PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • कैलालीमा डुबानमा फसेका २४ जनाको उद्धार

    कैलालीमा डुबानमा फसेका २४ जनाको उद्धार

    कैलाली : अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका-१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार गरेको गणको कार्यालयले जनाएको छ। नदी कटान भएर बगेका खोलामा पानी बढेर २५० देखि ३०० मिटरसम्म उक्त बस्तीको क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • चितवनको राप्ती नदीमा मृतावस्थामा गैँडा फेला

    चितवनको राप्ती नदीमा मृतावस्थामा गैँडा फेला

    चितवन : राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करिब १५/२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो। मेघौली नजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए। उनका अनुसार नदीमा…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण एक पुरुषको मृत्यु

    कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण एक पुरुषको मृत्यु

    बाँके : मेडिकल कलेज कोहलपुरमा सोमवार एक पुरुषको कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि भएको छ। अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए, तीन सय घरभित्र पानी पस्यो

    खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए, तीन सय घरभित्र पानी पस्यो

    कैलाली : कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष सोमवार जीवित भेटिएका छन्। मोहन्याल गाउँपालिका-३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतवार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। विष्टलाई अहिले उनका आफन्त र प्रहरीले उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

    एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

    काठमाडौं : कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १५ गते गर्ने तय भएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ। एन्फा प्रवक्ता किरण राईले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको बताएका हुन्। कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो। यसअघि एन्फाले गत चैतमा…

    विस्तृतमा पढ्नुस्

  • तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार

    तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार

    काबुल : अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार भएको छ। उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसैहप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन्। प्रवक्तालाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरुका बन्दीहरुलाई सरकारले रिहा गरिदिएमा उनीहरु वार्तामा बस्न…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ जना डिस्चार्ज

    कोरोना संक्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो, १४९ जना डिस्चार्ज

    काठमाडौं: देशको सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ। हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यका छिर्ने साँगा नाकामा कडाई, पैदल यात्रीलाई समेत रोक लगाएको प्रहरीको दावी

    काठमाडौं उपत्यका छिर्ने साँगा नाकामा कडाई, पैदल यात्रीलाई समेत रोक लगाएको प्रहरीको दावी

    भक्तपुरः विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको बताए। साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो पासाङ ल्हामु राजमार्ग

    खुल्यो पासाङ ल्हामु राजमार्ग

    रसुवा : पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ। धुञ्चे ९ स्याफ्रुबीच ठूलो भार्खु डाँडामा सडक सतहमा भाँसिन गई अवरुद्ध राजमार्ग आवरुद्ध भएको थियो। राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतवारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरी हुन नसक्दा १७ वर्षीया किशोरीको हवाई उद्धार

    सुत्केरी हुन नसक्दा १७ वर्षीया किशोरीको हवाई उद्धार

    गलकोट : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भीमगिठे स्वास्थ्यचौकी लगिएको थियो। नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो। बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई…

    विस्तृतमा पढ्नुस्

  • स्क्वास प्रशिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि

    स्क्वास प्रशिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं : स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनले शनिवार पीसीआर परीक्षण गराएका थिए। परीक्षणको आज रिपोर्ट आएपछि उनमा संक्रमण पुष्टि भएको हो। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए। उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टाइनमा बसेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सेनाको निगरानीमा नेपालगञ्ज सिल

    सेनाको निगरानीमा नेपालगञ्ज सिल

    कोहलपुर : जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ। सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ। जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ। नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरः भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिवार राति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नम्वरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। फरार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यका कोभिड-१९को उच्च जोखिममा !

    काठमाडौं उपत्यका कोभिड-१९को उच्च जोखिममा !

     नारायण ढुङ्गाना काठमाडौः तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ। त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो। विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट १६ देशमा १ सय ९१ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट १६ देशमा १ सय ९१ नेपालीको मृत्यु

    काठमाडौः कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको मृत्यु भएको थियो। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भैसकेको छ । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा…

    विस्तृतमा पढ्नुस्

  • ग्याङ फाइटः पाँच जना युवा घाइते

    ग्याङ फाइटः पाँच जना युवा घाइते

    टीकापुरः कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। टीकापुर नगरपालिका वडा नम्वर ६ र ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नम्वर ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • चोरखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    चोरखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    मुग्लिन : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत शनिवार साँझ चितवनको इच्छाकामना-६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा राखिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोपमा एक युवक पक्राउ

    बलात्कारको आरोपमा एक युवक पक्राउ

    सप्तरीः बलात्कारको आरोपमा सप्तरीको राजविराज नगरपालिका ६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डललाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका जिल्ला नेता लामा पक्राउ

    विप्लव समूहका जिल्ला नेता लामा पक्राउ

    काभ्रेपलाञ्चोकः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका ५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र…

    विस्तृतमा पढ्नुस्

  • कार दुर्घटना हँदा तीन जनाको मृत्यु

    कार दुर्घटना हँदा तीन जनाको मृत्यु

    रुपन्देहीः  कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढमा लु २ च ६७५६ नम्वर को कार दुर्घटना भएको हो। दुर्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिकाका ४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका ३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नम्वर ५ ट्राफिक प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell