PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • चौतर्फी आलोचनापछि दुबईमा अलपत्र नेपाली लिन सरकारले पठायो जहाज

    चौतर्फी आलोचनापछि दुबईमा अलपत्र नेपाली लिन सरकारले पठायो जहाज

    काठमाडौं: चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ। दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु भन्दै मदिरा ओसार्ने एक जना पक्राउ

    निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु भन्दै मदिरा ओसार्ने एक जना पक्राउ

    तनहुँ : निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दिपुर-१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन्। डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका-१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो। खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर…

    विस्तृतमा पढ्नुस्

  • आइतवार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्

    आइतवार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्

    काठमाडौं : नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकोले विद्युत् कटौती गरिने भएको हो। प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा…

    विस्तृतमा पढ्नुस्

  • उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

    उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

    झापा : कोरोना संक्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ। सुनसरीको कोशी गाउँपालिका-२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो। आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बी एण्ड सी हस्पिटल ल्याइएको थियो। एन्जीओग्राफी गर्न गङ्गालाल हृदयरोग केन्द्र लैजान बी एण्ड सीले सिफारिस गरेपछि काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा तीन जना प्रहरीमा देखियो कोरोना संक्रमण

    भोजपुरमा तीन जना प्रहरीमा देखियो कोरोना संक्रमण

    भोजपुर : भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। पीसीआर रिपोर्ट पोजिटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्। यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो। होल्डिङ एरियामा राखेर पीसीआर परीक्षण गरिएकामा रिपोर्ट पोजिटिभ आएको…

    विस्तृतमा पढ्नुस्

  • बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द

    बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द

    डोटी : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन्। यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन्। क्यासियर पदमा कार्यरत महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्दै पाँच…

    विस्तृतमा पढ्नुस्

  • रगतको अभाव देखिएपछि रक्तदानका लागि रेडक्रसको अनुरोध

    रगतको अभाव देखिएपछि रक्तदानका लागि रेडक्रसको अनुरोध

    काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले लकडाउन र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ। केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन्। दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका आफन्तहरु केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण विस्थापित बनेका लिदीका स्थानीयलाई स्थानान्तरण गर्ने कार्य शुरु

    पहिरोका कारण विस्थापित बनेका लिदीका स्थानीयलाई स्थानान्तरण गर्ने कार्य शुरु

    सिन्धुपाल्चोक : लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ। जुगल गाउँपालिकाकै वडा नम्बर १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो। हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी गरिएको छ। बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ। जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसन तोडफोड गरी स्वास्थ्य सामग्री गायब बनाएको अभियोगमा क्याम्पस प्रमुख पक्राउ

    आइसोलेसन तोडफोड गरी स्वास्थ्य सामग्री गायब बनाएको अभियोगमा क्याम्पस प्रमुख पक्राउ

    खाँदबारी : सङ्खुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको अभियोगमा क्याम्पस प्रमुख पक्राउ परेका छन्। हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ। जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को नियन्त्रणमा युवालाई समुदायमा परिचालन गर्छौँ : मुख्यमन्त्री शाही

    कोभिड-१९ को नियन्त्रणमा युवालाई समुदायमा परिचालन गर्छौँ : मुख्यमन्त्री शाही

    काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी संक्रमितको पीसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताएका छन्। युवा गैरसरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा आज भएको ‘महामारीका रुपमा फैलिएको कोभिड-१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ भर्चुअल छलफल कार्यक्रममा उनले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

    पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

    चितवनः सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ।  केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने प्रहरीले जानकारी दिएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी…

    विस्तृतमा पढ्नुस्

  • सेनाले संगठनभित्रका संक्रमित जनशक्तिका लागि ब्यारेकभित्रै बनायो आइसोलेसन

    सेनाले संगठनभित्रका संक्रमित जनशक्तिका लागि ब्यारेकभित्रै बनायो आइसोलेसन

    काठमाडौं : कोभिड-१९ को संक्रमण बढेर आइसोलेसनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ। नेपाली सेनाका २८४ जनामा कोभिड-१९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। कोभिड-१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन्। धनुषामा गत जेठ १३…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेमा मोटरसाइकल बढी

    काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेमा मोटरसाइकल बढी

    काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले निषेधाज्ञा उल्लंघन गरेको पाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १४५ मोटरसाइकल छन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • झापाका चार स्थानीय तहका १५ वडामा निषेधाज्ञा जारी

    झापाका चार स्थानीय तहका १५ वडामा निषेधाज्ञा जारी

    झापा : समुदायस्तरमा फैलिन थालेको कोभिड-१९ को संक्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ। निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जिप, टेम्पो, माइक्रो लगायतका यातायातका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि हट्ने

    बर्दियामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि हट्ने

    राजापुर : जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले यही भदौ ६ गतेदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापारव्यवसाय सञ्चालन हुने र…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन : भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिवार मृत्यु भएको जनाइएको छ। मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा पनि सार्वजनिक यातायात बन्द

    काभ्रेमा पनि सार्वजनिक यातायात बन्द

    बनेपा : कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीवारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ। देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध

    नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन्। मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो। चन्द ब्रदर्स प्रालिको पहलमा रिजाल दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन्। रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जानकारी दिए। रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • तीज पारिवारिक रुपमै मनाऔँ, आगामी वर्ष भव्य ढङ्गले मनाऔँला : मुख्यमन्त्री पोखरेल

    तीज पारिवारिक रुपमै मनाऔँ, आगामी वर्ष भव्य ढङ्गले मनाऔँला : मुख्यमन्त्री पोखरेल

    रुपन्देही : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै तीज मनाउन आग्रह गरेका छन्। हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गरे। उनले कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

    कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

    पाल्पा : कोभिड-१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शुक्रवार १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए। उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीबाहक सवारी साधन, औषधि बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ। सो अवधिमा अत्यावश्यक सरकारी तथा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell