झापा : डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। डेंगूबाट बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहको मृत्यु भएको हो। केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्नेलगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा गएका थिए। क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको बिर्ता हेल्थ क्लिनिकका…
काठमाडौँ : गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवमा बढुवा भएपछि सरकारले गृहसचिवमा मोहनकृष्ण सापकोटालाई सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले सापकोटालाई गृहमा सरुवा गरेको हो। सापकोटा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए। गृहमन्त्री जनार्दन शर्माले यसअघि नै गृहमा ल्याउने तयारी गरे पनि उनको सरुवा रोकिएको थियो। यस्तै, मुख्यसचिवमा दाबी गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। मुख्यसचिव नपाए…
काठमाडौं : ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स पुगेका दिक्पाल कार्कीले सोसियल मिडिया स्टार तथा पिपल्स च्वाइस गरी दुईवटा टाइटल अवार्ड जित्न सफल भए। कार्यक्रममा सहभागी भएर फर्किएका कार्कीलार्इ फेसियल हाउसले सम्मान गरेको छ। ४० देशबाट प्रतिस्पर्धी सहभागी भएका पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गरेका दिक्पाल अन्तर्राष्ट्रिय प्रतियोगिताको उत्कृष्ट १५ मा पर्न सफल भएका थिए। उनको हौसला बढाउन फेसियल हाउसको लक्जरी…
लहान : सिरहाको कर्जन्हा–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको हत्या गरी घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा शव फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। कात्तिक ३ गते घरैबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ…
इनरुवा : सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ। जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो। अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन…
काठमाडौँ : 'शत्रु गते' फिल्मको फिल्म युनिटले सोमबार कमलादीस्थित गणेश मन्दिरमा उपस्थित भर्इ पूजा गरी शुभ मुहुर्त गरिएको छ। मह सञ्चारले १७ वर्षपछि प्रस्तुत गर्न लागेको फिल्मको पूजा समारोहमा मह जोडी, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, छायांकार दीर्घ गुरुङ, सङ्गीतकार राजनराज सिवाकोटी, कलाकारहरू दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा लगायतको उपस्थिति रहेको थियो। कलाकार दिपकराज गिरीले क्याल्प…
टोकियो : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ। जापानको संसदको म्याद करिब एकवर्ष बाँकी रहँदै आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो। जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा…
काठमाडौ : प्रहरीले आइतबार बिहान लैनचौरमा भएको गोलीकाण्डमा प्रयोग भएको एक थान पेस्तोल र दुई थान गोली बरामद गरेको छ। नयाँ बजारस्थित श्रीकृष्ण अटो वर्कशपमा लुकाएको बा ५ च ९१७५ नम्बरको कारको सिट मुनिबाट प्रहरीले २ थान गोली र काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद गरेको हो। गोरखा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई काठमाडौं नागार्जुन…
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डको विजेता आज राती घोषणा हुँदैछ। लण्डन पलाडिएममा हुने अवार्डका लागि मेन्सतर्फ क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार होडमा छन्। गत वर्षबाट फिफा बेस्ट अवार्डको प्रदान गर्न थालिएको हो। जसमा रोनाल्डोले मेसी र एन्टोनी ग्रीजमनलाई पछि पार्दै अवार्ड जितेका थिए। विश्वभरका राष्ट्रिय फुटबल टिमका कप्तान, प्रशिक्षक, सेलेक्टेड स्फोर्ट्स जर्नालिस्ट र अनलाइन…
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ। चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका छन्। जोरपाटी–सुन्दरीजल सडक भने मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र र सुरुङ निर्माण गर्न लगिने निर्माण सामग्री बोकेका गह्रुङ्गा सवारी साधनका…
अर्घाखाँचीः सन्धिखर्क नगरपालिका जगातमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल गईरहेको लु १ च ६७६६ नम्बरको जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना हो। मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। जिप सडकबाट करिब एक सय मिटर…
फिलिपिन्स : अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्। उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताए। फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरुको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस यो हप्ता फिलिपिन्स जाँदै छन्। उनले बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरुसँग पनि…
क्लार्क : इस्लामिक स्टेस्टसँगको पाँच महिना लामो युद्धले दक्षिण फिलिपिन्समा एक हजारको मृत्यु हुनुको साथै एक सहर पूर्ण रुपमा ध्वस्त भएको रक्षा मन्त्रालयले बताएको छ। पछिल्लो समयमा युद्ध कम हुँदै गएको छ। यस अवसरमा रक्षा मर्न्त्रालयका प्रवक्ता लोरेन्जनले भने, 'हामी जानकारी गराउछौँ, अहिले लडार्इ केही कम भएको छ।', इस्लामिक स्टेटको एक समूहले सहरलार्इ आगो लगाएर ध्वस्त बनाएको उनले बताए। फिलिपिन्सका…
टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानमा बसोबास गर्ने नेपालीलाई आग्रह गरेका छन्। भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्र उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै त्यस अभियानमा हातेमालो गर्न आग्रह गरेका हुन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक जापान आएका भट्टले देश उज्यालो बनाउन २००…
चन्द्रकान्त खनाल बुटवल : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालमा दुईभन्दा बढी पार्टी आवश्यक नभएको बताएका छन्। गुल्मीको तम्घासमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले आफूहरुले सबै कम्युनिष्टहरु एउटै पार्टी बनाउने प्रक्रिया सुरु गरेको र कांग्रेसलाई पनि गैरकम्युनिष्ट पार्टीबीच एकता प्रक्रिया सुरु गर्न सुझाव दिए। विश्वका कतिपय मुलुकमा कम्युनिष्टहरुलाई छिन्नभिन्न र असफल पार्ने प्रयास भईरहेका बेला नेपालमा वाम एकताको थालनीले विभिन्न…
गोरखा : गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा समृद्धि नआउने दाबी गरेका छन्। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले वाम गठबन्धनले कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने दाबी गरे। श्रेष्ठले भने,‘बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी…
काठमाडौं : फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाली यू-१६ महिला टोली भारत यू-१६ महिला टिमसँग पराजित भएको छ। भारतको बेंगलोरुमा आइतबार शुरु भएको फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप-२०१७ बास्केटबल प्रतियोगितामा नेपाल आयोजक भारतसँग १०६-३७ ले पराजित भयो। नेपालसँगै माल्दिभ्सले पनि पहिलो पटक फिबाको प्रतियोगिता सहभागिता जनाएको छ। पहिलो खेलमा माल्दिभ्स मलेसियासँग १३०-१४ ले पराजित भयो।…
काठमाडौं: फिल्म 'कोहलपुर एक्सप्रेस'को औपचारिक घोषणा भएको छ। अभिनेत्री केकी अधिकारीले यसै फिल्ममार्फत फिल्म निर्माणमा डेब्यु गर्न लागेकी छिन्। जुनकिरी आर्टसको पहिलो प्रस्तुती 'कोहलपुर एक्सप्रेस'मा केकी अधिकारीसँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहनेछ। निर्माणमा हात हाल्नु बारे केकी भन्छिन्,'फिल्म मेरो सपना थियो त्यही सपना पूरा गर्दैछु। मैले सधैं सिर्जनामा शक्ति हुन्छ भन्नेमा विश्वास गरें। अब सिर्जनामा…
नारायण अधिकारी चितवन : आधुनिकताको नाममा च्यातिएका कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वानहरूले बताएका छन्। हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ। पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ। यस्ता कपडाको माग बढेसँगै उद्योगी व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन्। संस्कृत…
टोकियो : मध्य जापानमा आएको आँधीबाट सोमबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ भने यातायात आवागमनमा प्रभाव परेको छ। मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ। सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ। जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय खुलेका छैनन्। मौसम विज्ञान विभागले सुरक्षित…