काठमाडौं : धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार ६ थुनुवामध्ये हालसम्म दुईजना पक्राउ परेका छन्। हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल मंगलवार पक्राउ परेका हुन्। यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका-२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। चार थुनुवा अझै फरार छन्। उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी…
‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन। गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ। हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले…
काठमाडौंः कुमारी आमाका रुपमा प्रचारित निहारिका राजपूत र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ। एक अर्कालाई श्रीमान् श्रीमतीका रुपमा स्वीकार गर्दै जिल्ला अदालत धनुषामा दुईबीच मिलापत्र भएको हो। निहारिकाले शिवराजलाई जबर्जस्ती करणीमा मुद्दा समेत दायर गरेकी थिइन्। उक्त मुद्दामा शिवराजले सफाइ पाएका थिए। मुद्दा उच्च अदालतमा विचराधीन रहेकै बेला दुईबीच मिलापत्र भएको हो। बलात्कारबाट एक सन्तानको समेत जन्म भएको दाबी गर्दै निहारिकाले…
काठमाडौंः राजस्व कम उठ्ने तर खर्च आकासिएपछि अर्थ मन्त्रालयले खर्च कटौती गर्ने निर्णय गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता कायम गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको हो। मन्त्रालयले २४ अर्ब ५० करोड खर्च कटौती गर्ने निर्णय गरेको छ। मन्त्रालयले सबै मन्त्रालयको चालु तथा अनिवार्यबाहेकका खर्च रोक्ने निर्णय गरेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्। 'मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ,' प्रधानमन्त्रीको…
काठमाडौं : बलात्कार अभियोगमा थुनामा बसेर केही समयअघि छुटेका सन्दीप लामिछानेलाई पुन: थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई पुन थुनामा राखेर पूर्पक्ष माग गर्दै सर्वोच्चमा मंगलवार निवेदन दर्ता गरेको हो। सय दिन जेल बसेर पुस २९ गते नेपाली क्रिकेट टीमका पूर्व कप्तान लामिछाने रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश…
कैलाली : कैलालीको धनगढीमा कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशङ्कर अल्लो कपडा उद्योगबाट उनीहरू पक्राउ परेका हुन्। अल्लो कपडा उद्योग भनेर सञ्चालित उक्त पसलबाट ११ किलो ९ सय ग्राम लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका २ स्थायी घर भएका…
काठमाडौं : चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फेस्टिभल विवादित बनेपछि सूर्य कर्पोरेसनले स्पष्टीकरण दिएको छ। मंगलवार एक विज्ञप्ति निकाल्दै फेस्टिभल व्यवस्थापनको जिम्मा लिएको सूर्य कर्पोरेसनले आफूमाथि लागेका आरोपको खण्डन गरेको हो। हिजो फिल्म ‘महापुरुष’ टिमले अनुमति बिना नै प्रदर्शनको सूचीमा राखेको भन्दै आपत्ति जनाएको थियो। बोर्डले सूर्य कर्पोरेसनजस्तो विवादास्पद कम्पनी मिलेर फेस्टिभल गर्न लागिएको कलाकारहरुले दाबी गरेका थिए। विज्ञप्तिमा कर्पोरेशनलाई लगातार…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी छिन्। आज औषधि व्यवस्था विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उनले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताएकी हुन्। 'बजारमा दाँत चम्काउने, कपाल उमार्ने र पाचन प्रणालीलाई राम्रो बनाउने भनिएका औषधिका विज्ञापनहरुको गुणस्तर कस्ले मापन गरिरहेको छ? यसको तथ्याङ्क र समाधानका बाटाहरु के-के हुन…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अनुगमनलाई चुस्त बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन्। आज विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उनले सीमित जनशक्ति र स्रोतका बाबजुद औषधि अनुगमनलाई कुनै पनि बहानामा सङ्कुचित नगर्न निर्देशन दिएका हुन्। 'बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। जनशक्ति र भौतिक पूर्वाधारको अभावको बहानामा नागरिकको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन,' उनले भने। विभागले चालु आर्थिक वर्षमा…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्। आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनले दाबी गरेका हुन्। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। भने,'हामीसँग योग्य नेतृत्व…
