काठमाडौं : पूर्वराजदुत दीपकुमार उपाध्यायले वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उपाध्यायले वाम गठबन्धन चुनाव जिताउनकै लागि मात्रै भएको बताए। उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नुहुँदैन, आफ्नो अभिभारा नेपाली आफैँले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो।’ उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको बताए।…
काठमाडौं: साहित्यकार लक्ष्मण सिटौलाको उपन्यास 'आर्या'माथि फिल्म बन्ने भएको छ। राणाकालीन महिलाहरुको अवस्था र उनीहरुमाथि हुने शोषणको कथा समेटेको उपन्यासमा आधारित फिल्म निर्माण हुने बारे निर्माण युनिटले जानकारी दिएको हो। श्री तिमिल्सिना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री शिल्पा पोखरेल शीर्ष भूमिकामा रहने बताइएको छ। धर्मराज श्रेष्ठ निर्माता रहेको ‘आर्या’ मा शिल्पासँगै कलाकारहरु अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता…
काठमाडौँ : सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका हुन्। पहिलोपोस्टसँग कुरा गर्दै अधिवक्ता त्रिपाठीले भने ‘सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने आदेश दिए पनि पक्राउ नगरेकाले मुद्दा हालेको हुँ।’ अदालतमा पेशी भने बुधबारलाई तोकिएको छ। न्यायाधीश…
काठमाडौं : एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ। अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २ महिला र २ पुरुष खेलाडी सहभागी हुनेछन्। त्यसअघि नेपाली खेलाडी त्यही ४ दिनको प्रशिक्षणमा सहभागी हुने नेपाल भारोत्तोलन संघले जनाएको छ। पुरुषमा दक्षिण एसियाली खेलकुद (साग)…
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सन् २०१६/१७ को च्याम्पियन्स लिग र युरोपा लिगमा प्रदान गरिने नगद पुरस्कार राशी सार्वजनिक गरेको छ। युइएफएले च्याम्पियन्स लिगमा सहभागी ३२ सहित ४२ क्लबलाई कूल १.६५ अर्ब अमेरिकी डलर (करिब पौने दुई खर्ब) रुपैयाँ बाँड्ने जनाएको हो। युरोपियन क्लब फुटबलको सर्वाधिक उच्च प्रतियोगितमा फ्लेअफमै पराजित १० टिमले पनि नगद पुरस्कार पाउने छन्। युइएफएले सार्वजनिक गरेको…
काठमाडौं : भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा नेपाली युवा महिला टोलीले लगातार तेस्रो हार बेहोरेको छ। च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको डिभिजन टू अन्तर्गत ग्रुप ए को अन्तिम खेलमा नेपाल श्रीलंकासंग ६८-४८ ले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक भारतसंग १०९-३७ तथा दोस्रो खेलमा इरानसंग ८९-३२ ले पारजित भएको थियो। श्रीलंका विरुद्ध शुरुको दुई क्वाटर…
जाकार्ताः इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ। स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले जानकारी दिए। भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको…
विराटनगरः उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मंसिर १० र २१ गते हुने संघीय संसद् र प्रदेश निर्वाचनपश्चात् संविधानको सफल कार्यान्वयन हुने बताएका छन्। लोकतान्त्रिक फोरम नेपाल र नेपाली कांग्रेस पार्टीबीच भएको एकीकरणपछि पहिलोपल्ट विराटनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आज आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा गच्छदारले संविधानमा देखिएका असहमतिका मुद्दालाई संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारुलगायत सबै वर्गका स्वीकार्य…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्रीले देउवाले तोकिएको मितिमा नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध…
इश्लामावाद: पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रहरीको कारबाहीमा आठ जना लडाकुको मृत्यु भएको छ। अर्धसैनिक सुरक्षा बल तथा आतङ्कवाद विरोधी प्रहरी विभागले वाल्डिया बजार क्षेत्रमा आतङ्ककारी लडाकु लुकेर बसेको भन्ने सूचनाको आधारमा चलाएको संयुक्त खानतलासीका क्रममा विद्रोहीले गोली चलाएपछि दोहोरो भीडन्त भएको अर्धसरकारी बलका स्थानीय प्रवक्ताले बताए। सुरक्षाकर्मीले विद्रोही लुकेको ठाउँलाई घेराहाली आतङ्कवादी समूहका लडाकुलाई नियन्त्रणमा लिने क्रममा तीन जना सुरक्षकर्मीसमेत घाइते…
