काठमााडौँ :प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा गएको माघ ७ गते एक युवतीको सामूहिक बलात्कार भएको विषयमा गरेको अनुसन्धानको प्रतिवेदनसहितको मिसिल सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मिसिल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीसहित ४ जनालाई प्रतिवादी…
काठमाडौँ : ‘म त अब गोरे आउने बितिक्कै ऊसँग डिभोर्स गर्छु। बरु तिम्रो गोरेसित सम्पर्क भयो भने मलाई पनि नम्बर देऊ है।’ ३३ किलो सुनकाण्डसित जोडिएको सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’की श्रीमती निरु भनिने नर्वदा खरेललाई सनमकी श्रीमती सुनीता लावतीले मेरो श्रीमान् खै भनी सोध्दा आएको जवाफ हो यो। अदालतमा दायर अभियोग पत्रमा सुनीताले दिएको…
काठमाडौं: हिन्दु युवासंघ वीरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको ब्युरोका एसपी बुद्धि गुरुङले जानकारी दिए। जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको थियो। कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए। उनी पूर्वमन्त्री प्रभु…
काठमाडौं : २०७३ पुस २१ गते अवैध रूपमा विमानस्थल हुँदै ३३ केजी सुन भित्रियो। विमानस्थलबाट सुन निकाल्न सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ पनि गरियो। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरी अनुसन्धान थालेको थियो। त्यतिखेर गठित छानबिन समितिले भन्सारमा कार्यरत २९ कर्मचारीलाई समेत हटाएको थियो। गत माघ…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि प्रयोग हुने दुईवटा बुलेट प्रुफ गाडी नेपाल ल्याइएको छ। भारतीय वायु सेनाको कार्गो विमानबाट मंगलवार बिहान गाडी ल्याइएको हो। आगामी शुक्रवार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन्। प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल आउँदा भारतबाट नै बुलेटप्रुफ गाडी ल्याउँदै आएको छ। ४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमान गाडी उतारेर फर्किएको…
काठमाडौं : रणनीतिक रुपमा आफूमाथि नै गोली चलाउन लगाएर अपराध गरेको खुल्ने सम्भावना बढेपछि चर्चित धर्मगुरु आचार्य श्रीनिवास दिल्ली जाने तयारीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले गोली प्रहार गरेको अभियोगमा माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ गरेपछि श्रीनिवास आजैको फ्लाइटबाट दिल्ली जाँदै थिए। उनीमाथि गोली प्रहार भएपछि गृहमन्त्री रामबहादुर थापाले धार्मिक अस्थिरता निम्त्याउने तत्व सक्रिय रहेको बताएका थिए। त्यस्तै राप्रपा नेपालले…
काठमाडौं : 'यो मूर्तिको मूल्य कति हो साहुजी?' बिक्रेताको मूल्य आउँछ – 'एक करोड ३५ लाख रुपैयाँ।' मूर्तिको मूल्य चर्को सुनेपछि सुरु भयो 'बार्गेनिङ'। बेच्नेले मूर्तिको मूल्यसँग यसका विशेषता जोड्न थाले। 'एकदमै मूल्यवान हो यो। १२ औं शताव्दीको मूर्ति,' विक्रेताले बताए। मुर्ति हो 'रत्न सम्भव'को। ९ सय वर्ष पुरानो। व्यवसायी दीपकरत्न शाक्यले यति भनेपछि किन्न पुगेका व्यक्तिको अनुमान सही निक्लिन्छ।…
काठमाडौं : नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सिटौलालाई पक्राउ गरेको डिएसपी मोहनकुमार थापाले जानकारी दिए। यो सबै यातायात व्यवसायी संघको छाता संगठन हो। गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो। प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको छ। प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामो/छोटो दुरीका यात्रु मारमा परेका छन्। जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई…
काठमाडौं : ३३ किलो सुन हराएपछि तानिएको लहरोले ३ हजार ८ सय किलो सुनको तस्करीसम्मको पहरो गर्जिए पनि यो सब काण्ड मच्चिने गरी १६ करोड रुपैयाँ बराबरको सुन कसले लुट्यो अहिलेसम्म खुल्न सकेको छैन। यस प्रकरणमा जोडिएका तीन जनाको मृत्यु भइसकेको छ। यही सुन हराएपछि नै चुडामणि उप्रेती ‘गोरे’ ले यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो। र,…
काठमाडौँः ३३ किलो सुन प्रकरणबाट सुरु भएको प्रहरी अनुसन्धानमा सन् २०१५ देखि हालसम्म ५२१ पटक सुन तस्करी भएको विवरण फेला पारेको छ। सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालतमा दायर गरेको मिसिलमा तथ्याङ्क सामेल गरिएको छ। जसमा सुन मगाउने व्यक्ति र भरियाको समेत विवरण उल्लेख गरिएको छ। बुधबार सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व…
काठमाडौं : चर्चित ३३ किलो सुन प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परेका छन्। बयानका लागि पुगेका लोहनीलाई पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा यसअघिसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। फागुन १९…
काठमाडौः ३३ केजी सुन प्रकरणले धेरैलाई अल्मलाएको छ। यतिबेला चर्चमा रहेको सुन काण्ड र पोहोर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बरामद गरेको अवैध सुनको मात्रा एउटै भएकोले अन्यौल बढेको हो। मात्रा एकै भए पनि घटना फरक हुन्। *** २०७३ पुस २१ गते। प्रहरीले गोल्डेन गेट कलेज नजिकै गोपालबहादुर शाहीलाई पक्राउ गर्यो। ट्याक्सीमा दुई लगेज थिए। लगेज खोलेर हेर्दा कालो…
काठमाडौं : ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती (गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ। गत आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पूर्ण अनुसन्धान पूरा गरेर अनुसन्धान मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। बुधवार प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिने…
काठमाडौं : केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकिएको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको हो। प्रहरीको अनुसन्धानमा चित्त बुझे वा कुनै रायसल्लाह दिनु पर्ने भए सरकारी वकिलको कार्यालयले दिनेछ। प्रहरीको अनुसन्धान…
काठमाडौँः ३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्। राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएको थियो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी…
काठमाडौँ : ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो। प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गरे। तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत…
काठमाडौँ : माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको छानबिन अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ। धेरै विषय अझै स्पष्ट भइनसकेको यो प्रकरणमा अहिलेसम्म खुलेका पाटाहरु यी हुन् - घटना नम्बर १ :…
काठमाडौँः तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको विवादस्पद बहिर्गमनपछि सर्वोच्च न्यायालय नेतृत्वविहीन भएको एक महिना पूरा भएको छ। यसबीचमा सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिस भएको छैन। नियुक्तिपूर्व हुने संवैधानिक प्रावधान संसदीय सुनुवाइको व्यवस्था पनि हुन सकेको छैन। प्रधानन्यायाधीश पराजुलीको बहिर्गमनपछि न्यायालय कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ। न्याय परिषद्ले संवैधानिक परिषदमा सम्भाव्य तीन जनाको नाम पठाए पनि सिफारिसका लागि बैठक बसेको छैन। पढ्नुस्ः प्रधानन्यायाधीश पदमुक्त…
काठमाडौं : गृहमन्त्री भएलगत्तै निरिह शैलीमा रामबहादुर थापा बादलले एक सार्वजनिक कार्यक्रममा भनेका थिए – विमानस्थलबाट खुलेयाम टनका टन सुन तस्करी भइरहेको छ। यसो भनिरहँदा पदीय मर्यादामा रहेको उनले बिर्सेका थिए अथवा तस्कर तह लगाउन नसक्ने स्वीकारोक्ति। उनी मन्त्री हुँदा ३३ किलो सुन कान्ड चर्चित थियो। विमानस्थलबाट बाहिरिए पनि सुन तस्करीको भेद पत्ता लगाउने प्रहरी आफै कुहिरोको काग बनिरहेको…