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक खाताबाट मोबाइल वालेटमा हुने कारोबारको सीमा बढाएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रुपैयाँ कारोबार गर्न मिल्ने सीमा तय गरेको छ। यसअघि यो सीमा एक लाख रुपैयाँ मात्र थियो। यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रति दिन दुई लाख रुपैयाँ पठाउन मिल्ने सीमा तय…
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी रहने प्रक्षेपण गरेको छ। आइएमएफले विकसित मुलुकहरुमध्ये बेलायतको अर्थतन्त्र मात्रै ०.६ प्रतिशतले साँघुरिने प्रक्षेपण गरेको छ। बाँकी उन्नत अर्थतन्त्र भएका देशहरुको तुलनामा बेलायतले सन् २०२३ मा खराब प्रदर्शन गर्ने आइएमएफको अनुमान छ। चर्किएको महँगीले विश्वभर जीवनयापनको लागत ह्वात्तै बढेर सर्वसाधारणलाई असर गर्न सुरु गरेको आइएमएफले टिप्पणी गरेको छ। आइएमएफले सन् २०२२ मा बेलायतको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धन नटुट्ने प्रतिक्रिया दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक पछि प्रचण्डले सकेसम्म गठबन्धन जोगाउने प्रयास भइरहेको बताए। 'हामी सल्लाह गर्दैछौं। सकेसम्म गठबन्धनन नटुटोस भन्नेमा छौं। अदालतको पूर्णपाठ कुर्नुपर्ने मलाई सुझाव छ,' प्रचण्डले भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रचण्डले पूर्णपाठ आएपछि मात्रै…
काठमाडौं : टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनको डिजिटल अडिसन खुला भएको छ। सोमवार पाँचौं सिजनको घोषणासँगै डिजिटल अडिसन खुला गरिएको हो। निर्देशक सिमोस सुनुवारका अनुसार देशविदेशमा रहेका नेपालीहरुले प्रतियोगितामा सहभागी हुन पाउनेछन्। इच्छुक प्रतियोगीहरुले ‘हिमालय रोडिज’को एपसँगै भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत पनि अडिसन दिन सक्नेछन्। भाग लिनेले आफ्नो क्षमता प्रमाणित गर्ने चिनारी भिडियो पठाउनु पर्नेछ। प्राप्त आवेदनमध्येबाट १०० जनाले…
वीरगंज : वीरगंजका उद्योगी व्यापारी विविध समस्याको सूची बोकेर संघीय मन्त्रालय पुगेका छन्। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी यस क्षेत्रका उद्योग व्यापारमा देखिएका समस्या समाधानको माग गर्दै संघीय राजधानी कठमाडौं पुगेका हुन्। भर्खरै नयाँ सरकार गठन भएकाले नयाँ मन्त्रीहरूबाट नयाँ तरीकाबाट समस्याको समाधान पाउने आशा लिएर अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भटेको संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए।…
नेटफ्लिक्सले यस वर्षको पहिलो चौमासिकदेखि पासवर्ड सेयरिङमा कडाइ गर्ने बताएको छ। अघिल्लो हप्ता शेयरधनीहरूको लागि जारी कम्पनीको आय रिपोर्टमा नेटफ्लिक्सले यस्तो घोषणा गरेको हो। यस अनुसार अबका दिनमा घरपरिवार बाहिरका मानिसहरूसँग पासवर्ड सेयर गर्ने अभ्यास झन् जटिल हुने तथा ‘सिंगल सब्स्क्रिप्सन’ सेयर गर्न अतिरिक्त शूल्क लाग्न सक्ने सम्भावना देखिएको छ। ‘हाम्रो टर्म्स अफ युजले नेटफ्लिक्सको प्रयोगलाई घरपरिवारमा सीमित गरेको छ। अब आउने परिवर्तन…
काठमाडौं : नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपीआई) मा सात स्थानको सुधार हासिल गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो। सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो। आज ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी अवधारणा सूचकाङ्कमा विश्व र नेपालको अवस्थाबारे जानकारी गराएको थियो।…
काठमाडौं : धुर्मुस - सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन अभियान नै चलाए। माहोल राम्रै बनेको थियो। भूकम्पपछि नमुना बस्ती बनाउनेदेखि वीर अस्पताल सरसफाइसम्मका काम गरेका फाउन्डेसनका सीताराम कट्टेल धुर्मुस् र कुञ्जना घिमिरे सुन्तलीमाथि मानिसहरुको ठूलै अपेक्षा पनि थियो। देश विदेशबाट आर्थिक सहयोग संकलन, घरदैलो अभियान, कूर्सी बेच्नेदेखि पुराणसम्म लगाएर पैसा संकलन पनि गर्यो फाउन्डेसनले। तर, पछिल्लो समय रंगशाला खण्डहर बन्दै गएको छ। अधकल्चो…
जनकपुरधाम : भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशीला सोमबार बिहान अयोध्या पठाइएको छ। मिथिला परम्पराअनुसार शीलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पठाइएको हो। जनकपुरबाट भारतको मुजफ्फरपुर–गोरखपुर हुँदै दुवै शीला १८ माघमा अयोध्या पुग्नेछ। यसअघि आइतबार साँझ धार्मिक विधि अनुसार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र उनकी पत्नी अनामिका निधिले दुवै देवशीलाको पूजा…