क्रिस्टियानो रोनाल्डोले करियरको ५०औँ ह्याट्रिक गर्दै चार गोल गरेपछि रियल मड्रिडले ला लिगामा गिरोनालाई ६-३ ले पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रोनाल्डोले ११औँ ४७औँ ६४औँ र ९०औँ मिनेटमा गोल गरे। गारेथ बेल र लुकास भ्वजकजले एक एक गोल थपे। गिरोनाका लागि क्रिस्टियन स्तुअनीले २ तथा जुअनपीले १ गोल गरे। गत जनवरीदेखि फर्ममा फर्कदै गोल गर्न थालेका…
पेड्रो रोड्रिगेजले अतिरिक्त समयमा गरेको गोल मद्दतमा चेल्सी लेस्टर सिटीलाई २-१ ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। लेस्टरको मृदान भएको खेलमा अल्भारो मोराटाले ४२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। तर ७६औँ मिनेटमा जेमी भार्डीले घरेलु टोली लेस्टरका लागि बराबरी गोल गरेपछि निर्धारित समयको खेल १-१ मा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको १५औँ मिनेटमा…
मस्कोः विश्वको सबैभन्दा ठूलो देश रूसको राष्ट्रपति पदमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन निर्वाचित भएका छन्। अाइतबार सम्पन्न निर्वाचनमा पुटिनको पक्षमा करिब ७६ प्रतिशत भन्दा बढी मत परेको बताइएको छ। सात जना प्रतिस्पर्धिका साथ चुनावी मैदानमा उत्रिएका पुटिनले विपक्षीको भन्दा निकै ठूलो मतान्तरले विजयी भए। योसँगै विश्वको ठूलो देशमा जोसेफ स्टालिनपछि धेरै समयसम्म शासन गर्ने उनी दोस्रो व्यक्ति समेत बनेका…
काठमाडौंः सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा आइतबार राति चोरी भएको छ। बैंक चोरी भएको थाहा पाएपछि कार्यरत सक्युरिटी गार्डले प्रहरीलाई खबर गरेका थिए। बैंकको ताला फोडेर चोरी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केदारमान डंगोलले बताए। निरीक्षक डंगोलले भने 'ताला र सीसी क्यामेरा तोडफोड गरेको देखियो। थप अनुसन्धान भइरहेको छ।' बैकबाट के कति धनमाल चोरी भएको भन्ने…
काठमाडौँः गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दूर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव आज बंगलादेश लैजाने तयारी गरिएको छ। शव लिन बंगलादेशको सेनाको विशेष विमान काठमाडौं आउँदैछ। मृतक २६ मध्ये तीन बंगलादेशी नागरिकको शव सनाखत हुन नसकेको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डा हरिहर वस्तीले बताए। बंगलादेशको ढाका संवाद समितिले आज चार बजेसम्म शव बंगलादेश पुग्ने जनाएको…
उपचारका लागि बलिउड स्टार इरफान खान केही समय बेलायतमा रहने भएका छन्। लन्डनमा उनको उपचारको व्यवस्था मिलाइएको छ। लन्डनमा रहँदै आएका भारतीय मुलका चिकित्सकको निगरानीमा उनको उपचार हुने छ। हलिउडमा समेत स्थापित भइसकेका इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर रहेको पहिचान भएको थियो। इरफानका नजिकका एक साथीले भने, 'इरफानलाई उनका नजिकका डाक्टरले परीक्षण गरेका छन्। साथै…
काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलार्इ छिमकेकी राष्ट्रका समकक्षीहरूले बधार्इ दिएका छन्। परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा ज्ञवालीलार्इ भारतीय विदेशमन्त्री सुस्मा स्वराजले टेलिफोन गरि बधार्इ दिएकी हुन्। टेलिफोन कुराकानीका क्रममा स्वराजले परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा बधार्इ दिँदै दुर्इ देशबीचको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरेको ज्ञवालीले जानकारी दिए। कुराकानीका क्रममा दुबै समकक्षीले नेपाल भारतबीच द्वीपक्षीय सम्बन्ध थप बजबुद बनाउने विषयमा कुरा भएको उनले…
काठमाडौं : उप-राष्ट्रपति नन्दबहादुर पुनले आज ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन्। सपथसँगै उप-राष्ट्रपतिमा उनको दोस्रो कार्यकाल आजबाट सुरु हुनेछ। राष्ट्रपति कार्यालय शितल निवासमा सपथको तयारी भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उप राष्ट्रपति पुनलाई सपथ ग्रहण गराउनेछिन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कुनै पनि दलले उप-राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नदिएपछि पुन निर्विरोध भएका थिए। पुन नयाँ वानेश्वरमा रहेको निर्वाचन…
काठमाडौं: कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुने बताएका छन्। आज १६ बुँदे प्रतिवद्दता जारी गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको आचरओ कायम राख्न उक्त कदम चाल्न लागिएको बताएका छन्। आज सार्वजनिक गरेको मन्त्रालयको कार्ययोजना र प्राथमिकताको १२ औं नम्बरमा लेखिएको छ-न्यायाधीशहरको आचरण कायम राख्न न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन…
