • 'जबज' र 'माओवाद' थाँती राख्दै तयार भयो एकताको मस्यौदा: लेनिन जयन्तीमा पार्टी एकता

    'जबज' र 'माओवाद' थाँती राख्दै तयार भयो एकताको मस्यौदा: लेनिन जयन्तीमा पार्टी एकता

    काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलार्इ अन्तिम रूप दिएको छ।  पार्टी एकताको आवश्यकता र न्यूनतम समाजवादी कार्यक्रमलार्इ समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।  गठबन्धनले चुनावी घोषणापत्रमा समावेश गरेका योजना तथा कार्यक्रमहरूलार्इ प्रतिवेदनको मस्यौदामा समावेश गरेको छ।  'हामीले चुनावमा जनतामाझ गरेका प्रतिवद्धताहरू, चुनावी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति: आज दर्जन नेताले आफ्नो भनाई राख्ने

    कांग्रेस केन्द्रीय समिति: आज दर्जन नेताले आफ्नो भनाई राख्ने

    काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टी कार्यालय सानेपामा १० बजे पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठकमा तीनै तहको निर्वाचनमा पार्टीले व्यहोरेको हारको समीक्षा जारी छ। हिजोको बैठकमा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव पेश गरे। तीनै तहको निर्वाचनमा नराम्रारी हार व्यहोरेपछि कांग्रेसका नेताहरुले हारको समीक्षाका लागि बैठकको माग तीब्र पारेपछि सभापति…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबल : ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी, जर्मनी र स्पेनले खेले बराबरी

    मैत्रीपूर्ण फुटबल : ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी, जर्मनी र स्पेनले खेले बराबरी

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी हुँदा जर्मनी र स्पेनले बराबरी खेलेका छन्। ब्राजिलले वर्ल्डकपको आयोजक राष्ट्र रसियालाई ३-० ले हरायो। ब्राजिलाका लागि मिरन्डा, फिलिप काउटिन्हो र रपाउलिन्होले गोल गरे। अर्जेन्टिनाले इटलीलाई २-० ले पराजित गर्‍यो। अर्जेन्टिनाका लागि एभर बनेगा र मानुएल लान्जिनीले गोल गरे। जेस लिनगार्डको निर्णायक गोल मद्दतमा इंगल्याण्डले नेदरल्याण्ड्सलाई १-० ले हरायो। जर्मनी र स्पेनले…

    विस्तृतमा पढ्नुस्

  • गाजलु ती ठुला ठुला आँखा....ले जोडेका पाकिस्तान-नेपाल सम्बन्ध

    गाजलु ती ठुला ठुला आँखा....ले जोडेका पाकिस्तान-नेपाल सम्बन्ध

    काठमाडौं: गुलाम अलीले गाएको नेपाली गीत गाजलु ती ठुला ठुला आँखा गाइरहँदा पाकिस्तानी गायिका सारा राजा खानले भनिन्, ‘नेपाली गीत संगीतले पाकिस्तानलाई जोडेको छ, अझ गुलाम अली सापले यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु भएको छ।’ पाकिस्तान दिवसको अवसरमा राजधानीमा शुक्रमबार साँझ आयोजित सांगीतिक कार्यक्रममा विशिष्ट अतिथिहरुलाई नेपाली भाषामै ‘कस्तो हुनुहुन्छ, सन्चो हुनुहुन्छ’ भन्दै मञ्चमा प्रवेश गरेकी साराले पाकिस्तानीसँगै नेपाली गीत गाएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell