PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

  • नेता धनश्याम भुसालको गाडी नयाँ बानेश्वरमा दुर्घटना

    नेता धनश्याम भुसालको गाडी नयाँ बानेश्वरमा दुर्घटना

    काठमाडौं : एकीकृत समाजवादीका नेता धनश्याम भुसालको गाडी दुर्घटना भएको छ। नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो। बा १६ च १३८४ नम्बरको कार दुर्घटना भएको हो। गाडीमा नेता भुसाल र अर्का एक व्यक्ति थिए। नेता भुसाललाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ। गाडीमा भने क्षति पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

    अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं : अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनको सुनुवाइमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा आज सुनुवाइ भएको थियो। न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी चढेको थियो। जिल्ला अदालतको आदेश र उच्चले धरौटीमा रिहा गर्न दिएको आदेशको सम्पूर्ण फाइल माग सर्वोच्चले गरेको हो। तर, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारका अभियुक्त सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर जोड्न पदमार्ग निर्माण हुने

    बागलुङको जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर जोड्न पदमार्ग निर्माण हुने

    काठमाडौं : बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ। गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो। धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए। उपाध्यक्ष थापाले भने, 'पदमार्गले…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रति तोला एक हजार चार सय रुपैयाँ घट्यो

    सुन प्रति तोला एक हजार चार सय रुपैयाँ घट्यो

    काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६ हजार १०० रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ६०० रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान

    कैलाली : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई कारागार पठाइएको छ। आज कैलाली जिल्ला अदालतमा उनलाई पेस गरिएको थियो। अदालतबाट पूर्जी बुझेपछि उनलाई कारागार चलान गरिएको हो। झन्डै १३ वर्ष अघि ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा ९ वर्ष अघि उनलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालतले उनलाई ६ महिना कैद सजाय तोके पनि उनी भने…

    विस्तृतमा पढ्नुस्

  • एप्पलको बिक्री ह्वात्तै घट्यो

    एप्पलको बिक्री ह्वात्तै घट्यो

    जीवनयापनको बढ्दो लागतले सन् २०२२ को अन्त्यमा एप्पलको बिक्री ह्वात्तै घटेको छ। महंगी चर्किदै गएपछि आम सर्वसाधारणले आधारभूत सेवा तथा वस्तुमा खर्च केन्द्रित गर्न थालेका हुन्। सन् २०२२ को अन्तिम तीन महिनामा आइफोनको बिक्री ५ प्रतिशत घटेको हो। यो सन् २०१९ पछिको सबैभन्दा ठूलो गिरावट हो जसलाई कम्पनीले अपेक्षित भन्दा खराब बताएको छ। विभिन्न पक्षले तीव्र आर्थिक मन्दीको बारेमा चेतावनी दिइरहेको बेला विशेष गरि प्रविधिको…

    विस्तृतमा पढ्नुस्

  • अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनको सुनवाई न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

    अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनको सुनवाई न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

    काठमाडौं : अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनको सुनुवाइको पेशी चढेको छ। थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा आज सुनुवाइ हुन लागेको हो। न्यायाधिश हरिप्रसाद फुयालको इजलासमा पेशी चढेको हो। तर, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेको छ। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्। प्रशिक्षणमा बोलाइनुअघि क्यानले…

    विस्तृतमा पढ्नुस्

  • अभियुक्त सन्दीप लामिछाने विरुद्धको निवेदनमा आज सर्वोच्चमा सुनुवाई हुने

    अभियुक्त सन्दीप लामिछाने विरुद्धको निवेदनमा आज सर्वोच्चमा सुनुवाई हुने

    काठमाडौः  अभियुक्त क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा आज सुनुवाइ हुने भएको छ। थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग सहित महान्यायधीवक्ता कार्यालयले दिएको निवेदनमा आज सुनुवाइ हुने लागेको हो। तर नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेको छ। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्। प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन…

    विस्तृतमा पढ्नुस्

  • पोल्यान्डका खेल मन्त्रीले किन दिए ४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने चेतावनी?

    पोल्यान्डका खेल मन्त्रीले किन दिए ४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने चेतावनी?

    पेरिसमा सन् २०२४ मा हुने ओलम्पिक ४० वटा देशले बहिष्कार गर्न सक्ने पोल्यान्डका खेल एवम् पर्यटन मन्त्री कमिल बोर्टनिजुकले बताएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सन् २०२४ मा हुने प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीहरुलाई प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको हो। तर, पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लतभियाले संयुक्त रुपमा कमिटीको सो निर्णयको विरोध गरेको छ। यसै सन्दर्भामा पोल्यान्डका मन्त्रीको यस्तो अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीले हेरफेर गरे सहसचिवहरुको जिम्मेवारी, कसलाई कहाँ पठाइयो?

    अर्थमन्त्रीले हेरफेर गरे सहसचिवहरुको जिम्मेवारी, कसलाई कहाँ पठाइयो?

