काठमाडौं: ‘मिस नेपाल-२०२३’ को औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच आयोजक संस्था द हिडन ट्रेजरले घोषणासँगै डिजिटल आवेदन खुला गरिएको हो। चैत १ गतेसम्म डिजिटल अडिसन खुला रहने द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए। प्रतियोगिले ‘मिस नेपाल’ को एपमार्फत आवेदन दिन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन आयोजकले पहिलोपटक ‘मिस नेपाल’ एप सञ्चालनमा ल्याएको हो। २०८० सालको जेठ १३…
भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ। बिहीबार अयोध्यामा आयोजित भव्य समारोहका बीच कांग्रेस नेता विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन्। हिन्दू परम्पराअनुसार पूजापाठ गरी मन्दिरका लागि…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बिहीवार अपराह्न काठमाडौंको बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक संयुक्त रुपमा सुरु भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता गर्ने भन्ने विषयमा निर्णय लिन रास्वपाले बैठक डाकेको हो। सर्वोच्च अदालतले नागरिकता पुन:…
काठमाडौं : भारतमा मोबाइलको मूल्य सस्तिने भएपछि नेपालमा 'ग्रे मार्केट' (अनधिकृत बजार) झन् मौलाउने भएको छ। भारत सरकारले बजेटमार्फत मोबाइल फोनको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न केही पार्ट्सहरुको आयातमा भन्सार दर घटाउने निर्णयले नेपालमा असर पर्ने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२३/२४ को बजेटबाट स्वदेशी मोबाइल उत्पादन उद्योगहरुलाई राहत दिने घोषणा गरेकी थिइन्। जसका कारण अब भारतमा मोबाइल फोनको दाम सस्तिने छ।…
सुरेशचन्द्र रिजाल – नेपाली इतिहास पल्टाउने हो भने अन्तिममा ७ अंक कोही कसैलाई पनि शुभ फापेको देखिँदैन। अनुसन्धान र खोजकर्ताहरूले विभिन्न समयका घटनाहरूलाई महत्त्वका साथ हेर्ने गर्दछन्। यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरुले पनि यस्ता घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन गरेका हुन्छन्। पृथ्वीमा भएगरेका हरेक प्रकारका सानाठूला घटनाको पछाडि खगोलीय अवस्था पनि जोडिएको हुन्छ। विश्वमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरूको…
काठमाडौं : मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुई म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले उदयपुर घर भएका ४४ वर्षीय लालबहादुर मगर र इलाम घर भएका ४१ वर्षीय डम्बर बहादुर दर्लामीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जना म्यानपावर एजेन्ट भएको खुलेको छ। गत मंसिर २६ गते उनीहरुले एक महिलालाई राम्रो काम लगाइदिने भन्दै दुवई हुँदै कुवेत पुर्याएर…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। आज दिउँसो साढे ४* बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ। बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयदेखि लिएर बैठक बस्न लागेको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए। 'यसरी देश बन्दैन अब केही निर्णय गर्नु पर्छ भनेर नै हो,' प्रवक्ता ढकालले भने। सरकारमा सहभागी हुने नहुने विषयमा समेत बैठकमा छलफल…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष केपी शर्मा ओलीबिच मतभेद देखिएको छ। गठबन्धनमा रहेको सबैभन्दा ठुलो दल नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली र दाहालबिच गृहमन्त्रालय कसलाई दिने भन्नेबारेमा फरक-फरक विचार सार्वजनिक भएको हो। मंगलवार प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्न आफूलाई सुझाव आएको बताएका थिए। तर बिहीवार…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई भन्न र लेख्न केही भए आजै भनिसक्न र लेखिसक्न बताएका छन्। नागरिकता विवादमा सर्वोच्चका फैसलाका कारण मन्त्रीदेखि सांसद पद गुमाएका लामिछानेमाथि पछिल्लो दिन आलोचना बढेको छ। यही विषयमा मिडियामा पनि उनको चर्चा चुलिँदो छ। आलोचना बढेपछि लामिछानेले भोलिबाट मौनता तोड्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफू अभिमन्यु नभएको उल्लेख गर्दै…