स्पेनिस ला लिगामा दुवै मड्रिड क्बलले जित हात पारेका छन्। रियल मड्रिडले आइवारलाई ३-० तथा एथ्लेटिकोले सेल्टाभिगोलाई १-० ले हरायो। घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियललाई जिताउन मार्को असेन्सिओ र मार्सेलोले एक एक गोल गरे भने आइवारका पाउलो ओलिभिएराले एक आत्मघाती गोल गरे। जितपछि ९ खेलबाट २० अंक जोडेको रियल तेस्रो स्थानमा छ। यता एथ्लेटिकोलाई ३ अंक दिलाउन केभिन गमेइरोले…
काठमाडौं: सर्वोच्च अदालतले एनसेलका तात्कालीन स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठबाट थप लाभकर उठाउने प्रक्रिया तत्कालका लागि रोक्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ। कार्यालयले कर निर्धारणका लागि सार्वजनिक सूचना जारी गरेपछि श्रेष्ठ रोकी पाउँ भन्दै सर्वोच्च पुगेका थिए। असोज २३ गते रिटमा सुनुवाइ गर्दै न्यायाधीश दिपकराज जोशीको इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको थियो। दुबै पक्षको छलफलपछि आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र…
फ्रेन्च लिग वनअन्तर्गत भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेनले हार टारेको छ। पिएसजीले मार्सेसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो। विश्वका महँगा खेलाडी नेमारले रातो कार्ड सामना गरेको खेलमा पिएसजीका लागी एडिनसन कभानीले इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए। खेलको १६औँ मिनेटमै लुइस गुस्ताभोले गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा नेमारले गोल गर्दै खेल बराबरी गरे।…
स्याङ्जा : कात्तिक १५ गतेदेखि स्याङ्जाको भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ। बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै तीन सय खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए। स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ। यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने…
बेइजिङ : बेइजिङले यस वर्षको जाडो याममा उत्पादन हुने एक हजार ८०० टन नाइट्रिक अक्साइड उत्सर्जनमा कमी ल्याउने जनाएको छ। नाइट्रिक अक्साइड उत्सर्जनलाई प्रतिघनमिटर १६ मिलिग्रामका दरले घटाउन बेइजिङले कम नाइट्रोजन नियन्त्रण प्रविधिमार्फत नाइट्रिक अक्साइड उत्सर्जन गर्ने स्रोतलाई अद्यावधिक गरेको छ। बेइजिङ वातावरण नियन्त्रण विभागका अनुसार बेइजिङले चार वर्षमा प्रतिघण्टा २४ हजार ४०० टन पानी तताउने कोइलाको प्रयोगलाई हटाइसकेको छ। कोइलाको…
काठमाडौँ: सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत छन्। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले कार्यकाल सकिनुअघि नै एसियाली विकास बैंकको जागिरका लागि राजीनामा दिएपछि असार २९ मा क्षेत्री मुख्यसचिवमा नियुक्ति बनेका थिए। क्षेत्रीले अवकाश पाउने एक…
ठमाडौं : मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभा सभातर्फ ४८४ गरी जम्मा ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारकाविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मका…
काठमाडौं : सरकारले पूर्वसचिव युवराज भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो। डा. गाेविन्द पाेखरेलले पदबाट राजीनामा दिएपछि भुसाललाई सरकारले सिइओ नियुक्त गरेको हो। पोखरेलले आइतबार राजनीतिक आक्षेप लागेको भन्दै पदबाट राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्।
सामी खेडिराले आफ्नो करियरकै पहिलो ह्याट्रिक गरेपछि युभेन्ट्सले इटालिनय सिरी ए मा दश खेलाडीमा रहेर पनि उडिनेसीलाई पराजित गरेको छ। एक गोलले पछि परेको स्थितीमा युभेन्ट्सले कमब्याक गर्दै ६-२ को शानदार जित हासिल गरेको हो। मारियो मानुडुकिच २६औँ मिनेटमा बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा झरेको थियो। तर एक खेलाडी कम भए पनि युभेन्ट्सले ४ गोल गर्यो भने उडिनेसीले त्यसको फाइदा उठाउन सकेन र…
काठमाडौं: चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष रामचन्द्र ढकालको प्रमुख आतिथ्यमा ३९ फिल्म विद्यार्थीको ग्र्याजुएशन भएको छ। कान्तिपुर फिल्म एकेडेमीले समारोह आयोजना गरी पहिलो ब्याचका विद्यार्थीहरुलाई ग्र्याजुएट गरेको हो। अभिनयतर्फको विधामा १३ जना, फिल्म मेकिङ विधामा ९ जना तथा सिनेमाटोग्राफि विधामा १८ जना विद्यार्थी पास आउट भएका हुन्। फिल्म सम्बन्धी विभिन्न विधामा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यले खोलिएको कान्तिपुर फिल्म एकेडेमिको…