दार्चुला : जिप दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु भएको छ।खलंगाबाट मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नम्बरको जिप सोतर्यौडा खोलामा दुर्घटना हुँदा महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको मृत्यु भएको हो। गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगेको छ। सडकबाट एक सय मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस
पोखरा : पोखरामा शनिवार राति परेको मुसलधारे वर्षापछि आएको भेलले बगाएर एक जना बेपत्ता भएका छन्। पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौरबाट मोटरसाईकलमा बगरतर्फ गइरहेका पिजन पुन भेलले बगाएर बेपत्ता भएका हुन्। उनी उपल्लोदीपको गोर्खा बोर्डिङ स्कूल नजिक नालीमा खसेका थिए। घाइते एक जना उपचारपछि घर फर्केका र पुन बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले पुनको खोजिगरिरहेका छन्।
काठमाडौँ : पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा सुरु भएको छ। उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको…
काठमाडौं : विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ। भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइलण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासुमा विद्यावारिधि गरेका डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्। उनी लामो समय जापानको ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसि स्टडिज’मा ‘सिनियर रिसर्च फेलो’ र टोकियो…
इटालियन सिरी ए मा नेपोलीको लगातार ८ खेलको जित यात्रामा ब्रेक लागेको छ। सिरी ए अन्तर्गत गएराती भएको खेलमा नेपोली इन्टर मिलानसंग गोलरहित बराबरीमा रोकिएको हो। ९ खेलमा नेपोलीको यो पहिलो बराबरी हो भने इन्टरको दोस्रो। बराबरीपछि पनि नेपोली र इन्टर दुवै टोलीले अपराजित यात्रा भने कायम राखेको छ भने नेपोली पहिलो तथा इन्टर दोस्रो स्थानमा छ। इन्टरले भने शीर्ष…
काठमाडौं: लक्ष्मी पूजाको दिन अभिनेत्री श्वेता खड्काले सिनेमा 'कान्छी'को छायांकन सक्किएको जानकारी दिइन्। उनले श्रीमान श्रीकृष्ण श्रेष्ठको सम्झनामा पत्र लेख्दै फेसबुकमार्फत सिनेमाको प्रोडक्शनको काम सक्किएको लेखेकी थिइन्। कान्छी घोषणा ताका निर्माण युनिटले माघ २६ लाई रिलिज टार्गेट गरेको थियो। समयमै प्रोडक्शनको काम सक्किएको सिनेमा तोकिएको दिनमा सार्वजनिक होला त? श्वेता खड्काले आइतबार श्वेताश्री फाउन्डेशनको फेसबुक पेजमार्फत सिनेमा माघ २६ गते…
काठमाडौ : प्रहरीले उपत्यकाबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। शनिवार साँझ चन्द्रागिरि नगरपालिका वडा ८ मातातिर्थका माधव केसीको घरबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक केशवराज भट्टको कमान्डमा महानगरीय प्रहरी प्रभागवाट खटिएको टोलीले केसीको घरमा छापा हान्दा ११ जनालाई कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीले जुवा खालबाट कौडा र ७५ हजार ८२५ रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा…
सन् २००८ मा सार्वजनिक बलिउड सिनेमा 'सिंह इज किङ'को सिक्वेल बन्ने भएको छ। सिनेमाको सिक्वेलको नाम 'शेर सिंह' रहने बलिउड हंगामाले जनाको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर सिनेमाको सिक्वेलमा कलाकार भने दोहोरिने छैनन्। 'शेर सिंहमा' प्रमुख भूमिका अभिनेता रणबिर सिंहको रहने जनाइएको छ। एक्शन कमेडी जनराको सिनेमाको सिक्वेल बनाउने बारे बलिउड निर्माता शैलेन्द्र सिंहले केही वर्ष अघि नै…
टोकियो : जापानमा मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए। प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गरेका बताइएको थियो। निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको…
