नुवाकोट : जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। केन्द्रको मङ्गलवार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने…
बाँके: जिल्लाको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन्। रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताए। उनले भने, ‘बलात्कारको अभियोगमा हजरत कम्मरशाह बाबा दरगाहा सरिफ मजारमा लामो समयदेखि झारफुकसमेत गर्दै आएका फकिर नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा…
लहान: सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ। कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ। प्रशासनले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले…
काठमाडौं : कोभिड-१९ का कारण काठमाडौं-केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ। चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो। सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ। केरुङबाट काठमाडौंभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ। काठमाडौं-केरुङ रेलमार्गको अध्ययन कोभिड-१९ का कारण अघि बढ्न नसकेको अवस्थामा चीन…
नुवाकोट : नुवाकोट घर भएका दुई महिला कोरोनाको संक्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन्। काठमाडौंमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका महिला सम्पर्कविहीन भएका हुन्। कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमुना दिएको र ठेगाना ‘नुवाकोट, वडा नम्बर ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका…
कञ्चनपुर : लालझाडी गाउँपालिका-२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो। अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्। मृतक दुवैको शव बगेको…
नरेन्द्रसिह कार्की दार्चुला : नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ। यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ। भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो। गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो…
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभित्रै कोरोना परीक्षणको व्यवस्थापनका लागि युवाको समूहले जनप्रतिनिधिसहित मन्त्रीसमक्ष दबाब सिर्जना गरेका छन्। युवाले पीसीआर मेसिन जिल्लामा कहिले आउछ? भनि उल्लेख गरिएको सन्देश जनप्रतिनिधिको मोबाइलमा एसएमएस पठाएर दबाब सिर्जना गरेका हुन्। यसरी एसएमएस पठाइएका व्यक्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, प्रदेश नम्बर ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रतिनिधि…
रुपन्देही : कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो। शव अस्पतालमै रहेको…
चितवन : भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डाक्टर प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्ष ल्याइएको थियो। उनको…
दमौली : तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। भानु नगरपालिकामा आइतवार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन्। गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। 'बन्दीपुरस्थित…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ। मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौं ल्याएको छ। यस्तै, श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ। सोमवार पनि…
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड-१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारबाही गरिने बताएका छन्। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएका हुन्। ‘स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन सकिदैन’, उनले भने, ‘यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र…
सप्तरी : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन्। सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एसोसिएसनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एसोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिनुभयो। बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज…
झापा : च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसरले टाउको च्यापेर आज झापाको कनकाई नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ। कनकाई-२ निवासी २४ वर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको…
वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विशेष अस्पताल, भरतपुरको वास्तविकता जान्न इच्छुक रहेको बताएका छन्। हेटौँडामा आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त अस्पतालको सामान चोरी भएको भन्दै सार्वजनिक भएको भिडियोका बारेमा चासो राखेका थिए। जवाफमा प्रमुख दाहाल र अस्पतालका अध्यक्ष अधिकारीले अस्पतालको सामान चोरी भएको नभई स्थानान्तरण…
भक्तपुर : रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो। सानो दुई वटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो। सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा…
चितवनः एकै दिन शनिवार जिल्लाका १ सय २ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट उपचार गर्न आएका दुई जनाको मृत्यु समेत भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्। धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन्। त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ। जोखिम र संक्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै संक्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पीसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे। ‘भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड-१९ को…
सिन्धुली : जिल्ला प्रहरी कार्यालयले आज नेत्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। तीनपाटन गाउँपालिकाको वडा नम्बर…