काठमाडौं : वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ‘वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल’ विषयक शुक्रवार आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ प्रणालीलाई त्यस्ता बालबालिकाका लागि थप सहज हुने गरी प्रभावकारी बनाउन स्रोत, साधन र पहुँचमा ध्यान दिनुपर्ने जनाइएको हो।…
काठमाडौं : कोरोना भाइरसको संक्रमण बढेका बेला विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन विज्ञान विषयका शिक्षक एवं सरोकार भएका निकायका अधिकारीहरुले माग गरेका छन्। साताव्यापी रुपमा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको कोभिड-१९ महामारीको बेला ‘अनुसन्धान र नवप्रवर्तन’ तथा ‘महामारीमा विज्ञान शिक्षा’ नामक बहसमा नेपालमा अनुसन्धानको क्षेत्रलाई फराकिलो पार्न सबै सरोकार भएका निकाय मिलेर जानुपर्नेमा…
काठमाडौं : नेपाल उद्योग परिसंघले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ। परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रवार प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना संक्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको थियो। उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका…
कावासोती : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका-१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्। नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा शुक्रवार बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। उनका…
सिन्धुपाल्चोक : वर्षाका कारण जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन्। पहिरोको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नम्बर १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए। उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ।…
धरान : धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ। शुक्रवारदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए। बिहीवार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो। उपमहानगरपालिकामा जनता आफै उपस्थित…
सोलुखुम्बु : वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन्। पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए। पाँच जनाको परिवार बस्दै आएको घरमा आज बिहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए। सोही…
काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो। कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात…
इलाम : असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन्। उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन्। हरियो चियाको मूल्य न्यूनतम प्रति किलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार (सूर्योदय नगरपालिका)ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको…
लहान : भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ। सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा,…
पर्वत : लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन्। वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका हुन्। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न संघ र प्रदेश सरकारलाई सिफारिस गरेको छ। सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै…
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ। पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। पहिराका कारण सो सडकखण्ड हुँदै…
काठमाडौं : झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन्। यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र…
काठमाडौं : विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ। लामो समयदेखिको लकडाउन र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो। चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र…
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार बुधवार बजार अनुगमनमा निस्किए। कोरोना भाइरस (कोभिड १९) का कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै बजार अनुगमनमा निस्किएका हुन्। उनका स्वकीय सचिव हितेश ओझाका अनुसार अनुगमनका क्रममा मन्त्री भट्ट बुधवार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका थिए। ‘मन्त्रीसमक्ष बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि…
काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रवारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए। ‘उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो,’ मौसमविद् पौडेलले भने। मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३…
काठमाडौं: लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस…
काठमाडौं: सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भएको भेटवार्ताले बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।…
पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ। अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन…
चितवन : नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ। सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमवार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन्। डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन। खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन्। सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका…