नारायण ढुङ्गाना- काठमाडौं : कोभिड-१९ संक्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन्। झण्डै लकडाउनको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन्। सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी निषेधको आदेश जारी गरी संक्रमण रोक्न क्रियाशिल छ। जिल्लामा…
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि आज मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भिडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। ‘बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भिडभाड कम गर्न र…
काठमाडौं : काठमाडौं उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको वितरण बढाइएको छ। सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ। त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ। त्यस्तै, सार्वजनिक ट्याङ्की र धारामा पनि उपलब्ध भएअनुसार पानी वितरण गरिँदै आइएको छ। विगतका वर्षहरुमा जस्तै सुख्खा मौसमभन्दा वर्षायाममा बढी परिमाणमा पानी…
डोटी : कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन। अछामको रामारोसन गाउँपालिका-५ कैलाश खोलामा बुधवार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो। मृतक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको…
सिन्धुपाल्चोकः गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ…
कास्की : पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो। स्याङ्जाबाट पोखरा आएर क्वारेन्टाइनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए।…
नारायण ढुङ्गाना- काठमाडौं : काठमाडौं उपत्यकामा बिहीवारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भनेर निस्कने सोच बनाउनुभएको छ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ। रातिदेखि लागू हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,…
रौतहट : लाखौँ रुपैयाँसहित दुई जना भारतीय महिला पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए।…
झापा : कनकाई नगरपालिकास्थित समर्पण भवनमा समुदायले स्थापना गरेको पीसीआर मेसिन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरेको छ। मेची प्रादेशिक अस्पताल भद्रपुर मातहत रहने गरी सञ्चालनको मन्त्रालयबाट स्वीकृति आएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए। मेची प्रादेशिक अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले मन्त्रालयको स्वीकृति आइसकेपछि अब कर्मचारी व्यवस्थापन गरेर पीसीआर मेसिनलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए।…
चितवन : निषेधाज्ञा जारी भएसँगै चितवनमा रगतको अभाव देखिएको छ। चितवनमा भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन्। ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीको अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ। कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत पर्याप्त…
पोखरा : पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको मृत्यु भएको छ। ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। आज पाँच जना थपिएपछि संक्रमितको संख्या जिल्लामा १०२ पुगेको हो। आज पनि धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका-९ को २९ वर्षीय एक महिला र बनेपा नगरपालिका-१३ का एक पुरुषमा कोराना संक्रमण पुष्टि भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टले जनाएको छ। मंगलवार अस्पतालका छ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण…
चितवन : चितवन प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन्। उनलाई प्रहरीले मंगलवार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो। ८५ सुर्तीका प्याकेटमा प्याक गरी बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अवस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए। उनका…
कास्कीः पोखरामा मंगलवार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक प्रहरी हवल्दार घाइते भएका छन्। वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नम्बरको मोटरसाइकलाई गएराति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग२च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका दुवै जनालाई…
धुलिखेल : पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन्। आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो। कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख कर…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताएका छन्। नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उनी आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उनीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। यसैगरी, शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ। गीतकार एवं अभियानका अध्यक्ष…
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको।’ नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन। वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलवार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो। उनी आउँदो असोज ७…
काठमाडौं : काठमाडौं उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज र व्यवस्थित बनाउन तीन स्थानको ट्राफिक बत्ती सञ्चालन ल्याइएको हो। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए। जसमा पुल्चोक र हरिहरभवनमा नयाँ…
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गरेका छन्। मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताए। विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधिमा विकास तथा व्यापारिक ज्ञान हासिल गर्न सक्ने विश्वास मन्त्री पुनको थियो। ‘जलविद्युतको…
नारायणपुर : दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २:३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। भालुबाङबाट लमही जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र…