दार्चुला : दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् । हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस दार्चुला आंगिक क्याम्पस बनाउनका लागि सरकारबाट निर्णय भइ निर्देशन आएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक भक्तराज भट्टले जानकारी दिए। क्याम्पसले आंगिकता पाइसकेको अवस्थामा जिल्लामा रोजगारीका अवसर सिर्जना हुने र समुदायले सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य हुने…
काठमाडौं : भारतको कोलकातामा नेपाल भवन बनाइने भएको छ। कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा नेपाल भवन बनाइन लागकोे हो। नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने आश्वासन दिए। ट्रस्टका संयोजक खिमराज बरालले कोलकाता र कोलकाता वरिपरि रहने नेपाली मिलेर लिएको केही जमिनमा…
काठमाडौँ : काठमाडौँमा गत आर्थिक वर्षमा १ हजार ४ सय ४ जनाले सरकारले दिने सहायताबाट उपचार गरेका छन्। गरिब तथा असहायलाई सरकारले ८ वटा रोगको उपचार गर्दा उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्यांकअनुसार ५ सय ८ जना मुटुरोगीले सरकारको सहायताबाट शल्यक्रिया गरेका छन्। क्यान्सर लागेका ६ सय २८ जनाले सरकारी सहायताबाट उपचार पाएका छन् भने २ सय…
बुटवल : लुम्बिनी अञ्चल अस्पताल बुटबलमा कालाजारका बिरामी फेला परेका छन्। बाहिरी जिल्लाबाट उपचार गर्न लुम्बिनी अञ्चल अस्पताल आएका मध्ये ५ जना कालाजारका बिरामी फेला परेका अस्पतालले जनाएको छ। उपचार गर्न आएका मध्ये एक जनाको मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए। कालाजारबाट प्यूठानको हरजंग गाउपालिकाकी ५० वर्षीय महिलाको मृत्यु भएको हो। सरकारले यसअघि नारायणी पश्चिममा कालाजारका बिरामी नभएको…
बलिउड अभिनेत्री रानी मुखर्जीका बुवा राम मुखर्जीको निधन भएको छ। ८४ वर्षिय सिनेमाकर्मीको आइतबार बिहान ५ बजे मुम्बईमा निधन भएको हो। बिहान एक्कासी ब्लड प्रेसर लो भएपछि उनलाई ब्रिच क्यान्डी हस्पिटल पुर्याइएको थियो। छोरी रानी अभिनयका कारण चर्चामा रहेपनि राम मुखर्जीको बलिउडमा योगदान उल्लेखनिय रहेको छ। बलिउड हंगामाले जनाए अनुसार मुखर्जी मुम्बईको फिल्मालय स्टुडियोको संस्थापक सदस्य हुन्। उनी बलिउडमा निर्माता,…
काठमाडौँ : नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ। सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति गठन गरिने व्यवस्था रहेको श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिको बैठक वर्षमा एक पटक…
काठमाडौँ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ। मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने…
होस्टन : अमेरिकामा आँधीबाट प्रभावितहरुका लागि सहयोग सङ्कलन गर्न शनिबार राति आयोजित सांस्कृतिक कार्यक्रममा अमेरिकाका पाँच जना पूर्वराष्ट्रपति पनि सहभागी भएका छन्। रात्रीकालिन सांस्कृतिक कार्यक्रमसन्सर्टमा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओवामा सहभागी भएका हुन्। कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थित भएका थिएनन्। तर उनले कार्यक्रमका लागि पठाएको भिडियो सन्देशमा तुफानबाट पीडितहरुलाई सहयोगका…
मस्को : रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाविरुद्धमा प्रदर्शन गरेका कारण उनी २० दिनअघि जेल परेका थिए। जेलबाहिर पत्रकारलाई उपस्थित गराएर उनीहरुको रोहबरमा विपक्षी नेता एलेक्सीलाई रिहा गरिएको जनाइएको छ। जेलमुक्त भएपछि उनले पनि आफू जेलमुक्त भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। रासस÷एएफपी
एकराज पाठक काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ कंग्रेस (महाधिवेशन) गत बुधबार बिहान बेइजिङमा उद्घाटनपछि आफ्नो सम्वोधनका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले भने– घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन् यी दुवैलाई छोडिँदैन। सन् २०१२ मा चिनफिङ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्वोधनका क्रममा उनले भनेका थिए— चीनको सबैभन्दा ठूलो चुनौती देशको भ्रष्टाचार हो। त्यसमा सघाउने घुस दिने र लिने…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक,२०७४ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।