    काठमाडौं : अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गरेको छ। सहसचिवहरुको सरुवापछि कार्यविभाजन गरिएको हो। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। फेरिएको जिम्मेवारी अनुसार श्रीकृष्ण नेपाल पुन: आर्थिक सहायता समन्वय महाशाखामा फर्किएका छन्। उनी पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा समेत सोही महाशाखामा थिए। यस्तै, धनिराम शर्मा पनि बजेट तथा कार्यक्रम महाशाखामा फर्किएका छन्। सहसचिव झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • धनगढीको मुख्य बजारका सडक छेउमा पार्किङ गर्न रोक

    धनगढीको मुख्य बजारका सडक छेउमा पार्किङ गर्न रोक

    काठमाडौं : धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए। अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध…

    विस्तृतमा पढ्नुस्

  • गुठी जग्गाको उपयोगलाई प्रभावकारी बनाउने गृहकार्यमा मन्त्रालय

    गुठी जग्गाको उपयोगलाई प्रभावकारी बनाउने गृहकार्यमा मन्त्रालय

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरि प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ। गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो। मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्तिका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

    नागरिक उन्मुक्तिका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

    कैलाली : बाँकेबाट पक्राउ गरि धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई आज अदालतमा पेस गरिने भएको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टी संसदीय दलका सचेतक समेत हुन्। बिहीबार बेलुका उनलाई हवाईजहाज मार्फत धनगढी ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हिरासतमा रहेका चौधरीलाई आज अदालत पेस गरिने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने, फागुनदेखि लागू हुँदै

    वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने, फागुनदेखि लागू हुँदै

    काठमाडौं : वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रयाल पास हुने निर्देशिका फागुनदेखि लागू हुने भएको छ। मुख्यमन्त्री रहँदा राजेन्द्र पाण्डेले यो व्यवस्था लागू गर्न लामो समयसम्म अस्वीकार गरेका थिए। नयाँ मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल भने नयाँ निर्देशिका कार्यान्वयनमा ल्याउन सहमत भएका छन्। स्रोतका अनुसार एक महिना अघि निर्देशिकाका बारेमा अध्ययन गर्न समिति बनाइएको थियो। त्यही प्रतिवेदनका आधारमा फागुनदेखि निर्देशिका कार्यान्वयनमा ल्याउन उनी तयार भएका हुन्। एक…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिजिल : जितु र साम्राज्ञीको 'ह्यारीकी प्यारी' सँग भिड्दै दक्षिण भारतीय फिल्म 'माइकल'

    फ्राइडे रिजिल : जितु र साम्राज्ञीको 'ह्यारीकी प्यारी' सँग भिड्दै दक्षिण भारतीय फिल्म 'माइकल'

    काठमाडौं: आज नेपाली सिनेमा हलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ कपिल रिजाल निर्देशित फिल्म 'ह्यारीकी प्यारी' र विदेशीतर्फ दक्षिण भारतीय फिल्म 'माइकल' रिलिज भएको हो। डा.कपिल रिजालको निर्देशन र लेखन रहेको फिल्म 'ह्यारीकी प्यारी' मा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका रहेको छ। ‘छक्का पन्जा’ टिमसँग काम गर्दै आएका जितु पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आइपुगे मलेसियाका गृहमन्त्री, श्रम सम्झौता भ्रमणको मुख्य एजेन्डा

    काठमाडौं आइपुगे मलेसियाका गृहमन्त्री, श्रम सम्झौता भ्रमणको मुख्य एजेन्डा

    काठमाडौंः मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल काठमाडौं आइपुगेका छन्। तीनदिने नेपाल भ्रमणका क्रममा उनी बिहीबार राति काठमाडौं आइपुगेका हुन्।  उनको भ्रमणको मुख्य उद्देश्य नेपालसँग श्रम सम्झौताबारे छलफल गर्नु हो। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। मेलेसियामा अहिले जनशक्तिको अभाव रहेको छ। त्यसैले मलेसियाले चरणबद्ध रुपमा नेपालबाट दक्ष जनशक्ति लग्न खोजिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम

    स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दुई दिन कुर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए।  गृह नपाएपछि सरकार छाड्ने मनस्थितिमा बैठक बोलाएका सभापति रवि लामिछानेलाई अन्य सांसदहरुले सरकार छाड्नुको औचित्य पुष्टि गर्नुपर्ने धारणा…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार आरोपमा धरौटीमा छुटेका लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

    बलात्कार आरोपमा धरौटीमा छुटेका लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

    काठमाडौः नेपाल क्रिकेट संघ ( क्यान) ले बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेको छ। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्।  प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो। #2ndPhase #ClosedCamp pic.twitter.com/exMwc2lkjH — CAN (@CricketNep) February 2, 2023   क्यानले सार्वजनिक गरेको बन्दसूचीमा लामिछानेको पनि नाम राखिएको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज…

    विस्तृतमा पढ्नुस्

  • ११६ डिएसपी सरुवाः बृतदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ?

    ११६ डिएसपी सरुवाः बृतदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ?

    काठमाडौं : नेपाल प्रहरीका ११६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डिएसपीको सरुवा गरेको हो। डिएसपी सरुवा सँगै काठमाडौं उपत्यकाभित्रका वृत प्रमुख समेत फेरिएका छन् । कालिमाटी, ठिमी लगायतका केही वृतका प्रमुख फेरिएका हुन् । त्यस्तै डिएसपी प्रमुख हुने हिमाली जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • विवादपछि बोर्डको स्पष्टीकरण : सूर्य कर्पोरेसनलाई व्यवस्थापकीय जिम्मेवारी मात्रै दिएका हौँ

    विवादपछि बोर्डको स्पष्टीकरण : सूर्य कर्पोरेसनलाई व्यवस्थापकीय जिम्मेवारी मात्रै दिएका हौँ

    काठमाडौं : पछिल्लो समय चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ विवादित छ। ‘महापुरुष’ टिमले आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै बहिष्कार गरेसँगै विवादमा तानिएको हो। विवादबिच बोर्डले कार्यक्रमको अन्तिम कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बोर्डले यूएईमा माघ २९ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्न लागेको फिल्म ‘ऐना झ्यालको पुतली’ र फिल्म ‘कबड्डी ४’ प्रदर्शन हुने बताइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell