काठमाडौं : नेपाली राजदूतावास, ओमानले पाँचौँ उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष)लाई शुक्रवार नेपाल पठाएको छ। यात्रु तथा चालक दलका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ। कोभिड-१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई स्वदेश फिर्ता गराइसकिएको जनाइएको छ। शुक्रवारको उडानबाट नेपाल…
काठमाडौं : विश्व स्वास्थ्य संगठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बुधवार र बिहीवार भएको बैठकले कोभिड-१९ विरूद्ध दक्षिण पूर्वी एशियाका ११ देशले साझा प्रतिकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा सहभागीले क्षेत्रीय स्तरमा स्वास्थ्यका क्षेत्रमा भएका प्रगति तथा चुनौतीमाथि छलफल गरेका थिए। कोभिड-१९ महामारीको रोकथाम तथा…
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले कोभिड-१९ का संक्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा थेरापीको लागि रगत संकलन गर्न शुरु गरेको छ। बुधवार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका थिए। कोरोनामाथि विजय हासिल गरेका तनहुँ घर भई हाल काठमाडौं बस्दै आएका उनले पहिलो पटक रक्तदान गरेको बताए। उनले भने, ‘कोरोना जित्नु…
विदुर : नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन्। गाउँपालिका-३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन्। सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले…
बैतडी : भारतसँग सीमा जोडिएको बैतडी शिवनाथ गाउँपालिका-१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए। योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन्।…
काठमाडौं : उत्तरमा कोरोलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ। राष्ट्रिय गौरवका तीन उत्तर-दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ। सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो। सडकमा कतै ट्र्याक खोल्ने, कतै स्तरोन्नति र…
काठमाडौं : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ। नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२ औँ राष्ट्रिय जनगणना हो। २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ। कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो। नमूनाका लागि…
पोखरा : नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ। परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा…
भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ। नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टाइनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको उनले जानकारी दिए। अस्पतालमा रोबोटको…
काठमाडौं: नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत् एक वर्षका अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ। २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ। पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले…
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बागलुङ नगरपालिका-४ कुँडुलेका चन्द्रकान्त पौडेललाई बुधवार पक्राउ गरेको छ। एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ-बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले बताए। यसअघि…
भोजपुर : जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका-५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान…
तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाएको छ। भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। कोभिड-१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो। यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो।…
कास्की : प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधवार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पोखरा महानगरपालिका-१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। चूडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला…
बैतडी : सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ। किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ। आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ।…
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशंका गरिएको छ। निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शंकास्पद अवस्थामा मृत गैंडा भेटिएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो। बरालले भने, ‘खाग र खुर भने सुरक्षित भेटियो, शंकास्पद भयो,…
काठमाडौं : उपत्यका नगरपालिका फोरमले उपत्यकामा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ। फोरमको मंगलवार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ। काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ। फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यकाभित्रको…
वागमती : झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएको आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटौँडामा पक्राउ गरिएको छ। हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका उनलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को गर्दोईबाट पक्राउ गरेको हो। जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले…
काठमाडौं : अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गर्ने भएको छ। संघले पुरुष र महिलातर्फका शीर्ष १६ वरियताका खेलाडीको कोरोना बीमा गर्न लागेको हो। संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार संघले खेलाडीहरुका साथसाथै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी, प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरको पनि कोरोना बीमा गर्ने तयारी गरेको छ। सबैको जनही एक लाख रुपैयाँका दरले कोरोना बीमा गरिने…
बाँके : सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ। बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक/एक वटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोस्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ। बर्दियामा रहेका…