काठमाडौं : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी साँझ ७ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै, उनले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने बताइएको छ। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट…
काठमाडौं : हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहको सेयरको मूल्य लगातार ओरालो लागेको छ। सो समूहको कम्पनीहरूले एक हप्ताको अन्तरालमा लगभग १०० अर्ब अमेरिकी डलरको स्टक मूल्य गुमाएको छ। अडानी इन्टरप्राइजेजलेले एफपीओ बिक्रीबाट उठाएको २०,००० करोड सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने भएको छ। समूहको प्रमुख फर्म,अडानी इन्टरप्राइजेजको सेयर बिहान केहि उकालो लगेपनि हाल १० प्रतिशतले तल झरेको छ। समूहका अन्य कम्पनीहरू, अडानी…
काठमाडौं : शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’ ले नेपालमा आक्रामक व्यापार गरिरहेको छ। शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्मले नेपालमा ६ करोडको व्यापार गरिसकेको छ। ‘पठान’ ले नेपाली बक्सअफिसमा सात दिनमा ६ करोड कलेक्सन गरेको वितरक मनोज राठीले बताए। ‘यस फिल्मले नेपालमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले एकसातामा ६ करोड कमाई गरिसकेको छ। हिजोको भने कलेक्सन…
काठमाडौं : सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्दै आजसम्मकै उच्च मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको बजार मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ।…
काठमाडौं : काठमाडौंको नागढुङ्गामा एक पुरुष मृत भेटिएका छन्। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित खोल्साको झाडीमा पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। रुपन्देही ओमसतिया गाउँपालिका-२ बस्ने ४० वर्षीय ईन्द्रबहादुर गन्दर्भ बुधवार मृत अवस्थामा फेला परेका हुन्। शवको पोस्टमार्टको लागि अस्पताल लगिएको छ। त्यस्तै, प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। अहिलेसम्म मृत्युको कारण भने खुलिसकेको छैन।
काठमाडौं : पेस्तोलसहित प्रहरीले सुनसरीको इटहरीबाट दुई जना युवकलाई पक्राउ गरेको छ। ईटहरी उपमहानगरपालिका-१२ खनारबाट एउटा चाइनिज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित दुई जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई हतियार र…
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को जुरीमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छिन्। प्रियंकासँगै माया एकेडेमीका इन्द्र लाल बलामी समेत जुरीमा रहनेछन्। आउँदो चैत २ देखि ६ गतेसम्म हुने निफको जुरी कमिटीमा दुईजना नेपालीलाई मनोनित गरिएको छ। ‘निफ’को जुरीमा प्रियंका फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको निफले…
काठमाडौं : धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थप एक थुनुवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो। उनी मथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्। गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता…
काठमाडौं : सरकारले कानुन निर्माण गरेको ३० वर्षपछि मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले यसलाई कसरी लागू गर्न सकिन्छ भन्नेमा छलफल गर्न थालेका छन्। केही वर्ष अगाडि पनि सरकारले यो हेल्मेट अनवार्य कानुन लागू गर्न खोजेको थियो। तर, हेल्मेट व्यवसायीहरुको मिलोमतोमा…
काठमाडौं : बिहीवार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो। योसँगै बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधवार सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा भएको थियो। त्यस्तै, बिहीवार तेजाबी सुन…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ९ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ। कार्यालयले क्यानडाका नागरिक मोहम्मद कमल मह्गोबलाई पक्राउ गरेको हो। बुधबार राति १२ बजेर १० मिनेटमा मोहम्मद पक्राउ परेका हुन्। उनी फ्लाई दुबईको एफ २५७३ उडानबाट काठमाडौं झरेका थिए। एयरपोर्ट झर्नेबित्तिकै मोहम्मदले भन्सार अधिकृतसँग शंकास्पद व्यवहार देखाएका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएर खाजतलासी गर्दा उनको साथबाट ९ किलो…