खस्यौली : रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर १ स्थित लौसामा एकै घरका चार सहित २३ जनामा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ। सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेस्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका व्यापारी र आवतजावत गर्न रोक लगाइएको छ। वडा नम्बर ११ का वडाध्यक्ष सनिल मरासिनीले आज…
परासी : भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा पाँच दिन निषेधाज्ञा थपिएको छ। पछिल्लो पटक कोभिड-१९ का संक्रमित बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बुधवारको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, संघीय तथा प्रदेश सभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधवारको बैठकले कोभिड-१९…
काठमाडौं : काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत राजस्थान लक्षमणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ। उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० थान विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न ब्राण्डको…
मनाङः मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए। स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए। भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ…
दुल्लू : दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको छ। गुराँस गाउँपालिकाले तीन शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो। गुराँस-५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई जनही १० हजार जरिबाना गरेको हो। गाउँपालिकाको विसं २०७५ चैत २५ गते निर्णय गर्दै गाउँपालिकाभित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि बैंक स्थापनाका लागि परामर्श थालेको छ। सरकारले युवा जनशक्तिलाई उत्पादनमूलक कृषि कार्यमा सहभागी गराउने उद्देश्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यस कार्यलाई समावेश गरिसकेको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ भूमि बैंक स्थापना गर्ने सम्बन्धमा विज्ञहरुसँगको छलफलमा निजी सम्पत्ति पनि उपयोग गर्ने…
विदुर : कोभिड-१९ संक्रमण समुदायस्तरमा फैलिएसँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ। आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकामा कोभिड-१९ संक्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ आज १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख…
दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ। एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो। एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार शववाहनको साँचो हस्तान्तरण गरे। नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिए। 'एकाइले…
लण्डन : शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए। गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो। दुई हप्तासम्म पनि कुनै…
किमाथाङका : सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन्। कोरोना संक्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। आइसोलेसन तोडफोड गरेकोे आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-७ का हिर बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले…
नारायण अधिकारी- चितवन : कोरोना संक्रमित बढ्दै गएपछि प्रयोगशालामा स्वाबको चाप बढ्दा परीक्षणको नतिजा आउन ढिलाई हुन थालेको छ। नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरिएको छन्। पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पीसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग गरेको बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण…
रुकुमपूर्व : रुकुमपश्चिममा कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ। रुकुमपश्चिममा कर्मचारी र प्रहरीसहित आइतवार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि रुकुमपूर्वमा पनि संक्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी यही भदौ १४ गते राति १२ बजेसम्म…
गलकोट : बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा संक्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमवार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकारवालाहरुको बैठकले थप एक साता जारी राख्ने निर्णय गरेको हो। गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका-२ र ३ का…
नवीन लामिछाने- मनाङ : नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ। मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ- मनाङ एक छुट्टै संसार हो। मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ- यदि कतै स्वर्ग छ भने त्यो यही हो। प्राकृतिक सौन्दर्यताले भरिएको गण्डकी प्रदेशको यस मनाङ जिल्लाका आकर्षण त धेरै छन् तर मुख्य हुन्- तिलिचो ताल, थोराङ्ला…
सल्यान : बाफुखोलामा पहिरोले लघुजलविद्युतको नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिरोले नहर तथा विद्युतका खम्बासमेत बगाएपछि तीन सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो। पहिरोले नहर तथा विद्युतका ६५ पोल तथा तारसमेत बगाएपछि विद्युत् अवरुद्ध भएको विजय लघु जलविद्युत् केन्द्रका अध्यक्ष सुनिल केसीले जानकारी दिए। पहिरोले…
सिबी अधिकारी- काठमाडौं : नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्। सरकारले भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु…
नारायण ढुङ्गाना- काठमाडौं : गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ। कोभिड-१९ को संक्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। उनले भने, ‘यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको…
दार्चुला : गत असार अन्तिम साता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्विन्टल खाद्यान्न ढुवानी गर्यो। छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी गर्यो। यहाँका नागरिकले झण्डै एक क्विन्टल हाराहारीमा चामल पाए। ‘सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पुर्यायो, तर चामल मात्रै पुर्याएको सरकारले छांगरु र तिंकरका लागि…
लमजुङ : बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ। बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो। थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो। भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक…
त्रिशूली: नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ। समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो। म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरिएको छ। समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिए। उनका…