तुलसीपुर : सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक बेपत्ता भएका छन्। लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए। घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६…
चितवन : कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ। आकस्मिक कक्षका एक चिकित्सक र…
काठमाडौँ : विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो। यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ। दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान…
चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो। उनको उपचारका क्रममा साँझ ५:००…
सिन्धुपाल्चोक : जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिवार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी कार्यालयका अनुसार शनिवार स्थानीय…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत शय्या कोभिड-१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै संक्रमण बढिरहेकाले कोभिड-१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत शय्याको व्यवस्थापन गर्न आग्रह गरिएको बताए। अहिले काठमाडौंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि…
रुपन्देही : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिए। मन्त्रालयको स्वास्थ्य महाशाखाकै कर्मचारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ। मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको…
कर्णाली : कोभिड-१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ। प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बिहीवार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश…
सोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ। लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन्। बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता किमले कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए। उनले…
काठमाडौं : नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड-१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो। बैंकले ‘कोभिड-१९ बाट संक्रमित कर्मचारीलाई व्यवस्थित…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ। संक्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पीसीआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड-१९ को संक्रमण देखिएको…
रुपन्देही : बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि लकडाउन गरिने भएको छ। बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो। सो निर्णय आज राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए। सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन्। दूध उद्योग बिहान ७ देखि…
राजापुर : बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पीसीआर परीक्षण…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ। कोभिड-१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसअघि लकडाउन खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेस्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो। ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि…
चितवन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन्। साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन्। त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए। कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन,…
कर्णालीः सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता/कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई/दुई, दैलेख र डोल्पाबाट एक/एक गरी १३ जनालाई पक्राउ गरिएको हो। प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ। दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको…
बैतडी : स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो। स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधवार अपराह्न…
डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले…
चितवन : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो। बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला…
काठमाडौं : नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ। सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा आज निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो। नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए। नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो। नेपाली टोलीको कप्तान त्यस बेला…