PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

  • निर्वाचनमा प्रत्यक्षतर्फ कम टिकट दिएको भन्दै महिला नेतृ असन्तुष्ट, बाध्यकारी कानुन निर्माणको माग

    प्रकाश सिलवाल  काठमाडौँ :  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनामा प्रत्यक्षतर्फ अत्यन्त कम संख्यामा महिलाले टिकट पाएपछि महिला नेतृ असन्तुष्ट देखिएका छन्।  महिला अधिकारको वकालत गर्ने प्रमुख दलबाटै प्रत्यक्षमा महिलालाई टिकट नदिइनु पराम्परागत पितृसत्तात्मक सोचको परिणाम भएकाले अब कानुनीरूपमै प्रत्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारीको व्यवस्था हुनुपर्ने महिला नेतृले जोड दिएका छन्।  आमरूपमा राजनीतिमा महिलाको सहभागिता क्रमशः बढ्दो भए पनि प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा बक्स अफिस भिडन्त, कुन फिल्मले कति कमायो?

    बलिउडमा बक्स अफिस भिडन्त, कुन फिल्मले कति कमायो?

    बलिउड अभिनेता आमिर खान निर्मित तथा स्टारर फिल्म 'सिक्रेट सुपरस्टार'ले बक्स अफिसमा अपेक्षित सुरुवात गर्न सकेको थिएन। प्रदर्शनमा आएको दिनदेखि फिल्मको व्यवसाय सुस्त रहेपनि यो साताको सुरुवातदेखि दर्शकको साथ मिल्दो छ। फिल्मले हालसम्म ३० करोड ७५ लाखको व्यवसाय गरेको छ। प्रतिक्रियात्मक एवं समीक्षात्मक रुपमा भने फिल्मको 'वर्ड अफ माउथ' राम्रो गएको। टाइम्स अफ इन्डियामा दिइएको जानकारी अनुसार फिल्मले पहिलो दिन…

    विस्तृतमा पढ्नुस्

  • अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि ताप्लेजुङका किसान निराश

    अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि ताप्लेजुङका किसान निराश

    सिवी अधिकारी  ताप्लेजुङ :  सुजन दाहालले दुई वर्षअघि प्रतिमन एक लाख १० हजार रुपैयाँमा अलैँची बिक्रि गरेका थिए। अहिले जम्मा २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न छन् दाहाल। बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि किसानमा निराशा छाएको छ।  आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताए। अलैँचीको मूल्य निरन्तर घटेकाले उनलाई पुख्र्यौली पेशाबाटै विमुख…

    विस्तृतमा पढ्नुस्

  • चार देशका राजदूत बग्गी चढेर पुगे शितलनिवास

    चार देशका राजदूत बग्गी चढेर पुगे शितलनिवास

    काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका आवासीय र एक गैरआवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति भण्डारी समक्ष नेपालका लागि नर्वेका राजदूत लेस, जर्मनीका रोलान्ड, ईयूका भरोनिका र न्यूजिल्याण्डका गैरआवासीय राजदूत जोना म्यारीले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। त्यसअघि उनीहरुलाई लाजिम्पाटस्थित होटल सांग्रिलाबाट बग्गीमा राखेर शीतलनिवास पुर्याइएको थियो।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा शिक्षा विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा शिक्षा विधेयक प्रमाणीकरण

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएको शिक्षा(नवौं संशोधन) विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सिटौलाले भने–समानुपातिकमा होइन, झापा ३ बाट प्रत्यक्षमै चुनाव लड्छु

    सिटौलाले भने–समानुपातिकमा होइन, झापा ३ बाट प्रत्यक्षमै चुनाव लड्छु

    झापा :  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफू प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन्।  बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारे।  व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै सिटौलाले भने,‘हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म…

    विस्तृतमा पढ्नुस्

  • इपीएल अक्सन : यी हुन् १ लाख ७५ हजारमा बिकेका चार महँगा खेलाडी, अनिल र महेश बिकेनन्

    इपीएल अक्सन : यी हुन् १ लाख ७५ हजारमा बिकेका चार महँगा खेलाडी, अनिल र महेश बिकेनन्

    काठमाडौं : ए क्याटेगोरीमा रहेका चार खेलाडी आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी एभरेस्ट प्रिमियर लिग (इपीएल)मा सबैभन्दा बढी रकममा बिक्री भएका छन्। बेस एमाउन्ट १ लाख रहेका यी चारै खेलाडी समान १ लाख ७५ हजारमा बिक्री भएका हुन्। सन्दीप र आरिफलाई पछिल्ला वर्षमा राम्रो प्रदर्शन गरेको भन्दै अक्सन हुनु एक दिन अघि मात्र आयोजकले ए क्याटेगोरीमा राख्ने…

    विस्तृतमा पढ्नुस्

  • चुनावी तालमेल गर्ने कांग्रेसको प्रस्ताव नेमकिपाद्वारा अस्वीकार, एक्लै चुनाव लड्ने बिजुक्छेको जवाफ

    चुनावी तालमेल गर्ने कांग्रेसको प्रस्ताव नेमकिपाद्वारा अस्वीकार, एक्लै चुनाव लड्ने बिजुक्छेको जवाफ

    भक्तपुर:  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच तालमेल गर्न छलफल भएको छ।  नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा आज बिजुक्छे र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच दुई पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब एक घण्टा छलफल भएको हो। अध्यक्ष बिजुक्छेलाई नेता निधिले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनावी तालमेल…

    विस्तृतमा पढ्नुस्

  • एन्फा कार्यसमितिको चुनाव सर्‍यो, अब माघ ११ गते हुने

    एन्फा कार्यसमितिको चुनाव सर्‍यो, अब माघ ११ गते हुने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको चुनाव दुई साता भन्दा बढी समयका लागि सरेको छ। यसअघि पुसको २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको चुनाव अब माघ ११ गते हुने भएको छ। एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको एन्फाका सिइओ इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई बताए। 'अपिल कमिटी र इलेक्सन कमिटीका लागि समय आवश्यक रहेकाले चुनाव…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग सर्ने निश्चित, थ्री स्टारलाई एएफसी क्लब च्याम्पियनसिप खेल्ने अर्को मौका

    ए डिभिजन लिग सर्ने निश्चित, थ्री स्टारलाई एएफसी क्लब च्याम्पियनसिप खेल्ने अर्को मौका

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी मंसिर १४ गतेदेखि गर्ने भनेको ए डिभिजन लिग सर्ने निश्चित भएको छ। मंसिर महिनामै दुई चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण लिग दुई साता पछि सार्न लागिएको एन्फा सिइओ इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई जानकारी दिए। 'यसअघि क्लबहरुसँग भएको छलफलमा मंसिर २९ गतेबाट लिग गर्ने भन्ने कुराकानी भएको छ तर…

    विस्तृतमा पढ्नुस्

  • बागीलाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनको आग्रह, नत्र कारबाही गर्ने चेतावनी

    बागीलाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनको आग्रह, नत्र कारबाही गर्ने चेतावनी

    काठमाडौँ : पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ।  बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ।  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणका सिईओ भुसाल भन्छन् -तीन महिनामा परिणाम निकाल्ने गरी काम गर्छु

    प्राधिकरणका सिईओ भुसाल भन्छन् -तीन महिनामा परिणाम निकाल्ने गरी काम गर्छु

    काठमाडौँ :  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गर्ने बताएका छन्।  मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि कुरा गर्दै भुसालले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताए। भुसालले प्राधिकरणमा भइरहेका कामलाई द्रुत गतिमा अगाडि बढाउने उल्लेख गर्दै भूकम्पपीडितका घर…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्रवादी पक्षधरलाई एकजुट हुन कांग्रेस नेता गच्छदारको आग्रह

    प्रजातन्त्रवादी पक्षधरलाई एकजुट हुन कांग्रेस नेता गच्छदारको आग्रह

    इटहरी :  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताएका छन्।  कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गरे।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी जेरुसेलमबाट ५१ जना प्यालेस्टिनी पक्राउ

    पूर्वी जेरुसेलमबाट ५१ जना प्यालेस्टिनी पक्राउ

    जेरुसेलम :  इजरायली प्रहरीले पूर्वी जेरुसेलममा आइतबार राति छापा मारी प्यालेस्टिनी स्वतन्त्रताका लागि हिंसात्मक विरोधका आन्दोलन चलाएको आरोपमा ५१ जनालाई पक्राउ गरेको इजरायली अधिकारीले जनाएका छन्।  पूर्वी जेरुसेलमको इशावियाबाट प्यालेष्टिनी आन्दोलनकारी भएको अनुमानमा उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको इजरायली प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उनीहरूले इजरायली प्रहरीमाथि विष्फोटक पदार्थ, ढुङ्गा तथा इट्टा प्रहरीमाथि प्रहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।  प्यालेष्टिनी युवाहरूले पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै

    ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै

    स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले पूछारमा रहेको मालागालाई २-० ले हरायो। घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान आन्द्रेज इनेस्टा र जेरार्ड डेउलेफेले गोल गरे। जितपछि ९ खेलबाट २५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। मालागाको भने यो आठौँ हार हो। ९ खेल खेलेको मालगाले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारको आज मनोनयन

    प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारको आज मनोनयन

    काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुँदैछ। पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुन गइरहेको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ ७४ जनप्रतिनिधिका लागि प्रतिस्पर्धा हुँदैछ।  मंसिर १० गते प्रदेश २ बाहेकका उच्च हिमाली जिल्ला र केही पहाडी जिल्लामा निर्वाचन हुँदैछ। दोस्रो चरणमा ४५ जिल्लामा मंसिर…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रतिनिधिसभाका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, को कहाँ भिड्दैछन् हेर्नुस् सूची

    यी हुन् प्रतिनिधिसभाका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, को कहाँ भिड्दैछन् हेर्नुस् सूची

    काठमाडौँः पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ३२ जिल्लामा आज उम्मेदवारको मनोनयन हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशतर्फका ७४ निर्वाचन क्षेत्रमा आज मनोनयन हुँदैछ। पहिलो पटक गठबन्धनको घोषित अभ्यासमा जुटेका दलहरुले सोही अनुसार उम्मेदवारी दर्ता गर्दैछन्। तर, गठबन्धनमा आवद्ध दलहरुको चुनाव चिह्न भने आ–आफ्नै छ। बाम गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय जनमोर्चालगायतका दलहरु आवद्ध छन्। लोकतान्त्रिक गठबन्धनमा कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले तय गर्‍यो प्रदेशसभाका ३३ उम्मेदवार को–को परे? हेर्नुस् सूची

    माओवादीले तय गर्‍यो प्रदेशसभाका ३३ उम्मेदवार को–को परे? हेर्नुस् सूची

    काठमाडौँ: माओवादी केन्द्रले प्रदेशसभा सदस्य निर्वाचनतर्फ आफ्ना उम्मेदवारको नामावली टुंगो लगाएको छ। एमालेसँग ६०/४० को भागवण्डाका आधारमा प्रदेशसभाका ३३ उम्मेदवारको नामावली माओवादीले टुंगो लगाएको हो। ७४ सिटका लागि प्रदेशसभातर्फ आज मनोनयन हुँदैछ। ७४ मध्ये अन्य दुई स्थान राष्ट्रिय जनमोर्चाले पाउनेछ । बाँकी ३९ क्षेत्रमा एमालेले उम्मेदवारी दर्ता गर्नेछ। माओवादीले नेपाल क्रिकेट संघ क्यानका पूर्वध्यक्ष टंक आङवुहाङलाई ताप्लेजुङ (ख) बाट उम्मेदवार बनाएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी पूर्व राष्ट्रपति बुस र ओवामाले गरे ट्रम्पको आलोचना, नागरिक मूल्य स्वीकार्न आग्रह

    अमेरिकी पूर्व राष्ट्रपति बुस र ओवामाले गरे ट्रम्पको आलोचना, नागरिक मूल्य स्वीकार्न आग्रह

    वासिङ्टनः पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन्।  त्यसै दिनका टिप्पणीमा पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको सङ्ख्या बढ्ने पूर्वानुमान गरेका छन्।  फरक भाषणमा बुस र ओवामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रवेशको १९औं दिनमा दीपक मनाङ्गेको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी

    एमाले प्रवेशको १९औं दिनमा दीपक मनाङ्गेको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी

    काठमाडौं: राजीव गुरुङ भनिने दीपक मनाङेलाई अन्तत: एमालेले  टिकट नदिने भएको छ। प्रदेशसभाका लागि सिफारिसमा परेका मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो। मनाङबाट प्रदेशसभाका लागि स‍‍र्वसम्मत सिफारिस भएका उनको नाम एमाले केन्द्रले काटेको हो। एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। टिकट नपाएपछि उनले भने 'मलाई जनताले पत्याएका छन् त्यसैले म स्वतन्त्रतर्फ उम्मेद्वारी दिँदै छु।' कांग्रेस हुँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell