PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • उपत्यकामा निषेधाज्ञा सकिनै लाग्दा आगामी रणनीतिबारे स्थानीय प्रशासनले थाल्यो परामर्श

    उपत्यकामा निषेधाज्ञा सकिनै लाग्दा आगामी रणनीतिबारे स्थानीय प्रशासनले थाल्यो परामर्श

    काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ। सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलवार छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई नगरपालिका फोरमको सुझाव

    उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई नगरपालिका फोरमको सुझाव

    काठमाडौं : काठमाडौं उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ। काठमाडौंमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ। निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • राजस्व संकलनका लागि बैंकका शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन

    राजस्व संकलनका लागि बैंकका शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं : नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न निर्देशन गरेको छ। सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। यस्तै, केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी काठमाडौं ल्याउन अझै तीन महिना लाग्ने

    मेलम्चीको पानी काठमाडौं ल्याउन अझै तीन महिना लाग्ने

    काठमाडौं: बहुचर्चित एवं बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ। काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ। आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ। खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोना देखिएपछि धुलिखेलका चार सरकारी कार्यालय बन्द

    कोरोना देखिएपछि धुलिखेलका चार सरकारी कार्यालय बन्द

    काभ्रेपलाञ्चोक : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ। बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्। कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए। उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल…

    विस्तृतमा पढ्नुस्

  • नारायणको शव जलाउँदा प्रेमको पर्‍यो, पाएनन् बाबुले दाह संस्कार गर्न

    नारायणको शव जलाउँदा प्रेमको पर्‍यो, पाएनन् बाबुले दाह संस्कार गर्न

    खेमराज गौतम गलकोट : ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गते आएको बाढी आधा दर्जन गाउँ बगरमा परिणत भए। बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्। हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा…

    विस्तृतमा पढ्नुस्

  • छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

    छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

    बैतडी : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो। सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया…

    विस्तृतमा पढ्नुस्

  • रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना रिहा, ६ जनामा देखियो कोरोना पोजिटिभ

    रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना रिहा, ६ जनामा देखियो कोरोना पोजिटिभ

    ललितपुर : गत बिहीवार रातो मछिन्द्रनाथ रथयात्रा विवादमा समातिएकामध्ये सात जना आज रिहा भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतवार रिहा भएका थिए। बिहीवार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए। उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ।…

    विस्तृतमा पढ्नुस्

  • सीपीएल क्रिकेटमा अनलाइनबाट सट्टेबाजी गर्ने पक्राउ

    सीपीएल क्रिकेटमा अनलाइनबाट सट्टेबाजी गर्ने पक्राउ

    चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागुऔषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सीपीएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नम्बर २ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन्। त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर ७ का…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    नेपालगञ्ज उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    कोहलपुर : बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ। उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो। यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो। भदौ १५ गते पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीका दुई हजारभन्दा बढी कर्मचारीमा कोरोना, ९५० जना संक्रमणमुक्त

    नेपाल प्रहरीका दुई हजारभन्दा बढी कर्मचारीमा कोरोना, ९५० जना संक्रमणमुक्त

    काठमाडौं: नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्राप्त विवरणअनुसार प्रहरीमा दुई हजार १६१ जना संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए। काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा रहेका नेपालीले आगामी चुनावमा उतैबाट भोट गर्न पाउने: मन्त्री भुसाल

    विदेशमा रहेका नेपालीले आगामी चुनावमा उतैबाट भोट गर्न पाउने: मन्त्री भुसाल

    टेक्सस: कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने जानकारी गराएका हुन्। गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • 'जिरो केस' रहेको मनाङमा दुई जनामा देखियो कोभिड १९

    'जिरो केस' रहेको मनाङमा दुई जनामा देखियो कोभिड १९

    मनाङ : कोभिड १९ संक्रमितको शून्य केसमा झरिसकेको हिमालपारीको जिल्ला मनाङमा दुई जनामा संक्रमण देखिएको छ। संक्रमित दुवै जना अहिले आइसोलेसनमा छन्। शुक्रवार तीन जना सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए। उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन्। अहिले थप दुई जनामा संक्रमण देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतले आज राति धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

    भारतले आज राति धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

    बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ ६:४५ बजेसम्म खोलिने भएको हो। बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने जनाइएको छ। जोखिम हुन आउन नदिन सतर्कता अपनाउन यहाँका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह…

    विस्तृतमा पढ्नुस्

  • सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय

    सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने नेपाल ओलम्पिक कमिटीको निर्णय

    काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ। कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो। बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ। सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका नेता शर्मा डिस्चार्ज भएलगत्तै अस्पतालबाटै पक्राउ

    ‘विप्लव’ समूहका नेता शर्मा डिस्चार्ज भएलगत्तै अस्पतालबाटै पक्राउ

    भरतपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन्। भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिवार अपराह्न गिरफ्तार गरेको हो। उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए। उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं।’ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै घरमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

    आफ्नै घरमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

    खोटाङ : जन्तेढुङ्गा गाउँपालिका-४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जंगल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो। दाजु-बहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दियो अनुमति

    व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दियो अनुमति

    दमौली : तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ। नगरपालिकाले भदौ २१ गते आइतवारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो। क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। गृह मन्त्रालय र…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै राष्ट्रिय परीक्षा बोर्ड

    कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज (सेज)ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाए। उनले कक्षा १२ को परीक्षालाई…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा लम्बियो लकडाउनको अवधि, भयो केही खुकुलो

    रुपन्देहीमा लम्बियो लकडाउनको अवधि, भयो केही खुकुलो

    बुटवल : कोरोना संक्रमण समुदायस्तरमा नियन्त्रण गर्न रुपन्देही प्रशासनले शनिवार राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउन केही खुकुलो बनाउँदै अवधि एक साताका लागि थप गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रवार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको शनिवार बसेको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतवारदेखि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell