PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • मकवानपुरमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु

    मकवानपुरमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु

    मकवानपुर : मकवानपुरको राक्सिराङ-३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नम्बरको बोलेरो जीप सोमवार दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका : अनलाइन प्रणालीबाट राजस्व संकलन शुरु

    प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका : अनलाइन प्रणालीबाट राजस्व संकलन शुरु

    काठमाडौं : काठमाडौं महानगरपालिकाले राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेपछि यसको प्रभावकारिता बढेको छ। कामपाले यही असोज एक गतेदेखि वडा नम्बर २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन कार्य शुरु गरेको थियो। सोही दिन वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ मा पनि  यो सेवा शुरु गरिएको थियो। यसको प्रभावकारिता बढेसँगै सोमवारदेखि…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रगढी विमानस्थलबाट उडान शुरु, यति र बुद्ध एयरले छ महिनापछि भरे उडान

    चन्द्रगढी विमानस्थलबाट उडान शुरु, यति र बुद्ध एयरले छ महिनापछि भरे उडान

    झापा : पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले सोमवार छ महिनापछि भद्रपुर-काठमाडौं उडान भरेका छन्। विमानस्थलका प्रमुख मुरारी पौडेलले सोमवार १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेको जानकारी दिए। कोभिड-१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउनयता मुलुकभरका…

    विस्तृतमा पढ्नुस्

  • बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल परे कारबाहीमा

    बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल परे कारबाहीमा

    परासी : बढी मूल्यमा प्याज बेच्ने नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का पाँच पसल कारबाहीमा परेका छन्। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आइतवार जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारबाही गरेको होे। प्याजको कालोबजारी गरेका अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका-२ का चार र रामग्राम-७ का एक आलु प्याज गोदाम पसललाई गरी दुई लाख…

    विस्तृतमा पढ्नुस्

  • दाङमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, मुख्यमन्त्री पोख्रेलले गरे उद्घाटन

    दाङमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, मुख्यमन्त्री पोख्रेलले गरे उद्घाटन

    देउखुरी : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको गढवामा सर्पदंश उपचार केन्द्रको आइतवार उद्घाटन गरेका छन्। त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित रुपले सञ्चालन गर्न प्रदेश सरकारको सहयोग हुने बताए। सर्पदंश उपचार केन्द्रमा उपचार शुरु भएपछि उपचारको अभावमा हुने मृत्यु रोकिने विश्वास गरिएको छ। सर्पदंशको उपचार नपाएर गत वर्षमा मात्रै जिल्लामा १५ जना व्यक्तिले अकालमा ज्यान…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय नुवाकोटले बन्द गरायो मापदण्ड विपरित सञ्चालित पाँच क्रसर उद्योग

    जिल्ला प्रशासन कार्यालय नुवाकोटले बन्द गरायो मापदण्ड विपरित सञ्चालित पाँच क्रसर उद्योग

    नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो। प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्ने क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। बन्द गराइएको…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी, अनुगमन शून्य’

    सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी, अनुगमन शून्य’

    काठमाडौं : कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ। यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ। सवारी साधनमा भाडामात्र बढीको रहेको छ। यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थलमा बढ्दै उडानको चाप, व्यवस्थापन गर्न विमानस्थललाई निकै हम्मे

    त्रिभुवन विमानस्थलमा बढ्दै उडानको चाप, व्यवस्थापन गर्न विमानस्थललाई निकै हम्मे

    सिबी अधिकारी- काठमाडौं : लकडाउनको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तर्राष्ट्रिय उडान भएका थिए। लकडाउन र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ। पीसीआर सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमणका कारण १७ मुलुकमा २४४ नेपालीको मृत्यु : एनआरएनए

    कोरोनाको संक्रमणका कारण १७ मुलुकमा २४४ नेपालीको मृत्यु : एनआरएनए

    काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका २४४ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको हो। गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए। समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्। कोरोनाका कारण…

    विस्तृतमा पढ्नुस्

  • बीओपी राख्न बस्नेतले सशस्त्र प्रहरीलाई दान गरे पाँच कट्ठा जग्गा

    बीओपी राख्न बस्नेतले सशस्त्र प्रहरीलाई दान गरे पाँच कट्ठा जग्गा

    कञ्चनपुर : महाकाली नगरपालिका-१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका छन्। उनले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोस्ट राख्न दान गरेका हुन्। सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग गर्न जग्गा दान गरिएको उनले बताए। ‘सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ। उहाँहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो’,…

    विस्तृतमा पढ्नुस्

  • बोक्सीको आरोपमा सिरहामा एक महिलामाथि कुटपिट

    बोक्सीको आरोपमा सिरहामा एक महिलामाथि कुटपिट

    लहान : बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ। स्थानीयको कुटपिटबाट घाइते नवराजपुर-५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन्। गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापिड एन्टिजेन टेष्टमार्फत अब दुई घण्टामै पीसीआरको नतिजा, तीन हजार शुल्क पर्ने

    र्‍यापिड एन्टिजेन टेष्टमार्फत अब दुई घण्टामै पीसीआरको नतिजा, तीन हजार शुल्क पर्ने

    चितवन: चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ। अस्पतालले र्‍यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो। यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ। कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पीसीआर परीक्षण गरेको छ। तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कलेजले गत भदौ ३ गतेबाट…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालका कर्मचारी नहरमा मृत भेटिए, हत्याको आशंका

    अस्पतालका कर्मचारी नहरमा मृत भेटिए, हत्याको आशंका

    चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

    भरतपुर क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

    चितवन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ बजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो। शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ

    अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ

    डोटी : अछामको साँफेबगर नगरपालिका-९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ। हत्यामा संलग्न भएको अभियोगमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकामा चोट लागेको थियो। सुनारले किन बालकको हत्या गरे भन्ने विषयमा केही…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा एक इन्जिनियरको मृत्यु, होम आइसोलेसनमा बस्न जाँदै थिए घर

    दुर्घटनामा एक इन्जिनियरको मृत्यु, होम आइसोलेसनमा बस्न जाँदै थिए घर

    हेटौँडा : मकवानपुरको मनहरि गाउँपालिकाको वडा नम्बर ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक इन्जिनियरको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलवार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिवार ‘डिस्चार्ज’ भएका हुन्। महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने…

    विस्तृतमा पढ्नुस्

  • संविधानको रक्षा, प्रयोग र विकास गर्दै राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

    संविधानको रक्षा, प्रयोग र विकास गर्दै राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्नु तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु आजको आवश्यकता भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाली जनातको बलिदानीपूर्ण संघर्षपश्चात् जनप्रतिनिधिबाट निर्मित संविधान घोषणा भएको दिन नेपालको राजनीतिक एवं संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने वीरेन्द्रनगर नगरपालिकाको तयारी

    कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने वीरेन्द्रनगर नगरपालिकाको तयारी

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउने भएको छ। वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको छ। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो। लामो समयदेखि सुर्खेत जिल्ला अस्पताल सञ्चालन गरिएकामा पछिल्लो समय स्वास्थ्य चौकीका रुपमा सञ्चालन हुँदै आएको थियो। सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीको १४ औं बीओपी, आज गरियो उद्घाटन

    कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीको १४ औं बीओपी, आज गरियो उद्घाटन

    कञ्चनपुर : बेलौरी नगरपालिका-८ पचुँईमा शुक्रवार सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटन गरिएको छ। सशस्त्र प्रहरीको अत्तरिया स्थित नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोस्टको उद्घाटन गरेका हुन्। पोस्टको उद्घाटन गर्दै उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell