काठमाडौंः गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उत्पीडित जातिहरुको सुरक्षा र विकासको लागि गृहमन्त्रालले विषेश अभियान चलाउने बताएका छन्। पर्यटन बोर्डमा नवनिर्वाचित दलित समूदायका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले उत्पीडित जातिहरु बिरुद्ध हुने विभेद नियन्त्रणको लागि गृहमन्त्रालयले विषेश अभियान चलाउन लागेको बताए। ‘अहिले दलितहरुमाथि अत्याचार, विभेद गर्ने जस्ता घटनाहरु भइरहेका छन्,’ मन्त्री थापाले भने, ‘यस्ता घटनाहरु विरुद्ध गृहमन्त्रालयले…
काठमाडौं: लागू आहुसद ब्यूरोको टोलीले लागु औषधसहित चारलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोम बहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेका छन्। ब्युरोले बरामद गरेको आफिम अहिले सम्मको ठुलो मात्रामा भएको डिआइजी ठुले राईले बताए।
कमेडियन कपिल शर्मा र सुनिल ग्रोभर उर्फ डाक्टर गुलाटीबीचको द्वन्द्व फेरि ट्विटरबाट सार्वजनिक भएको छ। तर, ग्रोभरले यस विवादमा सम्हालिँदै माहौल आफ्नो पक्षमा पारेका छन्। टाइम्सअफइन्डियासँगको अन्तर्वार्तामा ग्रोभरले भनेका छन् – मलाई कपिलले 'लायर' भनेकोमा कुनै पीडा छैन। मलाई उनको स्वास्थ्यबारे चिन्ता छ।' पछिल्लो विवाद शनिबार रातिबाट सुरु भएको थियो। ट्विटरमा सुनिलले कपिलको आउँदो टेलिभिजन सो 'फेमेली टाइम विथ कपिल…
ढाका: बंगलादेशमा आज विमान बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ। विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान आकस्मिक अवतरण गरिएको थियो। सेडपुर विमानस्थलका लागि उडेको विमान १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ। गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको थियो।
नैरोबी: विश्वकै अन्तिम नर्थन ह्वाइट भाले गैंडाको मृत्यु भएको छ। 'सुडान' नाम गरेको उक्त गैंडाको ४५ वर्षको उमेरमा मृत्यु भएको ओल वाइल्डलाइफका अधिकारीले रोयटर्सलाई जानकारी दिएको छ। दाया खुट्टामा चोट लागेपछि उपचारको क्रममा रहकै बेला उक्त गैंडाको मृत्यु भएको हो। उक्त प्रजातिबाट अब दुई पोथी गैंडामात्र जीवित रहेको उक्त वाइल्डले जनाएको छ।
काठमाडौं: झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। २५ वर्षभन्दा समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थियो। तर, निर्माण सम्पन्न बजेट अपुग भएका सडक उपभोक्ता…
उपेन्द्र जम्कट्टेल- धादिङ: गजुरी गाउँपालिका किरानचोकका लिलानाथ ढकालले गाँउमा बिजुली आउने आशामा जग्गा धितो राखेर ऋण निकाले। त्यो ऋण विद्युतीकरणकै लागि लगानी गरे। पाँच वर्ष अगाडि विद्युतका लागि पोल झर्दै गर्दा उनलाई लागेको थियो बिजुली अब छिट्टै आउने छ। पोल ठडियो, तार टाँगियो। तर, पाँच वर्ष वित्दा पनि बिजुली भने आइपुगेन। गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ (साविकको किरानचोक…
काठमाडौं : युएस बंगला विमान दुर्घटना परेर ज्यान गुमाएका पाइलट अविद सुल्तानकी पत्नी अझै अचेत छिन्। उनी नेशनल इन्स्टिच्युट अफ न्युरो साइन्स ढाका अस्पतालमा 'कोमा'मा रहेको डेलीस्टारले जनाएको छ। गत सोमबार काठमाडौंमा भएको विमान दुर्घटना परेर पति गुमाएको खबरलगत्तै उनलाई 'स्ट्रोक' भएको थियो। 'उनलाई आइसीयुमा भेन्टिलेटर सपोर्टसहित राखिएको छ,' ढाका अस्पतालका उप-निर्देशक बाडरुल आलमले भने। 'उनको अवस्था क्रिटिकल छ। तर,…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार दिउँसो त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेर अनुगमन गरेका छन्। विमानस्थलमा सेवाग्राहीले पाउने सास्ती र कर्मचारीको लापरवाहीको गुनासो गृह मन्त्रालयमा आएपछि मन्त्री थापा अनुगमन गर्ने विमानस्थल पुगेका हुन्। अनुगमनमा विमानस्थलमा केही कर्मचारी कार्यालय समयमा नै अनुपस्थित भएको भेटिएको छ। 'अध्यागमनको १५ जना कर्मचारी मध्ये ४ जना कार्यालय समयमा उपस्थित भएको देखियो,' मन्त्री थापाका प्रेस संयोजक किरण…
काठमाडौं: नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेको छ। आज कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले ट्वीटरमा भनेका छन्, 'नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँणलाई नियुक्त गरेको छु ।' नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँडलाई…
