काठमाडौं : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिवार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशका सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो।…
सिमकोट : हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाका बाढीपीडितको पालमुनिको बास भएको छ। गत साउन ३१ गते गएको बाढीपहिराबाट विस्थापित भएपछि ताजाँकोट वडा नम्बर ३, ४ र ५ का बासिन्दा अहिले पालमुनि बस्दै आएका छन्। गत साउनको अन्तिमतिर लगातार परेको अविरल वर्षाका कारण गाउँपालिकामा मात्रै तीन सय घरपरिवार विस्थापन भएको तथा दर्जनौँ घर भत्किएको ताजाँकोटका गोपाल बुढाले जानकारी दिए। छप्रेला…
काठमाडौँ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि शुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सीपीएल शुरु हुनेछ। सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नेछन्। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै उनले…
कृष्णप्रसाद शर्मा - लण्डन : बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ। बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ। राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन्। गत वर्षको १९ जुलाइमा…
चितवन : राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए। साठी जनाको नमूना…
कञ्चनपुर : मलामी गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका-९ बस्ने आफन्तको आज मलामी गएका वेदकोट नगरपालिका-७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन्। अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको बहाबमा परी बगेका हुन्। ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको…
सोलुखुम्बु : सोलुखुम्बुबाट सोमबार एकै दिन दुई जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नेचासल्यान गाउँपालिका वडा नम्बर १ र खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ बाट एक/एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीका अनुसार नेचासल्यान-१ की २५ वर्षीया मनिषा तामाङको शिशुको अवस्था अत्यन्त जटिल भएको तथा खुम्बु पासाङल्हामु-२ की ३५ वर्षीया कामिनी तामाङको…
काठमाडौं : चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिबाना गर्ने भएको छ। नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको आइतवार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिबाना गर्ने निर्णय गरेको हो। चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णय बमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशंकर महतोलाई आज पक्राउ गरेको छ। फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिएर आएका सेवाग्राहीबाट उक्त रकम घुस लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
गण्डकी : गण्डकी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। त्यस्तै कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ। यसअघि आइतवार…
चितवन : कोरोना संक्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ। निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका-१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो। निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुई…
कैलाली : कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। गोदावरी नगरपालिका-९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ…
कैलाली : सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ। भदौ १ गते अर्थात् महिनाको पहिलो दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ। यो चाडमा आफ्ना मान्यजन र छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ। यसैगरी विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका…
रुपन्देही : फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता बैदवारले बताए।…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ। यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी…
काठमाडौँ : प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी…
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले थप पाँच स्थानीय तहमा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम स्थानीय तहको सम्पूर्ण क्षेत्रभित्र…
काठमाडौं : नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ। डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन र हवाई इन्धन डिपोका पाँच जना गरी आइतवार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो। कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका…
बैतडी : सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी…
मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज…