काठमाडौं : लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो। सत्ता गठबन्धनबाट नेकपा (एमाले) र नागरिक उन्मुक्तिबाट छुट्टाछुट्टै उम्मेदवारीले यही माघ ११ गते मनोनयन दर्ता गराएका थिए। त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ। एमालेबाट रोल्पा…
काठमाडौँ: युएई मुवाँथाई च्याम्पियनसिपमा नेपाली खेलाडी अनिशा खड्काले स्वर्ण पदक जितेकी छिन्। अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्। यूएईको आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन्। सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन्।
बुटवल : अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमवार भूमिकास्थान नगरपालिका-९ ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको रिजालले बताए।
काठमाडौं : सरकारले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र शाहीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमवार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले ३ जनालाई योजना आयोगको सदस्य नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। नेपाल र बहराइनको दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको पनि शर्माले बताइन्। अमरपुर-ढुगेंसाँघु १३२ केभी प्रसारण…
काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। फागुन १९ गते प्रदर्शन हुने फिल्मको प्रचारको लागि पहिलो गीत सार्वजनिक गरिएको हो। राजेन्द्र थापाको शब्द रहेको ‘दर्शन सलाम’ बोलको गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। दीपक शर्माको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन। डान्सिङ प्याटनको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काएकी…
बुटवल : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले सोमबार पत्रकार सम्मेलनको गरी नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने ३१ वर्षीय जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन…
काठमाडौं : दुई साता अगाडि पोखरामा दुर्घटना भएको यती एयरको जहाजको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर पठाइएको छ। जहाजको ‘ब्ल्याक बक्स’ लिएर दुर्घटना जाँचबुझ आयोगका संयोजक नगेन्द्र प्रसाद घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपक प्रसाद वास्तोला, सदस्य सचिव एवं सहसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले बताए। नेपालबाट गएका प्रतिनिधि यही साता भित्रै नेपाल फर्कने योजना…
काठमाडौं : मन्त्रिपरिषदको बैठक सिंहदरवारमा सुरु भएको छ। राष्ट्रपति र नयाँ गृहमन्त्रीका बारेमा सत्ता गठबन्धनभित्र नेताहरुको दौडधुप चलिरहेका बेला सोमवार मन्त्रिपरिषदको बैठक बसेको हो। यसअघि सरकारले एक हप्तामा कार्ययोजना बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति अदालतको फैसलासँगै सांसद पद गएपछि अहिले गृह मन्त्रालय खाली रहेको छ।
पाकिस्तानको पेशेवारमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुने र घाइतेको संख्या बढ्दो छ। पाकिस्तानी समाचारहरुमा जनाइएकअनुसार अहिलेसम्म २८ जनाको मृत्यु भएको छ। घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन्। सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ। घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।…
बलिउड अभिनेत्री कंगना रनौत विवादास्पद अभिव्यक्तिका कारण चर्चित छिन्। झन्डै दुई वर्षको सस्पेन्डपछि हालै कंगना ट्विटरमा फर्किएकी हुन्। प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको ट्विटर सस्पेन्डमा परेको थियो। ट्विटरमा कमब्याक गरेसँगै कंगानाले फिल्म ‘पठान’ को विषयमा आफ्नो धारणा राखिन्। खासमा पठानको सफलतापछि निर्माता प्रिया गुप्ताले ट्वीटरमा एउटा भिडियो हालिन् - जहाँ शाहरुख खानको ‘पठान’…
हेटौंडा : वाग्मती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ। ४ मंसिरमा भएको निर्वाचनपछि वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले सरकारको प्राथमिकता निर्धारण गर्दै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेका हुन्। जम्कट्टेल गत पुस २५ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले माघ ११ गते सरकारलाई पूर्णता दिइसकेका छन्। ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले ६ दलबाट विश्वासको…
पाकिस्तानको पेशेवारमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा ८० जना भन्दा बढी घाइते भएका छन्। सोमवार दिउँसो भएको विस्फोटमा परी घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ। टाइम्स अफ इन्डियाका अनुसार उक्त घटनामा परी २ जनाको मृत्यु भएको छ। आत्मघाती बम बिस्फोटमा परी मस्जिदको केही भाग भत्केको छ। उक्त भवनमा धेरै मानिसहरु फसेको हुन सक्ने प्रहरी अधिकृत सिकन्दर खानले डन न्युजलाई…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ राष्ट्रपति कसलाई बनाउने भन्नेबारे लगातार परामर्शमा जुटेका छन्। अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गृहमन्त्री पद गएको छ। उक्त मन्त्रालयकाबारेमा पनि प्रचण्डले छलफल गरिरहेका छन्। सोमवार दिउँसो आफ्ना पार्टीका पदाधिकारीसँग परामर्शका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् प्रचण्ड। सचिव गणेश साहले अहिले पदाधिकारीको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको…
काठमाडौं : फिल्म महापुरुष टिमले युएईको दुबईमा आयोजना तय गरिएको नेपाली सिनेमा फेस्टिभल २०२३ मा सहभागी नहुने जनाएको छ। चलचित्र विकास बोर्डले एक महिनाअघि सूर्य कर्पोरेसनसँग मिलेर फेस्टिभल गर्ने घोषणा गरेको थियो। निर्माण कम्पनी षट्कोण आर्ट्स्ले अनुमति बिनै महापुरुषलाई प्रदर्शन सूचीमा राखेको भन्दै आपत्तिसमेत जनाएको छ। सूर्य कर्पोरेसन विवादास्पद कम्पनी भएको दाबी गर्दै षट्कोणले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च…
वीरगंज : मालपोत कार्यालय पर्सामा बिचौलिया बनेर सेवाग्राहीसँग पैसा असुल गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिने भन्दै बार्गेनिङ गर्ने, प्रचलित कानुनविपरीत अत्याधिक सेवा शूल्क लिने व्यक्तिहरुका बारेमा उजुरी परेकोको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, वडा…
जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फरार भएका छन्। आइतवार राति हिरासत तोडेर ६ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। फरार हुनेहरूमा क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने लागुऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ नगरपालिका-२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल…
शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’ले राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले पाँच दिनमा विश्वभरिबाट ५३५ करोड भारुको आँकडा पार गरेको छ। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो। भारत बाहिर मात्रै नभई घरेलु बक्सअफिसमा ‘पठान’को व्यापार आक्रामक छ। ‘पठान’ले भारतभर पाँच दिनमा २८२ करोड…
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित शहिद स्मृति पार्कमा पुगेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शहिद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले शहीदलाई सम्झेका हुन्। त्यस अवसरमा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिइन्। प्रधानमन्त्री प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेक छन्। शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उनले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताए। उनले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको…