झापा : भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ। कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ। गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर-४ स्थित क्वारेन्टाइनबाट कोभिड-१९ का एक संक्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगेका थिए। ‘शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै…
काठमाडौं : टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ। नगरपालिकाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए। कार्यालय बन्द…
लहानः सिरहा चौहर्वा सडक खण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका ५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टर मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नम्बरको ट्याक्टरमा गए राति 'अन टेस्ट' नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका ५ निवासी १९…
ललितपुर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले कोरोना परीक्षणका लागि सहयोग पुर्याउन सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब संकलन सवारी साधन तयार गरिदिएको छ। नाष्टका सचिव डा महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा शैलेन्द्र श्रेष्ठलाई आज यहाँ ‘मोबाइल स्वाब केलेक्सन बुथ भेहिकल’ हस्तान्तरण गरे। सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी ब्यारेकमा कोरोना परीक्षणका लागि प्रयोग ल्याइने र आवश्यक…
काठमाडौं : विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड रुपैयाँ (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे। मन्त्रालयका अनुसार सिकाइको स्तर…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ। सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै अनुगमन सुरुवात भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। ‘कोभिड-१९ को संक्रमण जोखिम रहेका बेला लापरबाही गर्न…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन्। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ। यस्तै, कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ। नेपालबाट फर्किदा चार यात्रु लगेको छ। फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौं ल्याएको छ। आज नेपाल एयरलाइन्सले हङकङबाट…
बागलुङ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन्। उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे। गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो। बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो। राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा…
वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमणबाट ५२ वर्षीया एक महिलाको शुक्रवार मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ। निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। अस्पतालको सघन…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्। सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्। कुल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरपालिकामा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टले जनाएको छ।…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नता उपयुक्त तहमा लगेर शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताएका छन्। नेपाल इस्टिच्युट्स अफ इन्टरनेशनल रिलेशन्स (एनआइआइआर) र चाइना सेन्टर फर साउथ एशियन स्टडिज, सिचुहान युनिभर्सिटीको संयुक्त आयोजनामा आज यहाँ भएको वेबिनारमा उनले भारत वा चीन दुवै छिमेकी मुलुकसँग कुनै विषयमा फरक मत देखिए पनि तथ्यका आधारमा वार्तामार्फत…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन्। मन्त्री पोखरेलले आज भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन…
बलेवा : बुधवार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै सनाखत हुन…
काठमाडौं : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो। कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। हिमालयले विदेशमा अलपत्र…
लहान: सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी…
डोटी: कोभिड १९ संक्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्। कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले…
गलकोट : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। 'रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन्। विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स)को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौं ल्याएको छ। निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो। निगमको जहाज केही बेरअघि मात्र…
काठमाडौं : नेपालका ह्यान्डबल खेलाडी तथा प्रशिक्षकको सहयोगका लागि नेपाल ह्यान्डबल संघलाई एसियाली ह्यान्डबल महासंघले सात लाख ६५ हजार रुपैयाँ राहत सहयोग गरेको छ।नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत स्वरुप एसियाली ह्यान्डबल महासंघले उक्त सहयोग प्रदान गरेको हो। सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन्। अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा आज उनले कोभिड-१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए। वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उनले वैकल्पिक सिकाइका…