PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • तरुण दलले सातै प्रदेशमा प्रशिक्षण भेला गर्ने

    तरुण दलले सातै प्रदेशमा प्रशिक्षण भेला गर्ने

    काठमाडौँः नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ। दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो। महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। प्रशिक्षण प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सीलाई नेपालबाट बधाई सन्देश, उच्चस्तरीय भ्रमणको अपेक्षा

    चिनियाँ राष्ट्रपति सीलाई नेपालबाट बधाई सन्देश, उच्चस्तरीय भ्रमणको अपेक्षा

    काठमाडौँः चीनको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएको सी जिङ पिङलाई नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीले बधाई सन्देश पठाएका छन्।  चिनियाँ जनकंग्रेसले शनिबार सीलाई चीनको राष्ट्रपति पदमा पुनः पाँच वर्षे कार्यकालका लागि निर्वाचित गरेको थियो।  राष्ट्रपति पदमा निर्वाचित भएका सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गर्दै उनको कार्यकालमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने अपेक्षा राखेका हुन्।   प्रधामन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई पठाएको…

    विस्तृतमा पढ्नुस्

  • गोपाल पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा

    गोपाल पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा

    काठमाडौँः निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अदालतको अपहेलना मुद्दा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासमा पेशी ताकिएको छ। पराजुलीविरुद्ध मनोजकुमार अधिकारीले फागुन २५ गते मुद्दा दायर गरेका थिए।  पराजुलीले गरेका कार्यसम्पादनले अदालतको अपहेलना भएको निवेदकको दाबी छ। अधिकारीले डा. गोविन्द केसीलाई आफूविरुद्धको मुद्दा मिलाउन दबाब दिएको, उनको कानुन व्यवसायीलाई मार्ने धम्की दिएको भन्दै मुद्दा पेश गरेका थिए।  मुद्दा सर्वोच्च प्रशासनले सुरुमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : मोहमद सलाहको ४ गोल

    प्रिमियर लिग : मोहमद सलाहको ४ गोल

    मोहमद सलाहले ४ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुलले वाटफोर्डलाई ५-० ले पराजित गरेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि रोवर्टो फिर्मिनोले अर्को गोल गरे। खेलको चौथो मिनेटमै गोलको खाता खोलेका सलाहले ४३औँ मिनेटमा दोस्रो गोल गरे। ७७औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका सलाहले ८५औँ मिनेटमा चौथो गोल गरे। प्रिमियर लिगमा सलाहले…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा

    एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा

    प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिवार भएको क्वाटरफाइनलमा युनाइटेडले ब्राइटन एण्ड होभ अल्विओनलाई २-० ले हरायो। युनाइटेडका लागि रोमेलु लुकाकु र नेमान्जा माटिकले एक-एक गोल गरे। यस्तै अर्को क्वाटरफाइनल खेलमा टोटनहमले स्वान्सी सिटीलाई ३-० ले हरायो। टोटनहमका लागि क्रिस्टियन एरिक्सनले दुई गोल गरे भने एरिक लामेलाले एक गोल गरे। अब बाँकी…

    विस्तृतमा पढ्नुस्

  • तत्कालीन एपेक्स बैंकका सञ्चालक छविरमण पनि समातिए

    तत्कालीन एपेक्स बैंकका सञ्चालक छविरमण पनि समातिए

    काठमाडौं : तत्कालीन एपेक्स बैंकका थप एकजना संचालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।  शनिवार दिउँसो अधिकारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको व्यूरोका डिएसपी श्याम ओलियाले पुष्टि गरे। एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा व्युरोले शुक्रवार बैकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो।  पक्राउ पर्नेहरुमा एपेक्स बैकका…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र उम्मेदवार बनेर चौथोपटक राष्ट्रपतिको चुनावी मैदानमा पुटिन: इन्स्टाग्राममा भोट हालेको सेल्फी प्रतियोगिता

    स्वतन्त्र उम्मेदवार बनेर चौथोपटक राष्ट्रपतिको चुनावी मैदानमा पुटिन:  इन्स्टाग्राममा भोट हालेको सेल्फी प्रतियोगिता