पर्वतः विगत साढे दुई दशकदेखि बन्द रहेको बलेवा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ। तारा एयरको 'नाइन एन एक के एल' कलसाइन भएको टुइनअटर विमानले अाज परीक्षण उडान गरेको हो। विमानस्थललार्इ चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याइने तयारीमा नागरिक उड्डयन प्राधिकरण रहेको छ। पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको…
काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै विगततिर फर्केर पश्चाताप गर्ने समय सकिएको बताएका छन्। ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं, भनेर त्यतातिर फर्कने समय होइन यो। अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ,’ उनले भने। जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधान मन्त्री…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन्। नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण गर्नुपर्ने बताए। ‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास…
काठमाडौं : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 'उजुरी आएको छ। यस विषयमा हामी थप अनुसन्धान गर्दैछौं,' डिएसपी थापाले भने। गुल्मी इस्पा नगरपालिकाका ३० वर्षीय मदन भण्डारीले उजुरी दिएका हुन्। भण्डारीले दिएको उजुरीमा पूर्व प्रधान न्यायधीश पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्यूनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताए। ‘सांस्कृतिक प्रतिरोध दिवस जनयुद्ध, जनआन्दोलन लगायतमा सहादत…
रुपन्देही: नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदकै जेष्ठ सदस्य वलदेव शर्मा संसदीय दलको नेतामा चयन भएका छन्। कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको उपस्थितिमा प्रदेश सभाका सदस्यहरुको बैठकबाट शर्मा निर्बिरोध दलको नता चयन भएका हुन्। ५ जनाको उम्मेद्वारी दर्ता भएकोमा आज अन्तिम समयमा रुपन्देहीका फकरुद्धिन खा, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका बीरबहादुर राना र दाङका डिल्ली चौधरीले उम्मेद्वारी फिर्ता लिएका…
ढाका : युएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएका २३ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बंगलादेशको राजधानी ढाकास्थित आर्मी रंगशालामा आज मृतकप्रति श्रदाञ्जली प्रकट गर्दै शव परिवारलाई हस्तान्तरण गरेको डेली स्टार अनलाइनले जनाएको छ। काठमाडौंबाट उडेको बंगलदेशी सेनाको विमान ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे पुगेको थियो। यातायात मन्त्री अबैदुल क्वदेरको उपस्थितिमा मृतकका आफन्तलाई समवेदना प्रकट गरेपछि शव हस्तान्तरण…
काठमाडौं : उद्योग, वाणिज्य तथा अपूर्तिमन्त्री मातृका यादव नयाँ दिल्ली पुगेका छन्। मन्त्री भएको केही दिनमै उनी नयाँ दिल्ली पुगेर भारतका विदेश मन्त्री सुष्मा स्वराजसँग भेटेका छन्। उक्त भेटमा दुईपक्षीय सम्बन्ध व्यापार र विकासकाबारेमा कुराकानी भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाएका छन्। Neighbourhood first! EAM @SushmaSwaraj met with Nepal’s Minister of Industry, Commerce and Supplies, Matrika Yadav. Leaders discussed…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेर पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई स्ट्याटस प्राप्त गरेको नेपाली क्रिकेट टोली सोमवार स्वदेश आइपुगेको छ। कप्तान पारस खड्कासहित खेलाडी तथा अफिसियलहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे। सुपर सिक्स पुग्दै ओडिआई स्ट्याटस हात पार्ने…
काठमाडौँः राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ। उपाध्यक्षका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल र कांग्रेसका तर्फबाट विन्दादेवी आले रानाले उम्मेदवारी दिएका छन्। दिउँसो १ बजेको बैठकमा उम्मेदवारको नाम निर्णयार्थ पेश गरिनेछ। एकभन्दा बढी मनोनयन परेका कारण मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ। मत विभाजनमा पहिलो…
इटहरीः सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए। क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ।…