PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • हिमाल पारिको गाउँ लिमीमा पाँच महिनापछि इन्टरनेट सेवा पुनः सञ्चालन

    हिमाल पारिको गाउँ लिमीमा पाँच महिनापछि इन्टरनेट सेवा पुनः सञ्चालन

    सिमकोट : हिमाल पारिको गाउँ लिमी उपत्यकामा पुनः इन्टरनेट सेवा सञ्चालन भएको छ। हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका-६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनमा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिए। इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ का कारण सुस्ताएको काठमाडौं-तराई/मधेश द्रुतमार्गको कामले पुनः गति लिँदै

    कोभिड-१९ का कारण सुस्ताएको काठमाडौं-तराई/मधेश द्रुतमार्गको कामले पुनः गति लिँदै

    काठमाडौं : कोभिड-१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको कामले पुनः गति लिएको छ। निर्माण आयोजनाको कामकारबाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको…

    विस्तृतमा पढ्नुस्

  • अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपतिविरुद्ध मुद्धा

    अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपतिविरुद्ध मुद्धा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानुनी आर्जन…

    विस्तृतमा पढ्नुस्

  • चोर खोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    चोर खोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको चोर खोलामा सोमवार दिउँसो पहिरो जाँदा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको  छ। पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए। पहिरो खसेको ठाउँ इच्छाकामना गाउँपालिका-६ अन्तर्गत पर्छ।

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालमा संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार

    भेरी अस्पतालमा संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार

    राँझा: नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ। प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताए। भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको छ। प्लाज्मा…

    विस्तृतमा पढ्नुस्

  • डायलासिस गराउन जाँदा देखियो कोरोना, आइसीयूमा उपचार गराइरहँदा गयो ज्यान

    डायलासिस गराउन जाँदा देखियो कोरोना, आइसीयूमा उपचार गराइरहँदा गयो ज्यान

    रुपन्देही : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। यही भदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वरमा पनि गयो कोभिड १९ संक्रमितको ज्यान

    जलेश्वरमा पनि गयो कोभिड १९ संक्रमितको ज्यान

    जलेश्वर : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ। ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए। भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित वृद्धाको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित वृद्धाको मृत्यु

    चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतवार राति ११:३० मा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन गर्न परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

    चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन गर्न परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा उक्त मन्त्रालयमा आइतवार परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका विष्णुप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर एक जनाको मृत्यु

    बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर एक जनाको मृत्यु

    परासी : बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा एक जनाको मृत्यु भएको छ। घर नजिकैको जंगलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका-१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो। शुक्रवार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • पाँच हजार बढी सुरक्षाकर्मीमा कोरोना : उपचारपछि निको भएर उच्च मनोबलका साथ फर्किँदैछन् ‘ड्युटी’मा

    पाँच हजार बढी सुरक्षाकर्मीमा कोरोना : उपचारपछि निको भएर उच्च मनोबलका साथ फर्किँदैछन् ‘ड्युटी’मा

    नारायण ढुङ्गाना- काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-७ स्थित घुम्थाङको नागपुजेमा आइतवार बिहान आएको विनाशकारी भेल-पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए। उक्त घटनामा ठूलो जनधनको क्षति भयो। अहिले पनि उद्धार जारी छ। उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका एक जवान गन्तव्यतर्फ जाँदै गरेको तस्बिर सार्वजनिक भयो। गम्भीर घाइते महिलालाई मजेत्रोको नाम्लो बनाएर बोकेको कारुणिक तर सराहनीय दृश्य त्यसमा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ बारे गलत प्रचार गर्ने तीन जनालाई पाँच सय रुपैयाँ जरिबाना

    कोभिड-१९ बारे गलत प्रचार गर्ने तीन जनालाई पाँच सय रुपैयाँ जरिबाना

    लमजुङ : जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण (कोभिड-१९)का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारबाही गरेको छ। बेँसीशहर नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नम्बर ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। प्रजिअ शर्माले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचारका लागि बंगलादेशले उपलब्ध गराएको ‘रेमडेसिभिर’ औषधि नेपाल आइपुग्यो

    कोरोना संक्रमितको उपचारका लागि बंगलादेशले उपलब्ध गराएको ‘रेमडेसिभिर’ औषधि नेपाल आइपुग्यो

    काठमाडौं : बंगलादेशले कोभिड-१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ। नेपाली सेनाको स्काई ट्रक मार्फत शनिवार साँझ पाँच हजार थान औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको…

    विस्तृतमा पढ्नुस्

  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : पर्यटनमन्त्री भट्टराई

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : पर्यटनमन्त्री भट्टराई

    पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको शनिवार स्थलगत निरीक्षण गर्दै उनले कोरोना संक्रमणका बाबजुद विमानस्थलको निर्माण कार्य निरन्तर भइरहेको बताए। विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्रीको कोरोना जितेका कर्मचारीसँग अन्तरक्रिया, ‘समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ’

    स्वास्थ्यमन्त्रीको कोरोना जितेका कर्मचारीसँग अन्तरक्रिया, ‘समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ’

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कोरोना जितेर फर्किएका कर्मचारीसँग अन्तरक्रिया गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए। मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजिटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन्। उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुर उपमहानगरपालिकाका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    तुलसीपुर उपमहानगरपालिकाका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नम्बर ८ स्थित भिमसेन नगर शहरी प्रवर्द्धन केन्द्र, वडा नम्बर ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा…

    विस्तृतमा पढ्नुस्

  • २६ जना प्रहरीमा कोभिड संक्रमण, वडा प्रहरी कार्यालय सिल

    २६ जना प्रहरीमा कोभिड संक्रमण, वडा प्रहरी कार्यालय सिल

    चितवनः वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र शनिवार मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो। बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो। जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सांस्कृतिक स्थल खुला गर्न माग

    काठमाडौँ : विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ। महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने…

    विस्तृतमा पढ्नुस्

  • टिकटक प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार नगर्ने डोनाल्ड ट्रम्पको अडान

    टिकटक प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार नगर्ने डोनाल्ड ट्रम्पको अडान

    अमेरिकामा आउँदो सेप्टेम्बर १५ देखि टिकटक बन्द गर्ने भएको छ। भिडियो सेयरिङ एप टिकटकसँगै अन्य चिनियाँ एप्लिकेसनहरू माथि प्रतिबन्ध लगाइन लागेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्णयमाथि पुनर्विचार गर्न नसकिने बताएका छन्। ‘प्रतिबन्ध सुरु हुने मिति नजिकिँदो छ। त्यस मितिलाई पछि सार्ने कुरा हुँदैन,’ राष्ट्रपति ट्रम्पले भने। अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त, ‘आयुर्वेदिक औषधिले कोरोना जित्न सहयोग पुग्यो’

    जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त, ‘आयुर्वेदिक औषधिले कोरोना जित्न सहयोग पुग्यो’

    कर्णाली : जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन्। दश दिनको आइसोलेसन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपछि यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो। हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो। कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो। मृत्युको खबरले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell