काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ। बैठकमा पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा लगायतका १७ वटा एजेण्डा रहेका छन्। नाबालिग बलात्कारको मुद्दा लागेपछि क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा…
भारतको विस्तारा एअरको फ्लाइटमा एक महिला यात्रुले चालक दलका सदस्यमाथि हातपात गरेका छन्। यतिमात्र हैन ती यात्रु रिसको झोंकमा निर्वस्त्रसमेत बनिन्। इटलीबाट मुम्बई आउँदै गरेकी ती यात्रु विमान अवतरण हुनसाथ प्रहरीको नियन्त्रणमा पुगिन्। यो घटना सोमवार भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। हातपात गर्ने महिला इटली बसोबास गर्ने पाओला पेरुसियो भएको बताइएको छ। यद्यपि उनी कुन देशको नागरिक हुन् भन्नेबारे…
कैलाली : कैलालीमा वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। कैलालीको लम्किचुहा नगरपालिका-६ का ४० वर्षीय श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनले सोमवार राति पौने १२ बजे ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते…
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान नदिने बताएका छन्। युक्रेनले पटकपटक लडाकु विमान दिन आग्र गरिरहँदा बाइडेनको यो प्रतिक्रिया आएको हो। एक पत्रकारले अमेरिकाले युक्रेनलाई लडाकु विमान दिने हो भनेर प्रश्न सोध्दा बाडेनले 'होइन' भनेर उत्तर दिएका हुन्। जर्मनीले पनि युक्रेनलाई लडाकु विमान सहयोग नगर्ने बताइसकेको छ। यसअघि द्वन्द्वग्रस्त युक्रेनमा सैन्य ‘ट्याङ्क’ पठाउन भने अमेरिका र जर्मनी तयार…
काठमाडौं : बेनी नगरपालिका-७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ। मङ्गलाघाट र बेनी नगरपालिका-२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो। बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल मर्मत गर्न लागिएको जानकारी दिए। 'स्थानीयवासीलाई…
काठमाडौं : रोल्पाका दुई स्थानीय तहबिच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ। रोल्पा नगरपालिका र माडी गाउँपालिकाबिच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ। यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो। सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद…
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय…
काठमाडौं : चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन्। पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे। उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधान गर्नेबारे ज्ञापनपत्र बुझाएका छन्। आज बिहान नेपालसहित पार्टीका नेता झलनाथ खनाल नेतृत्वको टोलीले बालुवाटार पुगेर दाहाललाई देशको अर्थतन्त्र गम्भीर संकटतिर उन्मुख भइरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले प्रतिपक्षी दलको हैसियतमा संकट समाधानको लागि रणनीतिक सुझाव पेस गरेको नेपालले पत्र बताएका…
काठमाडौं : भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यहाँ ८५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो। यस वर्ष ६ हजार २९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। गत वर्ष ५ हजार ४४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका,…
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने घोषणा गरेका छन्। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा संचालन हुने बताएका हुन्। 'अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौं,' उनले भने, 'सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ।'…
काठमाडौं : कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट संचालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगंजबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए। नेपालगंजमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाएका हुन्। उनले…
काठमाडौं : बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन्। मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ। मधेशकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास-४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन्।…
काठमाडौं : मंगलवार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले दैनिक मौसम बुलेटिनमा उल्लेख छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा…
पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन्। सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको हो। घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ। विस्फोट प्रहरी हेडक्वाटर, गुप्तचर र ‘काउन्टर टेरोरिजम युनिट’ को कार्यालय रहेको क्षेत्रमा भएको थियो।…
चीनको सिचुआन प्रान्तले दम्पतीहरूलाई उनीहरूले चाहे जति बच्चा जन्माउन अनुमति दिने निर्णय गरेको छ। चीनमा आरालो लाग्दै गएको जन्मदरलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो। गत वर्ष चीनको जनसंख्या ६० वर्षयता पहिलोपटक घटेको थियो। साथै, जन्मदर पनि घट्दै गइरहेको छ। वर्षौंसम्म चीनमा एक सन्तान नीति लागू थियो। तर, जन्मदर घटेपछि सन् २०२१ मा चीनले तीन सन्तान नीति ल्याएको थियो। सिचुवान…
काठमाडौं : नियमावली मस्यौदा समितिको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। सोमवार समितिले प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद-४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको थियो। छलफलपछिको निष्कर्षमा नियम १५ को शून्य र विशेष समयको दफा २ को १ मा पाँच दिनको सट्टामा सात दिनभित्र सभामुखमार्फत सदनलाई जवाफ…
काठमाडौं : संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन्। दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आएकी उनले सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गरिन्। उनले अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको पनि बताइन्। भ्रमणका…
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि…
काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए। हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रहरी कार्यालयको संयुक्त टोलीले 'सर्च अपरेसन' टोली खटाएर खोजतलास तीव्र पारेको…