काठमाडौं : आगामी २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुने यू–१९ बिच भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरने भएको छ। नेपालबाट अशोक सुनार र प्रकास केसीको जोडीले सहभागिता जनाउनेछन्। यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपमा खेल्न जाने नेपाली युवा टोलीलाई मंगलवार बिदाई गरिएको छ। नेपाल विद्यालय भलिबल कमिसनले २ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई बिदाई गरेको हो। नेपाल भलिबल संघका अध्यक्ष…
काठमाडौं : एएफसी एसियन कप क्वालिफायरअन्तर्गत यमनसँगको दोस्रो लेगका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। नेपालका मूख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार टोली घोषणा गरेका हुन्। नेपाल र यमनबीचको खेल अर्को साताको मंगलबार कतारको दोहामा हुँदैछ। यसअघि खेलेका ५ खेलमा जित हात पार्न नसकेको नेपाल समूहमा पुछारमा छ र एसिया कपमा छनोट हुने सम्भावना सकिसकेको छ। काठमाडौंको…
काठमाडौं: दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुख्य आरोपी २२ वर्षीय शैलेस कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक भारती र इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए। गत माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन…
काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरका छन्। मन्त्री तामाङले आज सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको ३० तोला सुन रहेको छ। त्यसैगरी मोरङ बेलबारीमा १ विघा जग्गा रहेको छ। सिन्धुपाल्चोकका तामाङको गोकर्णेश्वरमा ३ आना ३ पैसा २ दामको घर रहेको र उक्त घर उनका श्रीमती उषाकला राईको नाममा रहेको छ। त्यसैगरी खोटाङमा जग्गा…
नवलपरासीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु ३४ प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना…
काठमाडौंः रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग फिरौती रकम माग गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय मोहमद समसाग आलम र ४५ वर्षीय जुल्फिकर शेख रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो। ललितपुरको बालकुमारीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिइएको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। आलम र शेखले मेयर यादवसँग १० लाख रुपैयाँ फिरौती…
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। भारी मतान्तरसहित पुटिन आउँदो ६ वर्षका लागि निर्वाचित भएका हुन्। केन्द्रीय निर्वाचन आयोगले मतगणना करिव अन्तिम चरणमा पुग्दा पुटिनलाई ७६ प्रतिशत मत प्राप्त भएको जनाएको छ। उनी १९९९ देखि रुसको सत्ता सम्हाल्दै आएका छन्। अघिल्लो कार्यकालको भन्दा उनले १२ प्रतिशत मत बढाएका हुन्। पुटिनका निकटतम प्रतिस्पर्धी पावेल गुरुदिनीनले १२ प्रतिशत…
काठमाडौँः निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता खारेज भएको जनाएको छ। उपराष्ट्रपति चयन निर्विरोध रुपमा सम्पन्न भएपछि आयोगले तोकिएको समय अगावै आचारसंहिता खारेज गरेको हो। आयोगले निर्वाचन परिणाम घोषणा नहुँदासम्मका लागि जारी गरेको आचारसंहिता आजदेखि लागू नहरने जनाएको हो। उपराष्ट्रपति उम्मेदवारको मनोनयनसँगै निर्वाचन आचारसंहिता लागू भएको थियो।
काठमाडौँः निर्वाचन आयोगले संघीय संरचना अनुसारका सबै तह र पदाधिकारीको निर्वाचन सम्पन्न गरेको छ। चैत ९ गतेका लागि तय भएको उपराष्ट्रपति निर्वाचन समेत समयअगावै सकिएपछि आयोगले तीनै तह र पदाधिकारी चुनाव सकेको हो। संवैधानिक व्यवस्था अनुसार पहिलोपटक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्वाचन आयोगले गरेको हो। राष्ट्रपतिका लागि निर्वाचन भए पनि उपराष्ट्रपति निर्विरोध चयन भएको छ। आयोगले स्थानीय तहमा तीन चरणमा निर्वाचन…
स्पानिस ला लिगा अन्तर्ग गएराती भएको खेलमा लिग लिडर बार्सिलोनाले जिपत हात पार्दा दवस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ। बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एथ्लेटिक विल्वाओलाई २-२ ले हरायो। नोउक्याम्पमा बार्सिलोनालाई वित दिलाउन फ्रान्सिस्को अल्कासेर र लियोनल मेसीले गोल गरे। उता दोस्रो स्थानको एट्लेटिको मड्रिड भियारियालसँग २-१ ले हरेपछि बार्सिलोनालाई थप फाइदा पुगेको छ। यस सिजन ला लिगामा बार्सिलोना…