    मस्कोः रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान सुरू भएको छ।  रुसको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु भएको छ।  निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ।  केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा सहभागि हुने…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीश पराजुलीले गरेका फैसला छानविनमा ल्याउन डाक्टर गोविन्द केसीको माग, अनशन स्थगित

    प्रधान न्यायाधीश पराजुलीले गरेका फैसला छानविनमा ल्याउन डाक्टर गोविन्द केसीको माग, अनशन स्थगित

    काठमाडौं : डा गोविन्द केसीले अनशन कार्यक्रम स्थगित गरेका छन्। सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त/राजीनामासँगै आइतबारदेखि सुरु गर्ने भनिएको अनशन स्थगित भएको हो। प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आफ्ना माग यथावत रहेको बताउँदै प्रधान न्यायाधीश पराजुलीको सबै फैसला र क्रियाकलापलाई छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्। चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै त्यसको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल

    राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल

    काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित भएकी छिन्। कूल ५९ मध्ये ५६ जना सदस्य उपस्थित राष्ट्रिय सभामा दाहालको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो। दाहाललाई दीनानाथ शर्माले प्रस्ताव गरेका थिए भने दिलकुमारी रावलले समर्थन गरेकी थिइन्। दाहालविरुद्ध कांग्रेसले विन्दादेवी आले रानालाई उम्मेदवार बनाएको थियो।    राष्ट्रिय जनता पार्टी नेपाल र संघीय…

    विस्तृतमा पढ्नुस्

  • एकै वर्षमा नसके पनि पाँच वर्षभित्र चमत्कार गरेर देखाउछौं: यातायात मन्त्री महासेठ

    एकै वर्षमा नसके पनि पाँच वर्षभित्र चमत्कार गरेर देखाउछौं: यातायात मन्त्री महासेठ

    काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्। आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए। आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा भागेका कैदी मुलपानीबाट पक्राउ

    भूकम्पमा भागेका कैदी मुलपानीबाट पक्राउ

    काठमाडौं: २०७२ वैशाखको भूकम्पमा कारागार भत्केको मौका छोपी सिन्धुपाल्चोक जिल्ला कारागारबाट चौताराबाट भागेका मान लामा काठमाडौंको मुलपानीबाट पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई, कैद भुक्तान गरीरहेका सिन्धुपाल्चोक भोताङका ६१ का लामालाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटीएको टोलीले आज पक्राउ गरेको हो। मुलपानीबाट पक्राउ परेका उनी कारागार कार्यालय सिन्धुपाल्चोक चलान गरिएको प्रहरीले जनाएको छ। भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट २१२…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता खड्का चढेको जिप दुर्घटना

    कांग्रेस नेता खड्का चढेको जिप दुर्घटना

    काठमाडौं: पूर्व गृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खड्का चढेको जिप सूर्खेतमा दुर्घटना भएको छ।  सूर्खेतको सत्तरी भन्ने स्थानमा नेता खड्का चढेको  बा १५ च ८३५४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमा चतुर्वेदीले जानकारी दिए।  दुर्घटनामा परी नेता खड्काको टाउकोमा सामान्य चोट लागेको र वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केको उनले जनाए। दुर्घटनामा खड्काका अंगरक्षकको टाउकोमा…

    विस्तृतमा पढ्नुस्

  • ओडिआई स्ट्याटस पाएको नेपाली क्रिकेट टोली सोमवार बेलुका आइपुग्ने

    ओडिआई स्ट्याटस पाएको नेपाली क्रिकेट टोली सोमवार बेलुका आइपुग्ने

    काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ काठमाडौं आइपुग्ने भएको छ। नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली स्थानिय समयअनुसार आइतवार बेलुका ७ बजे जिम्बावेबाट हिँड्नेछ। नेपाली टोली सोमवार साँझ ५:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेनछ। जिम्बावेमा सहभागि ११० टिमध्ये आठौँ भएको नेपालले पहिलो पटक ओडिआई स्ट्याटस…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार नियन्त्रणमा लाग्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखलाई प्रधान मन्त्री ओलीको निर्देशन

    भ्रष्टाचार नियन्त्रणमा लाग्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखलाई प्रधान मन्त्री ओलीको निर्देशन

    काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्का सदस्य, सरकारका सचिव र सुरक्षा निकायका प्रमुखहरुलाई सम्पूर्ण शक्ति लगाएर काम गर्न निर्देशन दिएका छन्। प्रधान मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधान मन्त्री ओली अभूतपुर्व जिम्मेवारी पूरा गर्ने समय भएको उल्लेख गर्दै सबैलाई थोपाथोपा शक्ति बटुलेर काम गर्न निर्देशन दिएका हुन्। 'प्रधान मन्त्री ओलीले अहिलेको टिम सामान्य अवस्थाभन्दा भिन्न…

    विस्तृतमा पढ्नुस्

  • एसियाली खेलकुदका लागि विशेष बन्द प्रशिक्षण बैशाखदेखि

    एसियाली खेलकुदका लागि विशेष बन्द प्रशिक्षण बैशाखदेखि

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले इन्डोनेसियमा हुने आसन्न १८औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको विशेष बन्द प्रशिक्षण बैशाखदेखि सुरु हुने बताएका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै सदस्य–सचिव विष्टले भने, ‘अहिले सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण चैतसम्म चल्नेछ। त्यसपछि एसियाली…

    विस्तृतमा पढ्नुस्

  • ढाई वर्षपछि के हुन्छ ढाई वर्षपछिको रिजल्टले बताउँछ : देवेन्द्र पौडेल

    ढाई वर्षपछि के हुन्छ ढाई वर्षपछिको रिजल्टले बताउँछ : देवेन्द्र पौडेल

    संविधान घोषणासँगै माओवादी केन्द्रसँग सम्बन्ध बिच्छेद गरी नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टरार्इको निकट रहेर काम गरेका नेता देवेन्द्र पौडेल (सुनिल) पुन: माओवादी केन्द्रमै मात्र फर्किएनन्, प्रतिनिधि सभा निर्वाचनमा जितसमेत हासिल गरे। माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताका लागि गठन भएको माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य समेत रहेका पौडेलसँग पार्टी एकता, संगठनात्मक प्रणाली र नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा पासाङको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेद्वारी नदिने!

    उपराष्ट्रपतिमा पासाङको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेद्वारी नदिने!

    काठमाडौं: उपराष्ट्रपतिका लागि बहालवाला उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसदको भवन पुगेर उनले उम्मेदवारी दिएका हुन्। पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ रहेका छन्। कांग्रेसले उम्मेद्वार तय गरेन नेपाली कांग्रेसमा उपराष्ट्रपतिमा उम्मेदवारी दिनेबारे अन्योल देखिएको छ। राष्ट्रपति र उपसभामुखमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपति चयनका लागि कुनै बैठक नडाकेकाले पनि उम्मेदवारी हुने नहुनेबारे कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • २०२० भिजिट नेपाल इयर, निजगढ विमानस्थल निर्माणले तीव्रता पाउँछ–रविन्द्र अधिकारी, पर्यटनमन्त्री 

    २०२० भिजिट नेपाल इयर, निजगढ विमानस्थल निर्माणले तीव्रता पाउँछ–रविन्द्र अधिकारी, पर्यटनमन्त्री 

    काठमाडौंः राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गरे। मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिए। मन्त्रालयका सचिव कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • रेणु दाहाललाई विप्लप माओवादीको पत्र: मेयरबाट राजीनामा देउ, अन्यथा कारवाही गरिनेछ

    रेणु दाहाललाई विप्लप माओवादीको पत्र: मेयरबाट राजीनामा देउ, अन्यथा कारवाही गरिनेछ

    काठमाडौं: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले राजीनामा दिन भन्दै पत्रचार गरेको छ। जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलको नाममा हस्ताक्षरित पत्र पठाइ उनीसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिन भनेको छ। 'जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो प्रमुख पदीय ओहोदाबाट राजीनामा दिई जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्डले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने

    वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्डले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने

    काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअंफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ४ खेल भएको थियो। जसमा दुवैले २-२ खेल जितेका थिए। नेपालले पिएनजीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि स्थान बनाएका थिए। यस्तै बजै नवौँ स्थानको लागि पिएनजी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell