काठमाडौं : आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन। पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन। नेपालमा पनि सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज…
‘ओपनएआई’ कम्पनीले कुनै पनि कन्टेन्ट आर्टिफिसियल इन्टेलिजेन्सले लेखेको हो या होइन भनेर पत्ता लगाउन डिजाइन गरिएको एक 'टूल' विकास गरेको छ। तर, यो पूर्ण रूपमा विश्वसनीय नभएको कम्पनीले सजग पनि गराएको छ। ‘ओपनएआई’ भनेको ‘च्याटजीपीटी’ नामक आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामको विकास गर्ने कम्पनी हो। मंगलवार ब्लग पोष्टमार्फत ‘ओपनएआई’ले ‘च्याटजीपीटी’ मात्र नभई विभिन्न प्रकारका एआईले लेखेका र मानिसले लेखेका कुरा छुट्याउन तालिम दिइएको एउटा…
काठमाडौं : परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन उनी श्रीलंकको भ्रमणमा जान लागेकी हुन्। पौडेल उहाँ आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन्। परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै…
काठमाडौं : आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भू-भागहरूमा भने हल्का हुस्सु लागेको छ। महाशाखाको नियमित मौसम बुलेटिन अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती प्रदेश नं. १, वाग्मती…
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ। महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो। बीस वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक…
काठमाडौं : गत मङ्गलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे ५ दशमलव नौ९ रेक्टरस्केलको भूकम्प गयो। भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए। जिल्लामा ६०० बढी घर पूर्ण र आंशिकरूपमा क्षति भए। त्यसमा पनि गौमुल गाउँपालिका-२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो। गौमुल गाउँपालिका-२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग…
काठमाडौं : कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला ल्याइएको हो। यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि अयोध्या पुगेको हो। अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई हराएको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेटिसमाथि बार्सिलोनाले २-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले रोनाल्ड अराउजोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ ८५ औं मिनेटमा…
काठमाडौंः उच्च अदालत पाटनले टुकुचा खोला उत्खनन् अभियानमा पूर्णरुपमा रोक लगाएको छ। काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि सो क्षेत्रमा अवस्थित स्थानीयले दायर गरेको रिट निवेदकको पक्षमा अदालतले फैसला गरेको हो। अदालतको दैनिक पेसी सूचीमा रिट जारी उल्लेख गरिएको छ। तर, अदालतले फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन। यसअघि नै उच्चले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गरेको थियो। हात्तीसार लगायतका क्षेत्रमा महानगरले डोजर…
काठमाडौं : बुधवार प्रतिनिधिसभामा सत्तारुढ दलहरुकै सांसदबिच गजबको ब्याटल चल्यो। माओवादीदेखि एमाले सांसद् राप्रपाका मन्त्रीहरुमाथि खनिए – राप्रपाका सांसद पनि के कम? 'ब्याटल'मा उत्रिहाले। संघीयताको विरोध र बचाउमा भएको ब्याटलमा आफूलाई प्रमुख प्रतिपक्षी दाबी गरेको कांग्रेसको स्वर भने सुनिएन। सबैभन्दा पहिले त एमालेका सांसद रघुजी पन्त नै खनिए राप्रपा मन्त्रीहरुमाथि। राप्रपाका मन्त्रीहरु बेलगाम भएको इंगित गर्दै पन्तले यस्तो हुनु राम्रो…
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिलाई दिएको लाखौँ अनुदानले केही पनि प्रतिफल नदिएकोमा गुनासो गरेका छन्। वाग्मती प्रदेशसभाको पाँचौ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। अब सबै मिलेर उत्पादन बढाउने र रोजगारी बढाउने काम गर्नेगरी प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री जम्कट्टेलले बताए। अब परिणाम ल्याउनेगरी काम गरिने उनको भनाइ थियो। उनले तीन तहको सरकारले आपसी समन्वय गरेर…
चलचित्र बिकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ अहिले विवादमा छ। फिल्म ‘महापुरुष’ टिमले बहिष्कार गरेसँगै 'फेस्ट' विवादमा तानिएको हो। आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै महापुरुषले बहिष्कार गरेको हो। यसैबिच, कलाकार विजय लामाले पनि अनुमति बिनै पोस्टरमा आफ्नो फोटो राखेको भन्दै आपत्ति जनाएका छन्। कार्यक्रमबारे जानकारीसमेत नभएको उनको दाबी छ। ‘केही समय यता यो कार्यक्रम लिएर विवादस्पद कुरा…
काठमाडौं : पूर्व रानी कोमल शाहले शाहरुख खानको फिल्म ‘पठान’ हेरेकी छिन्। पूर्व युवराज्ञी हिमानी शाहसँगै कोमल र पूर्व राजपरिवारका सदस्यहरु दरबारमार्गस्थित क्यूएफएक्सको ‘दरबार सिनेम्याक्स’ हल पुगेर फिल्म हेरेका हुन्। कोमल र हिमानीसहित पूर्व राजपरिवारले फिल्म हेर्न आएको फोटो क्युएफएक्सले फेसबुकमा सार्वजनिक गरेको छ। गुण ग्रुपद्वारा निर्माण गरिएको ‘दरबार सिनेम्याक्स’ हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खानासहितको सेवा उपलब्ध छ। जसकारण…
हलिउड अभिनेता रेगे जीन पेज संसारको सबैभन्दा सुन्दर पुरुष घोषित भएका छन। नेटफ्लिक्स श्रृंखला ‘ब्रिजर्टन’ का बाट चर्चित पेज संसारकै सबैभन्दा सुन्दर भएको एक अध्ययनले देखाएको हो। ३४ वर्षीय पेजको अनुहारको मूल्याङ्कन र विश्लेषण गर्दा सबैभन्दा सुन्दर पुरुष भएको अध्ययनले निष्कर्ष निकालेको हो। यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोगद्वारा गरिएको थियो। सो प्रणालीले शारीरिक पूर्णता मापन गर्ने जनाइएको छ।…
काठमाडौं : वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ। प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।
काठमाडौं : फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ। तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ। रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सर्ने हल्ला चल्न थालेको छ। नारायण रायमाझी निर्देशित यो फिल्म गत असोज १४ गते रिलिज हुने भनिएको थियो। तर, एकसाताअघि ‘प्रेमगीत…
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारदेखि हुने भएको छ। प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणाले आफूहरु राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएको बताएका छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद राणाले यस्तो बताएका हुन्। यो संविधानविपरित नभएको उनको भनाइ थियो। उनले भने, ‘हामी नेपाली जनताको बिचमा आएका छौं। हामी राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएका छौं। यो व्यवस्थालाई नमान्ने भनेका छैनौं। यो संविधान विपरित होइन।…
भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ। आज भारतकी वित्त मन्त्री निर्मला सितारमणले पेस गरेको बजेट भाषणमा नेपाललाई दिने अनुदान रकम घटाइएको हो। गत वर्ष भारतले नेपाललाई ७५० करोड भारतीय रुपैयाँ अनुदान दिने बजेटमार्फत घोषणा गरेको थियो। आजको बजेट भाषणमा भने सितारमणले नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी हुन्। भारतले नेपालसँगै श्रीलंका, म्यानमार, मंगोलिया, मरिसियस र सिचिलेसलाई…
काठमाडौं : नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेको घटना राज्य सञ्चालनको प्रकृयामा रहेकाहरुको लागि चुनौती भएको बताएका छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद बस्नेतले संसद्ले यस घटनामा विशेष रुपले ध्यान दिन नसके स्थिति विकराल हुने बताए। उनले भने, ‘यो राज्य सञ्चालनको प्रक्रियामा रहेकाहरुको लागि प्रेम आचर्यको घटना चुनौती हो। सरकारमा रहेका र…