PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • बाँदरलाई हानेको गोली लागेर खोटाङमा एक बालकको मृत्यु

    बाँदरलाई हानेको गोली लागेर खोटाङमा एक बालकको मृत्यु

    खोटाङ : बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो। घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रवार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र दुई सय ६० नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश

    विदेशमा अलपत्र दुई सय ६० नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश

    काठमाडौं : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ। त्यस्तै, जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ २ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने…

    विस्तृतमा पढ्नुस्

  • गस्तीमा निस्केका प्रहरी हवल्दारको सवारी दुर्घटनामा मृत्यु

    गस्तीमा निस्केका प्रहरी हवल्दारको सवारी दुर्घटनामा मृत्यु

    इनरुवा: सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिवार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबल्दार विजयकुमार मण्डल रहेको सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए। को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका…

    विस्तृतमा पढ्नुस्

  • त्रिविको वार्षिक परीक्षा दशैं पछाडि, सेमेष्टरमा भर्चुअल परीक्षाको प्रस्ताव

    त्रिविको वार्षिक परीक्षा दशैं पछाडि, सेमेष्टरमा भर्चुअल परीक्षाको प्रस्ताव

    काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैं पछाडि हुने भएको छ। कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ। यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालमा जुम्ल्याह जन्माइन् कोरोना संक्रमितले

    भरतपुर अस्पतालमा जुम्ल्याह जन्माइन् कोरोना संक्रमितले

    भरतपुर : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ। गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन्। आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • ध्यानाकर्षणपत्र बुझाउन पुगेका डेलिभरी कम्पनीलाई सीडीओको जवाफ : अहिले ‘होम डेलिभरी’ जरुरी छैन

    ध्यानाकर्षणपत्र बुझाउन पुगेका डेलिभरी कम्पनीलाई सीडीओको जवाफ : अहिले ‘होम डेलिभरी’ जरुरी छैन

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ। हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद-बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड-१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ। खाद्य परिकारलगायत घरायसी वस्तु घरघरमा पुर्‍याउँदा संक्रमण फैलिनसक्ने जोखिम रहेको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्कालका लागि त्यस्तो…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट ४९० नेपाली फर्किए स्वदेश, १६ शव काठमाडौं ल्याइयो

    विदेशबाट ४९० नेपाली फर्किए स्वदेश, १६ शव काठमाडौं ल्याइयो

    काठमाडौं : विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन्। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एकएक उडान गरेका छन्। नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ शव नेपाल ल्याएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ। त्यस्तै, कतार एयरवेजले दोहाबाट ७२…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा केही खुकुलो भयो निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू

    कास्कीमा केही खुकुलो भयो निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू

    पोखरा : कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार शनिवारदेखि जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर बार बिजोर नम्बर भएका सवारीसाधन बिहान ६ देखि बेलुका ८ बजेसम्म सडकमा गुड्न पाउने छन्। विद्यालयलगायतका शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल

    स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताएका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षदेखि नसुल्झिएको बागलुङको 'रुपा हत्या' प्रकरण

    ६ वर्षदेखि नसुल्झिएको बागलुङको 'रुपा हत्या' प्रकरण

    बागलुङः वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन्। २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो। हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरी अनुसन्धान सुस्ताएको छ। न्यायको आवाज पनि मधुरो हुँदै गएको छ। काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बेहोस भएपछि अस्पतालको यात्रा, बाटैमा गयो ज्यान : परीक्षणपछि खुल्यो, रहेछ कोभिड १९

    बेहोस भएपछि अस्पतालको यात्रा, बाटैमा गयो ज्यान : परीक्षणपछि खुल्यो, रहेछ कोभिड १९

    रमेश गिरी - भक्तपुर : कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए। आजै…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट ४३७ नेपाली फर्किए स्वदेश, ६ शव पनि नेपाल ल्याइयो

    विदेशबाट ४३७ नेपाली फर्किए स्वदेश, ६ शव पनि नेपाल ल्याइयो

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन्। यी उडानमार्फत नेपाल आएका यात्रुको संख्या ४३७ रहेको छ। नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट १५४ यात्रु र दुई शव काठमाडौं ल्याएको छ। हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गोली लागी मृत्यु भएका रफिकुल आलमका परिवारसँग सातबुँदे सहमति

    प्रहरीको गोली लागी मृत्यु भएका रफिकुल आलमका परिवारसँग सातबुँदे सहमति

    झापा : झापा गाउँपालिका-३ मा प्रहरीको गोली लागी बुधवार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। त्यस्तै, छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने,…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणी मुद्दामा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    जबर्जस्ती करणी मुद्दामा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

    गोरखा : बालिका बलात्कारको अभियोगमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो। जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए। गत साउन…

    विस्तृतमा पढ्नुस्

  • गौरीफन्टा नाकाबाट नेपाल भित्रिने सवारी साधन र व्यक्तिका लागि समय निर्धारण

    गौरीफन्टा नाकाबाट नेपाल भित्रिने सवारी साधन र व्यक्तिका लागि समय निर्धारण

    कञ्चनपुर : नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारी साधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि समय निर्धारण गरेको छ। नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड-१९ भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए। सीमा…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा

    जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा

    खोटाङ : कोरोना संक्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालबाट रिफर गरिएकी एक किशोरीमा कोरोना संक्रमण देखिएपछि यहि भदौ ९ गतेदेखि बन्द गरिएको अस्पतालको नियमित सेवा आज साँझ संक्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालनमा ल्याइएको हो। यहि भदौ २ गते जिल्ला अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाट, भोलिबाट सुरु हुँदै

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाट, भोलिबाट सुरु हुँदै

    काठमाडौं: मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ। विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो। कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए। ‘हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • सुख्खा पहिरो झर्दा नारायणगढ - मुग्लिन सडक दुईतर्फी बन्द

    सुख्खा पहिरो झर्दा नारायणगढ - मुग्लिन सडक दुईतर्फी बन्द

    मुग्लिन : सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • निरन्तरको पहिरोले सुनकोशी गाउँपालिकाका ६२ घर जोखिममा, गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा

    निरन्तरको पहिरोले सुनकोशी गाउँपालिकाका ६२ घर जोखिममा, गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-६ मा गएको पहिरोका कारण ६२ घर जोखिममा परेका छन्। निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन्। पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए। पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथी सुन्दरडाँडा गाँउ छ। वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीको सरुवा नगर्न आग्रह गर्दै सामान्य प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र

    स्वास्थ्यकर्मीको सरुवा नगर्न आग्रह गर्दै सामान्य प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को महामारी भइरहेको बेला स्थानीय तहका स्वास्थ्यकर्मीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए। गत चैतमा सामान्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell